Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

अमेरिकी सहयोगमा लायन्स रक्तसञ्चार केन्द्रलाई अत्याधुनिक रक्त विकिरण उपकरण

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकी सहयोगमा लायन्स रक्तसञ्चार केन्द्रलाई अत्याधुनिक रक्त विकिरण उपकरण
Photo / Coverage: पर्दाफास

नेपालमा सुरक्षित रक्तसञ्चार सेवा विस्तार तथा बिरामीको उपचारलाई थप प्रभावकारी बनाउने उद्देश्यले अमेरिकाले त्रिभुवन विश्वविद्यालय लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रलाई अत्याधुनिक एक्स–रे रक्त विकिरण उपकरण उपलब्ध गराएको छ। नेपालस्थित अमेरिकी दूतावासले अमेरिकी राष्ट्रिय आणविक सुरक्षा प्रशासनको सहयोगमा उक्त उपकरण केन्द्रलाई हस्तान्तरण गरेको हो। यसबाट विशेषगरी क्यान्सरका बिरामी, अङ्ग प्रत्यारोपण गराएका व्यक्ति तथा प्रतिरक्षा प्रणाली कमजोर भएका बिरामीलाई आवश्यक पर्ने सुरक्षित रक्तसञ्चार सेवामा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ। अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै अमेरिकी राष्ट्रिय आणविक सुरक्षा प्रशासनको सहयोगमा नयाँ उपकरण उपलब्ध गराउन पाउँदा गर्व लागेको जनाएको छ। दूतावासका अनुसार यस सहकार्यले बिरामीको सुरक्षा अभिवृद्धि गर्नुका साथै नेपालमा रेडियोलोजिकल सुरक्षासम्बन्धी जोखिम न्यूनीकरणमा समेत योगदान पुर्‍याउनेछ। उक्त उपकरण अमेरिकी राष्ट्रिय आणविक सुरक्षा प्रशासनअन्तर्गतको रेडियोलोजिकल सुरक्षा कार्यालय तथा प्यासिफिक नर्थवेस्ट राष्ट्रिय प्रयोगशालाको सहयोगमा उपलब्ध गराइएको हो। नेपालस्थित अमेरिकी दूतावासका कार्यवाहक प्रमुख मिसन मेगन बोल्डिनले उपकरण हस्तान्तरणका क्रममा केन्द्रका प्रतिनिधिहरूलाई उपकरणको साँचो हस्तान्तरण गरेकी थिइन्। यस उपकरण नेपाल ल्याउने तथा सहकार्य अघि बढाउने प्रक्रियामा त्रिभुवन विश्वविद्यालय लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रका उपाध्यक्ष मनबहादुर रोका, लायन्सका पूर्व डिस्ट्रिक्ट गभर्नर लायन रेवन्त कार्की, नेपाली रक्तदाता सङ्घ क्यानडाका पूर्व अध्यक्ष सुरेश गौतम तथा वर्तमान अध्यक्ष लीलानाथ पाण्डेको महत्त्वपूर्ण भूमिका रहेको केन्द्रसँग सम्बन्धित सार्वजनिक विवरणमा उल्लेख छ। त्यसैगरी क्यानडाको ओटावामा रहेका व्यवसायी रमेश बानियाँले भ्रमण तथा समन्वयमा सहयोग गरेका थिए। उपकरण निर्माण गर्ने कम्पनी बेस्ट थेराट्रोनिक्सका व्यवस्थापक ड्यान एट्किनहेडले पनि प्राविधिक तथा संस्थागत समन्वयमा सहयोग गरेका थिए। अमेरिकास्थित रेडियोलोजिकल सुरक्षा कार्यालय तथा प्यासिफिक नर्थवेस्ट राष्ट्रिय प्रयोगशालाका परियोजना व्यवस्थापक ज्याक बर्न्स र उनको टोलीले उपकरण उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। करिब सात करोड रुपैयाँ मूल्यको उक्त उपकरण तथा अन्य आवश्यक सामग्री शतप्रतिशत अनुदानमा उपलब्ध गराइएको केन्द्रका उपाध्यक्ष मनबहादुर रोकाले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। यस प्रक्रियामा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान, वीर अस्पतालका चिकित्सा भौतिकशास्त्रका प्राध्यापक कञ्चनप्रसाद अधिकारी तथा एभरेस्ट ट्रेड लिंकका प्रबन्ध निर्देशक हरि थापाले पनि सहयोग गरेका थिए। क्यान्सर तथा प्रत्यारोपणका बिरामीलाई विशेष लाभ नयाँ उपकरणले रक्त तथा रक्तजन्य पदार्थमा रहेका सक्रिय प्रतिरक्षा कोषिकालाई निष्क्रिय बनाउने प्रविधिमार्फत काम गर्छ। यसबाट रक्तसञ्चारपछि हुन सक्ने गम्भीर जटिलता ट्रान्सफ्युजन एसोसिएटेड ग्राफ्ट भर्सेस होस्ट डिजिजको जोखिम न्यूनीकरण गर्न मद्दत पुग्छ। विशेषगरी क्यान्सरको उपचार गराइरहेका बिरामी, हड्डीको मासी प्रत्यारोपण गरेका व्यक्ति, अङ्ग प्रत्यारोपण गराएका बिरामी तथा जन्मजात प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्तिका लागि विकिरण गरिएको रगत आवश्यक पर्न सक्छ। सामान्य रक्तसञ्चारमा रक्तदाताबाट प्राप्त रगतका सक्रिय सेता रक्तकोषिकाले बिरामीको शरीरका तन्तुमाथि आक्रमण गर्न सक्ने अवस्था हुन्छ। यस्तो जोखिम रोक्न रक्त विकिरण प्रविधि प्रयोग गरिन्छ। नयाँ उपकरणले एक्स–रे प्रविधिको माध्यमबाट यस्ता कोषिकालाई निष्क्रिय बनाउँछ। यसले विशेष उपचार आवश्यक पर्ने बिरामीलाई सुरक्षित रक्तसञ्चार सेवा उपलब्ध गराउन सहयोग पुर्‍याउनेछ। रेडियोधर्मी पदार्थबाट उत्पन्न सुरक्षा जोखिमसमेत घट्ने यस उपकरणको अर्को महत्त्वपूर्ण विशेषता रेडियोधर्मी पदार्थको प्रयोगबिना रक्त विकिरण गर्न सकिनु हो। यसअघि कतिपय रक्त विकिरण उपकरणमा सिजियम–१३७ जस्ता रेडियोधर्मी स्रोत प्रयोग गरिँदै आएको थियो। यस्ता स्रोतको सुरक्षित भण्डारण, निगरानी र व्यवस्थापन चुनौतीपूर्ण हुन सक्छ। एक्स–रे प्रविधिमा आधारित उपकरणले रेडियोधर्मी समस्थानिकको आवश्यकता हटाउने भएकाले चोरी, अनधिकृत पहुँच तथा दुरुपयोगबाट उत्पन्न हुन सक्ने जोखिम कम गर्न सहयोग गर्छ। अमेरिकी राष्ट्रिय आणविक सुरक्षा प्रशासनले विश्वका विभिन्न देशमा रेडियोलोजिकल सुरक्षालाई मजबुत बनाउने तथा रेडियोधर्मी स्रोतमा आधारित प्रविधिको सुरक्षित विकल्प प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालन गर्दै आएको छ। नेपाललाई उपलब्ध गराइएको यो उपकरण पनि त्यही प्रयासको महत्त्वपूर्ण हिस्सा हो। नेपालमा रक्तसञ्चार सेवाको नयाँ उपलब्धि त्रिभुवन विश्वविद्यालय लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रले आधुनिक प्रविधि भित्र्याउँदै नेपालमा रक्तसञ्चार सेवालाई थप गुणस्तरीय बनाउने लक्ष्य राखेको छ। केन्द्रका उपाध्यक्ष मनबहादुर रोकाका अनुसार यस उपकरणको उपलब्धताले नेपालमा क्यान्सरका बिरामी, प्रत्यारोपण गराएका व्यक्ति तथा विकिरण गरिएको रगत आवश्यक पर्ने बालबालिकाका लागि नयाँ सेवा विस्तार गर्ने आधार तयार गरेको छ। उनले यस उपलब्धिका लागि अमेरिकी सहयोगी निकाय, नेपाल तथा क्यानडामा रहेका सहयोगी व्यक्तिहरू र उपकरण ल्याउने प्रक्रियामा संलग्न सबैप्रति आभार व्यक्त गरेका छन्। नेपाल र अमेरिकाबीच स्वास्थ्य सेवा, विज्ञान तथा प्रविधि र रेडियोलोजिकल सुरक्षाका क्षेत्रमा हुँदै आएको सहकार्यको यो अर्को महत्त्वपूर्ण उपलब्धि हो। करिब सात करोड रुपैयाँ मूल्यको अत्याधुनिक उपकरण शतप्रतिशत अनुदानमा उपलब्ध हुनुले नेपालको विशिष्टीकृत स्वास्थ्य सेवा विस्तारमा अन्तर्राष्ट्रिय सहकार्यको महत्त्वसमेत उजागर गरेको छ। नयाँ उपकरणको सञ्चालनसँगै नेपालमा सुरक्षित रक्तसञ्चार सेवाको पहुँच विस्तार हुने र जटिल उपचार गराइरहेका बिरामीले थप गुणस्तरीय सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
४ हिमतालको पानी घटाउँदा करिब ४ लाख मानिस प्रत्यक्ष लाभान्वित हुने ‘सञ्जिवनी’ परियोजना कसरी सुरु हुँदैछ ?
OthersJust now

४ हिमतालको पानी घटाउँदा करिब ४ लाख मानिस प्रत्यक्ष लाभान्वित हुने ‘सञ्जिवनी’ परियोजना कसरी सुरु हुँदैछ ?

हिमतालको पानीको सतह घटाउनुका अतिरिक्त जलवायु जोखिमसम्बन्धी सूचना तथा योजना प्रणाली सुदृढ गर्ने, जलविज्ञान तथा मौसमसम्बन्धी अनुगमन विस्तार गर्ने र पूर्वसूचना प्रणाली स्थापना तथा सुधार पनि गर्ने परियोजनाको लक्ष्य छ । ...

अनलाइन खबर
मधेशका खेतमा धान भित्र्याउने चटारो, किसानलाई भ्याइनभ्याइ
OthersJust now

मधेशका खेतमा धान भित्र्याउने चटारो, किसानलाई भ्याइनभ्याइ

मधेश प्रदेशका किसानलाई यतिबेला धान भित्र्याउने चटारो छ । वर्षभरको मेहनत र पसिनाबाट उत्पादन भएको पाकेको धान भित्र्याउन किसानहरू खेतमै व्यस्त देखिएका छन् । हुलाकी सडकअन्तर्गत सिरहाको बरियारपट्टी गाउँपालिका–नर्गी चोकदेखि पश्चिमतर्फका खेतमा किसानहरूले आधुनिक हार्भेस्टर मेसिनको प्रयोग गरी धान काटिरहेका छन् । हार्भेस्टरको प्रयोगले धान कटानी र दाइँ गर्ने काम सहज र छिटो बनेको छ । परम्परागत रूपमा मजदुर लगाएर धान काट्नुपर्ने ...

पर्दाफास
जिप र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु, १३ घाइते
OthersJust now

जिप र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु, १३ घाइते

१० मंसिर, नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यबिन्दु नगरपालिका–११ बाहुनिकुनास्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी अनिल पण्डितका अनुसार डण्डाबाट सर्दीतर्फ गइरहेको जिप र विपरीत दिशाबाट आइरहेको ट्याक्टर एकापसमा ठोक्किँदा विनयी त्रिवेणी गाउँपालिका–४ सर्दीका ३०… ...

अनलाइन खबर
पोखरामा सीप सिक्ने युवाको आकर्षण, स्वदेशमै आत्मनिर्भर बन्ने प्रयास
OthersJust now

पोखरामा सीप सिक्ने युवाको आकर्षण, स्वदेशमै आत्मनिर्भर बन्ने प्रयास

वेटर तथा वेट्रेस, ३९० घण्टे केयरगिभर, कुक, बरिस्ता, सहायक ब्युटिसियन र बाल विकास सहजकर्ता गरी छवटा विधामा तालिम सञ्चालन गर्ने तयारी महानगरपालिकाको छ । ...

मकालु खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement