Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

प्रेस काउन्सिलसम्बन्धी अध्यादेशमा महासङ्घको चासो

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रेस काउन्सिलसम्बन्धी अध्यादेशमा महासङ्घको चासो
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाल पत्रकार महासङ्घले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश सरोकारवाला पक्षसँग छलफल गरेर मात्र जारी गर्न आग्रह गरेको छ । नेपाल सरकारद्वारा प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको सन्दर्भमा महासङ्घ केन्द्रीय कार्यसमितिको आज यहाँ सम्पन्न बैठकले सरोकारवाला भएका पक्षसँग छलफल गरेर मात्र अध्यादेश जारी गर्न आग्रह गरेको हो । बैठकपछि महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा काउसिन्सल ऐनसम्बन्धी अध्यादेश सिफारिससहित गोरखापत्रलगायत सरकारी सञ्चारमाध्यम तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई हटाइएको, श्रमजीवी पत्रकारलाई पारिश्रमिक नदिने तथा चाडबाड खर्चसमेत नदिनेलगायतका घटनाक्रम श्रम अधिकारको उल्लङ्घन भएको उल्लेख छ । यस्तै लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले प्राप्त गरिरहेको रकम कटौतीका सन्दर्भमा छलफल हुँदा प्रेस काउन्सिल नेपालको सिफारिसबमोजिम गर्न, वर्तमान अवस्थामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संविधानको संरक्षणका लागि शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्चाल ९पापड०लाई सक्रिय गराई चरणबद्ध आन्दोलन गर्न पनि महासङ्घले छलफल गरेको जनाइएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कर्णाली मन्त्रिपरिषद् बैठकले के–के गर्‍याे निर्णय ?
Latest NewsJust now

कर्णाली मन्त्रिपरिषद् बैठकले के–के गर्‍याे निर्णय ?

सुर्खेत । कर्णालीमा शुक्रबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ५ वटा निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, जसमा विभिन्न कार्यविधि तथा नियमावली स्वीकृत गर्ने काम भएको छ । यी... ...

रातोपाटी
स्याउ विकास बोर्ड स्थापना तथा संचालन गर्न बनेको विधेयक सभामा पेस गर्न स्वीकृत
Latest NewsJust now

स्याउ विकास बोर्ड स्थापना तथा संचालन गर्न बनेको विधेयक सभामा पेस गर्न स्वीकृत

सुर्खेत। कर्णालीमा स्याउ विकास बोर्ड स्थापना तथा संचालन गर्न बनेको विधेयक अब प्रदेश सभामा पेस गरिने भएको छ। शुक्रबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले उक्त विधेयकलाई प्रदेश सभामा पेस गर्न स्वीकृति दिने... ...

रातोपाटी
कोप–३१ मा जलवायु न्याय र पर्वतीय मुद्दा उठाउने नेपालको तयारी
Latest NewsJust now

कोप–३१ मा जलवायु न्याय र पर्वतीय मुद्दा उठाउने नेपालको तयारी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टर्कीको अन्टाल्यामा हुने संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–३१ मा नेपालले जलवायु न्याय, पर्वतीय सवाल, हानि तथा नोक्सानी र जलवायु वित्तलाई प्रमुखताका साथ उठाउने बताएकी छन् । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले नोभेम्बर ९ देखि २० सम्म हुने सम्मेलनमा नेपालको जलवायु संकट र राष्ट्रिय प्राथमिकता अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरिने जानकारी दिइन् । सम्मेलनको ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play