Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

मधेस सरकारबाट नेकपा बाहिरियो, चार मन्त्रीले दिए राजीनामा

Share:WhatsAppFacebookX (Twitter)Telegram
मधेस सरकारबाट नेकपा बाहिरियो, चार मन्त्रीले दिए राजीनामा
Photo / Coverage: पर्दाफास

मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल बैठकले सरकारबाट बाहिरिने निर्णय गरेपछि पार्टीबाट सरकारमा सहभागी चार मन्त्रीले प्रदेश प्रमुख डा. सुरेन्द्र लाभसमक्ष राजीनामा बुझाएका हुन् । राजीनामा दिनेमा अर्थमन्त्री युवराज भट्टराई, उद्योग तथा पर्यटनमन्त्री कनिष पटेल, गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो र ऊर्जा, सिंचाई तथा खानेपानीमन्त्री जवाहर कुशवाहा रहेका छन् । गत असोज ३० गते नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएपछि सरकार अल्पमतमा परेको थियो । अल्पमतमा रहेको सरकारले विश्वासको मत लिनुपर्ने समयसीमा नजिकिँदै गर्दा नेकपाका मन्त्रीहरूले पनि राजीनामा दिएका हुन् । मधेस प्रदेश सरकारले अबको आठ दिनभित्र विश्वासको मत लिनुपर्ने अवस्था रहेको छ । निवर्तमान ऊर्जा, सिंचाई तथा खानेपानीमन्त्री जवाहर कुशवाहाले सरकारलाई राजनीतिक निकास दिन र नयाँ सरकार गठनका लागि सहज वातावरण बनाउन आफूहरूले राजीनामा दिएको बताए । उनले सरकारको कामकारबाहीप्रति असन्तुष्टि भएर नभई पछिल्लो समय देखिएको अल्पमतको समस्याको समाधानका लागि राजीनामा दिएको स्पष्ट पारे । नयाँ सत्ता समीकरणमा नेकपा कुन दलसँग जाने भन्ने विषयमा भने उनले तत्काल केही बताउन चाहेनन् । नेकपाका चार मन्त्रीले राजीनामा दिएसँगै मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीचको समीकरण थप निर्णायक बनेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सरकार सञ्चालनमा बाधक बन्दैनौँ, पार्टीभित्रको बेथिति र अराजकता सहन्न : रवि लामिछाने
OthersJust now

सरकार सञ्चालनमा बाधक बन्दैनौँ, पार्टीभित्रको बेथिति र अराजकता सहन्न : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी सरकार सञ्चालनमा बाधक नबन्ने तर देशमा विधिको शासन स्थापना गर्न र बेथिति अन्त्य गर्न निरन्तर सचेत रहने बताएका छन् । चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले पार्टी संगठन र सरकारबीच कुनै द्वन्द्व नरहेको स्पष्ट पारे । उनले कार्यकर्तालाई मर्यादा र सुसंस्कृत राजनीतिक संस्कार अपनाउन निर्देशन दिँदै पार्टी र सरकारले नागरिकको ...

पर्दाफास
रवि लामिछानेको आग्रह- अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँ
OthersJust now

रवि लामिछानेको आग्रह- अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गरी अभिव्यक्ति र गतिविधि नगर्न आग्रह गरेका छन् । शुक्रबार चितवनमा आफ्नो धारणा राख्दै उनले अदालतका विषयमा सुनेका भरमा वा लेखिएका आधारमा टिप्पणी गर्दा संस्थाको गरिमा र विश्वसनीयता कमजोर हुने बताएका हुन् । अदालत, प्रहरी, सुरक्षा निकाय, निजी क्षेत्र, वैदेशिक सम्बन्ध, पेसागत संगठन र प्रेसलगायतका संस्थाहरू कमजोर भए समग्र ...

पर्दाफास
सांसदले राजीनामा दिऊन् या पार्टी छाडून्, तर जनमत पार्टी सरकारमा जाँदैन : सीके राउत
OthersJust now

सांसदले राजीनामा दिऊन् या पार्टी छाडून्, तर जनमत पार्टी सरकारमा जाँदैन : सीके राउत

२० कात्तिक, काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफ्नो पार्टी आगामी निर्वाचनसम्म मधेश प्रदेश सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन्। सरकारमा जाने विषयमा विभिन्न अड्कलबाजी चलिरहेका बेला अध्यक्ष राउतले शुक्रबार सत्ता र मन्त्रालयको लोभमा फस्नुलाई आत्मघाती कदमको संज्ञा दिँदै यस्तो प्रस्टीकरण दिएका हुन्। ‘जनमत पार्टीका सबै सभासद् (सांसद) हरूले राजीनामा दिऊन्, कि सबैले… ...

अनलाइन खबर
तिहार बिदामा भन्सार नाकास्थित बैंक शाखा खुल्ने
OthersJust now

तिहार बिदामा भन्सार नाकास्थित बैंक शाखा खुल्ने

सेवा प्रवाह निरन्तरता कायम गर्न मालवस्तुको भन्सार जाँचपास गर्ने प्रयोजनका लागि तिहार बिदा अवधिमा समेत आवश्यक बैंकिङ सेवा निरन्तर राख्न केन्द्रीय बैंकले भनेको हो । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play