मनसुनजन्य विपद्बाट बेनीमा २४२ निजी आवासमा क्षति

म्याग्दी। यस वर्षको मनसुनजन्य विपद्बाट बेनी नगरपालिकामा २४२ निजी आवासमा क्षति भएको छ। बाढीपहिरोबाट ९१ घरमा पूर्ण र १५१ घरमा आंशिक क्षति भएको नगरपालिकाले जनाएको छ। दुई सय ४२ वटा घर पुनर्निर्माण गर्नुपर्ने भएको छ। सबैभन्दा बढी क्षति भकिम्लीको चिनाखेत र छेपारेमा भएको छ। त्यहाँ दुई जनाको पहिरोले पुरिएर मृत्यु भएको छ। साथै, ३३ वटा गोठमा क्षति भएको छ। बेनी बजार संरक्षणका लागि गणेशटोलस्थित कालीगण्डकी नदीको किनारमा निर्माण गरिएको पक्की पर्खाल असोज ११ गतेको बाढीले भत्काएको छ। क्षतिग्रस्त सडक मर्मतका लागि चालु आर्थिक वर्षमा विनियोजन गरेको रु ७५ लाख बजेट अपुग भएपछि जिल्ला विपद् व्यवस्थापन समितिमा निर्णय गराएर राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा थप रु एक करोड बजेट माग गरिएको छ। बेनी नगरकी उपप्रमुख ज्योति लामिछानेले क्षतिग्रस्त सडकहरूलाई पुरानै अवस्थामा फर्काउन रु २५ देखि ३० करोड लाग्ने अनुमान गरिएको बताइन्। चार वर्षको अन्तरालमा रु १३ करोड खर्चेर निर्माण गरिएका खानेपानी योजनामा मध्ये रु नौ करोड खर्च भएका योजनामा क्षति भएको छ। भत्केका संरचना पुनर्निर्माण गर्न रु पाँच करोड लाग्ने अनुमान छ। सदरमुकाम बेनीमा खानेपानी आपूर्ति गर्ने पाइपलाइन पुनर्निर्माणका लागि रु १४ करोड अनुमान प्राविधिकहरूले बताएका छन्। सदरमुकामबाहेकका बस्तीहरूका खानेपानीका पाइप मर्मतसम्भारका लागि तत्काल रु एक करोड मूल्य बराबरको पाइप उपलब्ध गराउन प्रदेश सरकारको खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजनमा माग गरिएको जानकारी उपप्रमुख लामिछानेले दिइन्। दुई वटा विद्यालय भवन, दुई वटा शौचालय, एउटा बालविकास केन्द्र र एक वटा स्वास्थ्य चौकीको भवनमा क्षति भएको छ। सिङ्गामा लिफ्ट खानेपानी र सिँचाइ तथा रत्नेचौरमा लिफ्ट खानेपानी योजनामा क्षति भएको छ। पर्यटकीयस्थल सिङ्गा तातोपानी कुण्डमा बाढी र पहिरोले रु दुई करोडभन्दा बढीको क्षति भएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

फूलपातीका दिन गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र कुमारीको दर्शन, सर्वसाधारणसँगै लाइनमा देखिए
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले दसैँको फूलपातीका दिन आज काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन गरेका छन् । गृहमन्त्री गुरुङले आज बिहान हनुमानढोका दरबार क्षेत्र... ...

रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट
न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित गरी लगाउन सकिने प्रतिबन्ध र शुल्कबाट छुट दिने कार्यकारी आदेशमा शुक्रबार हस्ताक्षर गरेका छन् । गत महिना कानून... ...

हलमा लाग्यो दीपक-दीपाको फिल्म ‘छ माया छपक्कै २’
आज फूलपातीको अवसर पारेर फिल्म ‘छ माया छपक्कै २’ प्रदर्शन भएको छ। यस फिल्मले पहिलो दिन हलमा राम्रो शो पाएको छ। यस फिल्मले बक्सअफिसमा हिजोबाट प्रदर्शन भएका पल शाह अभिनीत ‘आ बाट आमा २’ र विराज भट्टको फिल्म ‘१२ गाउँ २’ भिड्नुपर्नेछ। सामाजिक र राजनीतिक विषयवस्तुमाथि बनेको यस कमेडी फिल्ममा दीपकराज गिरी, केकी अधिकारी र सनिषा भ... ...

फूलपातीका दिन गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र कुमारीको दर्शन
काठमाडौं । दसैँको फूलपातीका दिन आज गृहमन्त्री सुधन गुरुङले काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन गर्नु भएको छ । गृहमन्त्री गुरुङले आज बिहान हनुमानढोका दरबार क्षेत्र पुगेर तलेजु भवानीको पूजा आराधना गर्नुका साथै कुमारीको दर्शन गर्नुभएको हो । उहाँले सर्वसाधारणसँगै लाइनमा बसेर कुमारीको दर्शन गर्नुभएको थियो । दसैँको अवसरमा तलेजु भवानी र कुमारीको दर्शन गर्न हनुमानढोका ...


