Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

सरकार सञ्चालनमा बाधक बन्दैनौँ, पार्टीभित्रको बेथिति र अराजकता सहन्न : रवि लामिछाने

Share:WhatsAppFacebookX (Twitter)Telegram
सरकार सञ्चालनमा बाधक बन्दैनौँ, पार्टीभित्रको बेथिति र अराजकता सहन्न : रवि लामिछाने
Photo / Coverage: पर्दाफास

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी सरकार सञ्चालनमा बाधक नबन्ने तर देशमा विधिको शासन स्थापना गर्न र बेथिति अन्त्य गर्न निरन्तर सचेत रहने बताएका छन् । चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले पार्टी संगठन र सरकारबीच कुनै द्वन्द्व नरहेको स्पष्ट पारे । उनले कार्यकर्तालाई मर्यादा र सुसंस्कृत राजनीतिक संस्कार अपनाउन निर्देशन दिँदै पार्टी र सरकारले नागरिकको सेवालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए । न्यायालय र प्रहरीजस्ता राज्यका अंगमाथि चोक–चोकमा बसेर गरिने अप्रमाणित टिप्पणीले ती संस्थाको मनोबल कमजोर हुने भन्दै उनले त्यस्ता अभिव्यक्ति नदिन आग्रह गरे । पार्टीभित्र बढ्दो ‘रिसोर्सेज’ वा धनशक्तिको प्रभावप्रति पनि उनले चिन्ता व्यक्त गरे । कार्यकर्तालाई एकै व्यक्ति वा समूहको स्वार्थमा चल्ने कार्यशैलीले पार्टी कब्जा हुने खतरा रहेको भन्दै लामिछानेले त्यस्तो प्रवृत्तिप्रति सजग रहन आग्रह गरे । सामाजिक सञ्जालमा फरक विचार राख्नेहरूप्रति प्रयोग गरिने अश्लील र अमर्यादित भाषाको पनि उनले निन्दा गरे । ‘हामीले चुनावमा भ्रष्टाचार र बेथितिको अन्त्य गर्ने प्रतिबद्धता जनाएका हौँ । तर यसको अर्थ जोसुकैलाई मनलाग्दी रूपमा पक्राउ गर्ने होइन । हामी विधिको शासन, कानूनी राज्य र निष्पक्ष अनुसन्धानमार्फत सुशासन कायम गर्न आएका हौँ,’ उनले भने, ‘जनतामा आशा र भ्रष्टाचारीमा त्रास सिर्जना हुनुपर्छ, तर नागरिकमा त्रास फैलिनु हुँदैन ।’ सरकारलाई नागरिकको सेवामा स्वतन्त्र र निर्वाध रूपमा काम गर्न दिनु पार्टीको जिम्मेवारी भएको उनले बताए । न्यायालय, प्रहरी र प्रशासनजस्ता संस्थाको मनोबल कमजोर पार्ने अभिव्यक्ति दिन नहुने उल्लेख गर्दै उनले ती संस्थाभित्रका बेथिति विधिसम्मत ढंगले अन्त्य गर्नुपर्ने बताए । ‘सरकारका निर्णयप्रति प्रश्न उठाउन सकिन्छ, तर त्यसलाई अनावश्यक विवाद, षड्यन्त्र वा पार्टीभित्रको द्वन्द्वका रूपमा प्रस्तुत गर्नु उचित हुँदैन । लोकतन्त्रका मूल्य, मान्यता र संस्थागत मर्यादा कमजोर पार्नु हुँदैन,’ लामिछानेले भने । पार्टीभित्र आर्थिक शक्तिको प्रभाव बढ्न नहुनेमा जोड दिँदै उनले पार्टी विचार, सिद्धान्त र विधिबाट चल्नुपर्ने बताए । ‘राजनीतिमा स्रोतसाधन आवश्यक हुन्छन्, तर स्रोतसाधन भएका व्यक्तिको कब्जामा पार्टी जानु हुँदैन । पार्टी विचार, सिद्धान्त र विधिबाट चल्नुपर्छ, आर्थिक शक्तिको प्रभावबाट होइन,’ उनले भने । फरक विचार राख्ने व्यक्तिको लोकतान्त्रिक अधिकार र सामाजिक प्रतिष्ठाको सम्मान गर्नुपर्ने उनको भनाइ थियो । आलोचनाको जवाफ सभ्य र मर्यादित भाषामा दिनुपर्ने बताउँदै उनले अश्लीलता, अपमान र गालीगलौजले व्यक्ति मात्र नभई सिंगो पार्टी र लाखौँ मतदाताको प्रतिष्ठामा आँच पु¥याउने बताए । ‘हामीलाई जनताले दिएको जनमत इतिहास बदल्ने अवसर हो । यसलाई जिम्मेवारीपूर्वक सदुपयोग गर्नुपर्छ । पार्टी लोकतन्त्रका सीमारेखा नाघ्ने छैन । कुनै निर्णयमा विचलन आए त्यसलाई सच्याएर सही बाटोमा अघि बढ्नेछ,’ उनले भने । आफूले बोलेका कुराप्रति जिम्मेवार रहेको तर अरूले त्यसलाई कसरी बुझ्छन् वा व्याख्या गर्छन् भन्ने विषयमा आफू जिम्मेवार नहुने पनि लामिछानेले बताए । उनले रास्वपाले छिट्टै देशव्यापी रूपमा ‘नीलो क्रान्ति’ फैलाउने दाबी गर्दै कार्यकर्तालाई अनुशासित भएर अभियानमा लाग्न आह्वान गरे । चितवनबाट सुरु भएको नीलो क्रान्तिले देशभर परिवर्तनको सन्देश फैलाउने विश्वाससमेत उनले व्यक्त गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भीड नियन्त्रणमा न्यूनतम बल र अधिकतम संयमता अपनाउनुहोला : सशस्त्र आईजीपी पौडेल
OthersJust now

भीड नियन्त्रणमा न्यूनतम बल र अधिकतम संयमता अपनाउनुहोला : सशस्त्र आईजीपी पौडेल

काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेलले भीड नियन्त्रणका क्रममा न्यूनतम बल र अधिकतम संयमता अपनाउनुपर्ने तथा भीड नियन्त्रण गर्नु भनेको नागरिकसँग भिड्नु वा द्वन्द्व बढाउनु नभई परिस्थिति नियन्त्रणमा लिएर शान्ति र सुव्यवस्था कायम गर्नु रहेको बताएका छन् । शुक्रबार सशस्त्र प्रहरी बल नेपाल दंगा नियन्त्रण रेजिमेन्ट निलबाराही काठमाण्डुको स्थलगत निरीक्षण […] ...

काठमाण्डुपाटी
लुम्बिनी विकास कोषमा आनी छोइङको नियुक्ति विरुद्ध प्रदर्शन
OthersJust now

लुम्बिनी विकास कोषमा आनी छोइङको नियुक्ति विरुद्ध प्रदर्शन

२० कात्तिक, बुटवल । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा लगायतको विवादित नियुक्तिको विरोध गर्दै ‘लुम्बिनी बचाउ महाअभियान’ले प्रदर्शन गरेको छ । लुम्बिनीको पर्सा चोकबाट निकालिएको मौन विरोध जुलुस कोषको कार्यालय अगाडि पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै महाअभियानका संयोजक अकरम खाँले विधि र प्रक्रिया मिचेर गरिएको नियुक्ति सुशासनको विपरीत रहेको… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play