दशैंमा हुम्लामा चार करोडको खसीबोका व्यापार

हुम्लामा रु चार करोड मुल्य बराबरको खसीबोकाको व्यापार भएको छ । दसैं वर्षको एक पटक आउने मुख्य चाडपर्व भएको र खसीबोकाको वलि दिनैपर्ने सामाजिक तथा धार्मिक मान्याताका कारण यसको व्यापार वृद्धि भएको हो । बझाङको साइपालबाट चार सय खसीबोका ल्याएका व्यापारी मानबहादुर पार्कीले झण्डै रु एक करोडको व्यापार भएको बताए । २५ प्रतिशत व्यापार उधारोमा गएको भएपनि दसैंमा खसीको व्यापार हालसम्मकै धेरै भएको उनको भनाइ छ । सुदुरपश्चिमका लिपुलेख, दार्चुला, अपी हिमाल क्षेत्रबाट खसी ल्याएर दसैंमा बिक्री गरेको उनले बताए । यसैगरी, साढे तीन सय खसी बिक्री गर्नुभएका खसी व्यापारी पाल्दन सुनारले यो वर्ष दसैंमा हालसम्मकै धेरै व्यापार भएको जानकारी दिए । रु २० हजारदेखि ३५ हजारसम्मका खसीहरु स्थानीयले दसैंका लागि किनेर वलि चढाउने कार्य गरेको सुनारको भनाइ छ । चीनले हिल्सा नाकाबाट च्याङ्ग्रा आयात गर्न नदिएका कारण स्थानीय खसीहरु बढी बिक्री भएको पाइएको छ । रु ३४ हजारको खसी दसैंमा वलि चढाउनुभएका स्थानीय जयबहादुर शाहीले मुल्य बढेपछि खसीको व्यापार नघटेको बताए । यो वर्ष विगतभन्दा खसीको व्यापार कम हुने अपेक्षा गरिएको भएपनि झनै बढेको बताउदै दसैंको महत्व पनि खसीको व्यापारले झल्काएको बताए । हुम्ला जिल्लामा मात्र नभएर यस पटक हुम्लाका चार ट्रक खसीबोका पहिलो पटक व्यापारीले पोखरासमेत लग्नुभएको थियो । दसैंमा खसीको व्यापार वृद्धि भएको उद्योग वाणिज्य सङ्घले पनि जनाएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले निष्काशन गरेको ‘६ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८९’ मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत असोज २९ गतेदेखि बिक्री खुला गरेको उक्त ऋणपत्रमा आज बैंकिङ समयभित्र आवेदन दिन सकिनेछ । यस ऋणपत्रको अवधि ७ वर्ष रहेको छ भने लगानीकर्ताले वार्षिक ६ प्रतिशत ब्याज पाउनेछन् । बैंकले प्रतिकित्ता […] ...

सवा करोड लगानीमा कुञ्जपार्कमा म्युजिकल वाटर फाउन्टेन सञ्चालन
संगीतको तालअनुसार पानीका फोहरा सञ्चालन हुने र रंगीन बत्तीको संयोजनले तालको दृश्यलाई आकर्षक बनाउने प्रविधिसहित फाउन्टेन निर्माण गरिएको छ । यसले कुञ्जपार्कको आकर्षणमा नयाँ आयाम थपेको छ । ...

स्ट्यान्डर्ड चार्टर्ड बैंकले १६ प्रतिशत नगद लाभांश दिने
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको कात्तिक ९ गते बसेको सञ्चालक समितिको बैठकले करसहित १६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित […] ...


-1766049283.jpg)
