ताप्लेजुङ । ओलाङचुङगोलासम्म पुगेको सवारी साधन नेपाल–चीन सिमाना टिपताला भन्ज्याङसम्मै पुर्याउने गाउँपालिका र हाइड्रोपावर कम्पनीले सहकार्य गर्ने भएका छन् । फक्ताङलुङ गाउँपालिका ७ का वडाध्यक्ष छेतेन शेर्पा लामाका अनुसार सुपर हाइड्रो पावर कम्पनीले दुईवटा स्काभेटर उपलब्ध गराउने र गाउँपालिकाले डिजेलको व्यवस्थापन गर्ने सहमति भएको छ । ओलाङचुङगोलादेखि टिपताला भन्ज्याङ २२ किलोमिटर रहेको छ । यसअघि फक्ताङलुङ ६ लेलेप देखि वाड्नं ७ ओलाङचुङगोलासम्म सुपर तमोर र कन्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदको सहकार्यमा सडक मर्मतगरी पुर्याइएको छ । व्यवस्थापन परिषद्का सचिव मनकुमार लिम्बूका अनुसार संरक्षण क्षेत्रले डिजेल र सुपर तमोरले मेसिन उपलब्ध गराएका हुन् । सडक कार्यालयको भूमिका भने नभएको वडा कार्यालयले जनाएको छ । सडक ठाउँठाउँमा भत्किएपछि गत चैत महिनादेखि ओलाङचुङगोलामा सवारी पुग्न सकेको थिएन । जेष्ठ महिनासम्म इलाडााडा सुकेपानी सम्म साना सवारी गएका थिए । जेठमा ठाडा खोलामा पानी बढेपछि लेलेपसम्म मात्रै पुगेको स्थानीयले बताएका छन् । यहाँबाट ओलाङचुङगोला पुग्न एकदिनको पैदल यात्रा गर्नुपर्छ । सिंजेमा ताल, साम्दो ताल र टिपताला भन्ज्याङ जानेको सङ्ख्या अहिले उल्लेख्य रहेको छ । नेपाल–चीन सिमाना टिपताला ५३ सय मिटर उचाइमा रहेको छ ।
सुपर तमोर र फक्तालुङ गाउँपालिका टिपताला नाकासम्म सडक पुर्याउने

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






