Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Others/मतदाता धाँधलीको प्रमाण उपलब्ध गराउनेलाई १० लाख डलर पुरस्कार दिने ट्रम्पको घोषणा

मतदाता धाँधलीको प्रमाण उपलब्ध गराउनेलाई १० लाख डलर पुरस्कार दिने ट्रम्पको घोषणा

10/27/2026, 9:33:35 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
मतदाता धाँधलीको प्रमाण उपलब्ध गराउनेलाई १० लाख डलर पुरस्कार दिने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगतका निर्वाचन वा सन् २०२६ को मध्यावधि निर्वाचनमा मतदाता धाँधली भएको प्रमाण उपलब्ध गराउने व्यक्तिलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यस्तो घोषणा गरेका हुन् । धाँधलीमा संलग्न व्यक्तिहरू पक्राउ परी दोषी ठहरिएपछि मात्र पुरस्कार दिइने उनले उल्लेख गरेका छन् । ‘विगतका निर्वाचन वा आगामी सन् २०२६ को मध्यावधि निर्वाचनमा मतदाता धाँधलीबारे सूचना दिने जोकोहीलाई धाँधली गराउने व्यक्ति पक्राउ परी दोषी ठहरिएपछि १० लाख डलर दिइनेछ,’ ट्रम्पले लेखेका छन् । अमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनलाई संसद्का दुवै सदनमा नियन्त्रण कायम गर्ने प्रतिस्पर्धाका रूपमा हेरिएको छ । यस निर्वाचनको नतिजाले ट्रम्प प्रशासनको विधायिकी एजेन्डा र वासिङ्टनको राजनीतिक शक्ति सन्तुलनमा महत्त्वपूर्ण प्रभाव पार्नेछ । अमेरिकामा राष्ट्रपतिको चारवर्षे कार्यकालको मध्यबिन्दुमा हुने मध्यावधि निर्वाचन प्रत्येक दुई वर्षमा हुने नियमित संसदीय निर्वाचनको हिस्सा हो । यस निर्वाचनमा प्रतिनिधिसभाका सबै ४३५ सिट र सिनेटका करिब एकतिहाइ सिटका लागि मतदान हुन्छ । यसबाहेक देशभरका विभिन्न राज्य तथा स्थानीय तहमा पनि निर्वाचन हुन्छ । मध्यावधि निर्वाचनलाई राष्ट्रपतिको कार्यसम्पादनप्रतिको जनमत परीक्षणका रूपमा समेत लिइन्छ । संसद्का दुवै सदनमा राष्ट्रपतिको दलको पकड कमजोर भएमा सरकारलाई आफ्ना नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कठिन हुन सक्छ । ट्रम्प प्रशासनले आर्थिक चुनौती र घट्दो लोकप्रियताबीच निर्वाचनको सामना गरिरहेको छ । द वाल स्ट्रिट जर्नलले सेप्टेम्बरमा प्रकाशित गरेको सर्वेक्षणअनुसार ट्रम्पको अनुमोदन दर ३७ प्रतिशतमा झरेको थियो । उक्त प्रकाशनले सन् १९९० देखि मध्यावधि निर्वाचनअघि राष्ट्रपतिहरूको अनुमोदन दरबारे गरेको सर्वेक्षणमध्ये यो न्यून स्तर भएको समाचारमा उल्लेख छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

दशैंमा हुम्लामा चार करोडको खसीबोका व्यापार
OthersJust now

दशैंमा हुम्लामा चार करोडको खसीबोका व्यापार

हुम्लामा रु चार करोड मुल्य बराबरको खसीबोकाको व्यापार भएको छ । दसैं वर्षको एक पटक आउने मुख्य चाडपर्व भएको र खसीबोकाको वलि दिनैपर्ने सामाजिक तथा धार्मिक मान्याताका कारण यसको व्यापार वृद्धि भएको हो । बझाङको साइपालबाट चार सय खसीबोका ल्याएका व्यापारी मानबहादुर पार्कीले झण्डै रु एक करोडको व्यापार भएको बताए । २५ प्रतिशत व्यापार उधारोमा गएको भएपनि दसैंमा खसीको व्यापार हालसम्मकै ...

पर्दाफास
चितवनको धारापानीमा ट्रक, बस र माइक्रोबस ठोक्किए, ११ जना घाइते
OthersJust now

चितवनको धारापानीमा ट्रक, बस र माइक्रोबस ठोक्किए, ११ जना घाइते

१० कात्तिक, चितवन । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४, धारापानीमा ट्रक, बस र माइक्रोबस एकापसमा ठोक्किँदा ११ जना घाइते भएका छन् । दुर्घटनामा सर्लाहीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज १२५९… ...

अनलाइन खबर
युरोपका सडकमा वर्ग संघर्ष
OthersJust now

युरोपका सडकमा वर्ग संघर्ष

यतिबेला फ्रान्सको सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको ११९ प्रतिशत पुगेको र जसको ब्याज तिर्न अर्बौं युरो छुट्याउनुपर्छ । युरोपको दोस्रो ठूलो अर्थतन्त्र स्वयं युरोपेली मापदण्ड विपरीत ऋणमा फस्दै गएको छ । सार्वजनिक खर्च घटाएर ऋण तिर्ने सरकारको नीतिले वर्गीय खाडल र असमानता बढाइदिएको छ । सरकार सार्वभौम ऋणको पासोमा पर्ने धन सीमित अर्बपतिका खातामा थुप्रिंदै जाने र त्यसको मूल्य साधारण ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play