मधेश प्रदेशका किसानलाई यतिबेला धान भित्र्याउने चटारो छ । वर्षभरको मेहनत र पसिनाबाट उत्पादन भएको पाकेको धान भित्र्याउन किसानहरू खेतमै व्यस्त देखिएका छन् । हुलाकी सडकअन्तर्गत सिरहाको बरियारपट्टी गाउँपालिका–नर्गी चोकदेखि पश्चिमतर्फका खेतमा किसानहरूले आधुनिक हार्भेस्टर मेसिनको प्रयोग गरी धान काटिरहेका छन् । हार्भेस्टरको प्रयोगले धान कटानी र दाइँ गर्ने काम सहज र छिटो बनेको छ । परम्परागत रूपमा मजदुर लगाएर धान काट्नुपर्ने बाध्यता कम हुँदै जाँदा किसानलाई समय र श्रम बचत गर्न पनि सहज भएको छ । धान पाकेर पहेँलपुर भएका खेतमा हार्भेस्टर मेसिन चलिरहेका दृश्यले मधेशको कृषि जीवनमा छुट्टै रौनक थपेको छ ।
मधेशका खेतमा धान भित्र्याउने चटारो, किसानलाई भ्याइनभ्याइ

Read Complete Original Article
Published originally on पर्दाफास






