Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

मकै र भटमासको मूल्य वृद्धि, पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
मकै र भटमासको मूल्य वृद्धि, पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
Photo / Coverage: पर्दाफास

विदेशबाट आयात हुने मकै र भटमासको मूल्य आकासिएपछि दानाको लागत मूल्य बढेको छ । यससँगै पशुपन्छीजन्य उत्पादनको खर्च बढ्ने भएको छ । यसबाट प्रत्यक्ष रूपमा उपभोक्ता प्रभावित हुने भएका छन् । नेपाल दाना उद्योग संघका केन्द्रीय अध्यक्ष उमेश सापकोटाका अनुसार १५ दिनअघिसम्म भारतबाट आउने मकै प्रतिकिलो रु ३९ र नेपाली मकै रु ३६ मा खरिद हुने गरेको थियो । अहिले भारतीय मकैको मूल्य प्रतिकिलो रु ५४ र नेपाली मकैको मूल्य रु ५० भन्दा माथि पुगेको छ । यस्तै, अमेरिका र बङ्गलादेशबाट आउने भटमासको पिनाको मूल्य प्रतिकिलो रु ८७ र८८ बाट बढेर रु ९५/९६ पुगेको छ । नेपालमा मकै र भटमासको पिना सबैभन्दा बढी कुखुराको दानामा प्रयोग हुन्छ । दानामा मकै ५० देखि ६० प्रतिशतसम्म प्रयोग हुन्छ भने भटमासको पिना २५ प्रतिशत प्रयोग हुन्छ । कुखुराको दानामा यसका अतिरिक्त थोरै मात्रामा तोरीको पिना, डिसिपी, ढुटो, मार्बल डस्ट, मिनरल र भिटामिनजस्ता वस्तु प्रयोग हुन्छन् । ढुटोको मूल्यसमेत प्रतिकिलो रु ३५ बाट ४७ पुगेको छ । सापकोटाका अनुसार दानाको लागत मूल्यमा करिब १५ प्रतिशत वृद्धि भएको छ । यससँगै विदेशबाट आयात हुने भटमासको पिना पहिले ६० दिनमा आइपुग्ने गरेकामा अहिले ९० दिन लाग्न थालेको छ । जसका कारण खर्च बढेको उनले बताए । नेपालमा भटमासजन्य पदार्थ वार्षिक तीन लाख ५० हजार मेट्रिक टन खपत हुन्छ । ती सबै तेस्रो मुलुकबाट आयात हुने गर्छन् । यस्तै, मकै वार्षिक छ लाख ५० हजारदेखि सात लाख मेट्रिक टनसम्म खपत हुने गरेको छ । जसमध्ये १५ देखि २० प्रतिशत भारतबाट आउने गरेको छ भने बाँकी नेपालकै उत्पादनले धान्ने गरेको छ । भारतमा मकैको मूल्य बढेपछि अहिले कुखुराको दानामा प्रयोग नहुने कमजोर गुणस्तरको मकै इथानोल उत्पादनका लागि भारत जाने गरेको उनले जानकारी दिए। कच्चा पदार्थको मूल्य अत्यधिक बढेपछि दाना उत्पादकहरूले ब्रोइलर कुखुराको दानाको मूल्य प्रतिकिलो रु पाँच र लेयर्स कुखुराको दानाको मूल्य? चार बढाएका छन् । हाल दानाको मूल्य प्रतिकिलो रु ५५ देखि ७५ सम्म पर्ने गरेको छ । सापकोटाले तत्कालका लागि राहत दिन दानाको मूल्य बढाइएको भए पनि वास्तविक लागत धान्न नसक्ने अवस्था रहेकाले मूल्य थप बढ्ने बताए । नेपाल लेयर्स कुखुरापालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले दानाको लागत मूल्य बढेसँगै अण्डाको उत्पादन लागत प्रतिगोटा रु दुईदेखि तीनसम्म बढेको बताए । यसअघि बजार मूल्यलाई आधार मानेर अण्डाको लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा कायम भएको थियो । दानाको लागत मूल्य प्रतिकिलो करिब रु १० ले बढ्ने भएपछि अण्डाको उत्पादन लागतसमेत बढेको उनले बताए। लागत मूल्यसमेत नपाएर धेरै किसान विस्थापित भइरहेको अवस्थामा लागत मूल्य नजिक पुगेको केही समयमै दानाको मूल्य बढेपछि अण्डा उत्पादक किसान थप संकटमा पर्ने उनको भनाइ छ । उनले भने, ‘छिट्टै लागत मूल्य पाउने वातावरण किसानलाई गराउन सकिएन भने बाँकी रहेका अण्डा उत्पादक किसान पनि विस्थापित हुन्छन् ।’ नेपालमा लेयर्स कुखुरापालन गर्ने ७५ प्रतिशतभन्दा बढी किसान विस्थापित भइसकेका छन् । पुराना किसानले लगानी थपेको र नयाँ किसानसमेत व्यवसायमा आएकाले उत्पादन बढेको हुँदा बजारको माग धान्न सम्भव भएको हो । ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले दानाको लागत मूल्य बढेपछि चल्ला र मासुको उत्पादन लागत बढेको बताए। जिउँदो कुखुरा प्रतिकिलो लागत रु २१० हाराहारी रहेकोमा बढेर रु २३० भन्दा बढी पुगेको बताए। यस्तै लेयर्स कुखुराको चल्ला प्रतिगोटाको लागत मूल्य रु १२० बाट रु १५० र ब्रोइलर चल्ला रु ६५ बाट रु ८० पुगेको उनको भनाई छ । लामिछानेले दानाको कच्चा पदार्थको मूल्य अश्वभाविक बढ्दा पशु र पन्छीको उत्पादन लागतमा वृद्धि भएको बताए । यसबाट गाईभैँसीको दूधको लागत, माछा उत्पादनको लागत मूल्य, बङ्गुरको लागत मूल्य सबै बढेको छ । जसको प्रत्यक्ष प्रभाव बजारमा देखिन थालेको किसानले बताएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
देउसीको भाकामा रविको वाचा- ‘जान्नेले नजान्नेलाई सिकाउने, पाँच वर्ष यही सरकार टिकाउने
OthersJust now

देउसीको भाकामा रविको वाचा- ‘जान्नेले नजान्नेलाई सिकाउने, पाँच वर्ष यही सरकार टिकाउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देउसी भैलो गाउँदै वर्तमान सरकार पाँच वर्षसम्म टिकाउने प्रतिबद्धता व्यक्त गरेका छन् । हिजो राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल, उपत्यका समितिले आयोजना गरेको सद्भाव देउसी–भैलो कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूलाई आफ्नै निवासमा स्वागत गर्दै लामिछानेले देउसीको भाकामै सरकार पाँच वर्ष टिकाउने वाचा गरेको हो। कार्यक्रममा उनले भने, ‘जान्नेले नजान्नेलाई सिकाउने, पाँच वर्ष यही सरकार टिकाउने।’ देशमा पुनः आन्दोलन ...

पर्दाफास
मौलिक चाडपर्वले सामाजिक एकता र सहिष्णुता बलियो बनाउँछन् : प्रधानमन्त्री शाह
OthersJust now

मौलिक चाडपर्वले सामाजिक एकता र सहिष्णुता बलियो बनाउँछन् : प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन् । आज नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्ह: पूजाको अवसरमा देश तथा विदेशमा रहने सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना दिँदै उनले उक्त भनाइ राखेका हुन् । राष्ट्रिय विभूति शङ्खधर साख्वा:ले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु गरेको नेपाल संवत् ...

पर्दाफास
नागरिकताको नयाँ भन्दा प्रतिलिपि लिने धेरै
OthersJust now

नागरिकताको नयाँ भन्दा प्रतिलिपि लिने धेरै

२४ कात्तिक, काठमाडौं । नयाँ नागरिकता लिने भन्दा नागरिकता लिइसकेका तर हराएका, जलेका, वा कुनै पनि कारणले नस्ट भएको भनेर नागरिकताको प्रतिलिपि लिनेको संख्या धेरै रहेको पाइएको छ । गृह मन्त्रालयको तथ्यांक अनुसार गत साउन, भदौ र असोज महिनामा एक लाख ६९ हजार ९७३ जनाले नयाँ नागरिकता लिए । जबकी यही अवधिमा २ लाख २६… ...

अनलाइन खबर
ईयू रिपोर्ट– फ्रान्सको प्रदर्शनमा रुस, इजरायल र अमेरिकाको हस्तक्षेप
OthersJust now

ईयू रिपोर्ट– फ्रान्सको प्रदर्शनमा रुस, इजरायल र अमेरिकाको हस्तक्षेप

२४ कात्तिक, काठमाडौं । फ्रान्समा महँगी र शिक्षा प्रणालीविरुद्ध भइरहेका प्रदर्शनका बीच सामाजिक सञ्जालमा फर्जी पोस्ट र भिडियोहरू फैलाइएको पाइएको छ। युरोपेली सङ्घ (ईयू) को एक आन्तरिक रिपोर्टका अनुसार, रुससँग जोडिएका नेटवर्कहरूले आप्रवासीविरुद्ध घृणा फैलाएर मानिसहरूलाई भड्काउने प्रयास गरेका थिए। यसका साथै इजरायल र अमेरिकाको मागा अर्थात् मेक अमेरिका ग्रेट अगेन आन्दोलनसँग जोडिएका अकाउन्टहरूले पनि… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play