Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

तिहारलाई लक्षित गर्दै सिजीले ल्यायो १३ लिटर क्षमताको स्मार्ट एयर फ्रायर

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहारलाई लक्षित गर्दै सिजीले ल्यायो १३ लिटर क्षमताको स्मार्ट एयर फ्रायर
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । तिहार नजिकिँदै गर्दा नेपाली इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो प्रिमियम सिग्नेचर सिरिज ‘सिजी मेरिडिया’ अन्तर्गतका अत्याधुनिक एयर फ्रायर बजारमा ल्याएको छ। स्मार्ट घरायसी उपकरण (एसडीए) श्रेणीअन्तर्गत सार्वजनिक गरिएका यी एयर फ्रायरले स्वादसँगै स्वास्थ्यलाई पनि प्राथमिकता दिने कम्पनीको दाबी छ। तिहारमा सेलरोटी, फिनी, अनरसा लगायतका परम्परागत परिकार बनाउँदा तेलको प्रयोग बढी हुने गर्छ। यसलाई मध्यनजर गर्दै सिजीले स्वादमा सम्झौता नगरी ९० प्रतिशतसम्म कम तेलमा परिकार तयार गर्न सकिने प्रविधि बजारमा ल्याएको जनाएको छ। यी उपकरणले भान्साको काम सहज बनाउनुका साथै समय बचत गर्न र स्वस्थकर खानपानमा सहयोग पुर्‍याउने कम्पनीको विश्वास छ। सिजीको एयर फ्रायरमध्ये नेपालकै पहिलो एआई एयर फ्रायर मोडल सीजीएमआरएएफ८एलएआईले ग्राहकबाट राम्रो प्रतिक्रिया पाइरहेको कम्पनीले जनाएको छ। यसमा रहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिले परिकारको प्रकृति पहिचान गरी आफैँ तापक्रम र पकाउने समय निर्धारण गर्छ। यसले खाना पकाउने प्रक्रियालाई थप सहज र स्मार्ट बनाउने कम्पनीको भनाइ छ। त्यस्तै, ग्राहकको रोजाइमा परेको अर्को मोडल सीजीएमआरएएफ७एलएस पनि बजारमा उपलब्ध छ। यस वर्षको तिहारलाई लक्षित गर्दै कम्पनीले १३ लिटर क्षमताको नयाँ स्मार्ट एयर फ्रायर मोडल सीजीएमआरएएफओ१३एल पनि बजारमा ल्याएको छ। ठूलो परिवार र चाडपर्वको जमघटलाई लक्षित गरी तयार पारिएको यस मोडलमा १८०० वाट पावर, १२ वटा स्मार्ट कुकिङ प्रिसेट मेनु, वाइड एंगल भ्युइङ विन्डो, आयल फ्री कुकिङ सुविधा, ६० मिनेटको टाइमर र डिहाइड्रेटर फङ्सन उपलब्ध छन्। यसमा रहेको एलईडी टच स्क्रिनमार्फत उपकरण सञ्चालन गर्न सकिन्छ। खाना पाकिरहेको अवस्था हेर्न मिल्ने वाइड एंगल भ्युइङ विन्डोले प्रयोगकर्तालाई थप सहज बनाउँछ। त्यसैगरी, प्रयोगका क्रममा ढोका खोल्दा आफैँ बन्द हुने अटो सट-अफ प्रविधिले सुरक्षालाई ध्यान दिएको कम्पनीले जनाएको छ। एयर फ्रायरसँगै आयल ट्रे, फ्ल्याट ग्रिल र्‍याक, स्यालो नेट ग्रिल र्‍याक, रोटेट बास्केट, चिकेन फोर्क र फेच टुललगायतका एसेसरिज पनि उपलब्ध गराइएको छ। यी सामग्रीको प्रयोगबाट विभिन्न परिकार रोस्ट, ग्रिल र बेक गर्न सकिने कम्पनीको भनाइ छ। यसले चाडपर्वमा एकैपटक धेरै परिकार तयार गर्न सहज बनाउने अपेक्षा गरिएको छ। ४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ताको विश्वास जित्दै आएको सिजी इलेक्ट्रोनिक्सका उत्पादन देशभरका २२ वटा सिजी डिजिटल र ६ वटा एलजी ब्रान्ड शपबाट खरिद गर्न सकिनेछ। त्यस्तै, कम्पनीको आधिकारिक वेबसाइट र बिक्री केन्द्रमार्फत पनि यी उत्पादन उपलब्ध हुनेछन्। ग्राहकलाई बिक्रीपछिको सेवा सहज बनाउन कम्पनीले ‘सीजी केयर्स’ एप सञ्चालनमा ल्याएको छ। उक्त एप तथा देशभर रहेका ४० वटा सेवा केन्द्रमार्फत ग्राहकलाई बिक्रीपछिको सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ। थप जानकारी तथा सेवाका लागि ग्राहकले सिजी केयरको टोल फ्री नम्बर १६६–००–१०२–२११ वा १६६–००–१००–२११ मा सम्पर्क गर्न सक्नेछन्। साथै, प्लेस्टोर वा एपस्टोरबाट ‘सीजी केयर्स’ एप डाउनलोड गर्न सकिने कम्पनीले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कर्णाली मन्त्रिपरिषद् बैठकले के–के गर्‍याे निर्णय ?
Latest NewsJust now

कर्णाली मन्त्रिपरिषद् बैठकले के–के गर्‍याे निर्णय ?

सुर्खेत । कर्णालीमा शुक्रबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ५ वटा निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, जसमा विभिन्न कार्यविधि तथा नियमावली स्वीकृत गर्ने काम भएको छ । यी... ...

रातोपाटी
स्याउ विकास बोर्ड स्थापना तथा संचालन गर्न बनेको विधेयक सभामा पेस गर्न स्वीकृत
Latest NewsJust now

स्याउ विकास बोर्ड स्थापना तथा संचालन गर्न बनेको विधेयक सभामा पेस गर्न स्वीकृत

सुर्खेत। कर्णालीमा स्याउ विकास बोर्ड स्थापना तथा संचालन गर्न बनेको विधेयक अब प्रदेश सभामा पेस गरिने भएको छ। शुक्रबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले उक्त विधेयकलाई प्रदेश सभामा पेस गर्न स्वीकृति दिने... ...

रातोपाटी
कोप–३१ मा जलवायु न्याय र पर्वतीय मुद्दा उठाउने नेपालको तयारी
Latest NewsJust now

कोप–३१ मा जलवायु न्याय र पर्वतीय मुद्दा उठाउने नेपालको तयारी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टर्कीको अन्टाल्यामा हुने संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–३१ मा नेपालले जलवायु न्याय, पर्वतीय सवाल, हानि तथा नोक्सानी र जलवायु वित्तलाई प्रमुखताका साथ उठाउने बताएकी छन् । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले नोभेम्बर ९ देखि २० सम्म हुने सम्मेलनमा नेपालको जलवायु संकट र राष्ट्रिय प्राथमिकता अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरिने जानकारी दिइन् । सम्मेलनको ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play