Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

देउसीको भाकामा रविको वाचा- ‘जान्नेले नजान्नेलाई सिकाउने, पाँच वर्ष यही सरकार टिकाउने

Share:WhatsAppFacebookX (Twitter)Telegram
देउसीको भाकामा रविको वाचा- ‘जान्नेले नजान्नेलाई सिकाउने, पाँच वर्ष यही सरकार टिकाउने
Photo / Coverage: पर्दाफास

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देउसी भैलो गाउँदै वर्तमान सरकार पाँच वर्षसम्म टिकाउने प्रतिबद्धता व्यक्त गरेका छन् । हिजो राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल, उपत्यका समितिले आयोजना गरेको सद्भाव देउसी–भैलो कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूलाई आफ्नै निवासमा स्वागत गर्दै लामिछानेले देउसीको भाकामै सरकार पाँच वर्ष टिकाउने वाचा गरेको हो। कार्यक्रममा उनले भने, ‘जान्नेले नजान्नेलाई सिकाउने, पाँच वर्ष यही सरकार टिकाउने।’ देशमा पुनः आन्दोलन हुन सक्ने चर्चा भइरहेका बेला लामिछानेले देउसीकै भाकामा त्यसको जवाफसमेत दिए। उनले भने, ‘देशले अब आन्दोलन धान्दैन, परि आए यी खुट्टा चाही काम्दैनन्।’ देउसी–भैलो कार्यक्रममा सभापति लामिछानेसँगै उनकी पत्नी निकिता लामिछानेसहित परिवारका अन्य सदस्यहरूको पनि सहभागिता थियो। सो अवसरमा उनले देशभरका सञ्चारकर्मी तथा कलाकारहरूलाई तिहार र छठ पर्वको शुभकामना व्यक्त गरे । सञ्चारकर्मी तथा कलाकारहरूसँगको सम्बन्धलाई स्मरण गर्दै लामिछानेले आफूहरूले सँगसँगै यात्रा सुरु गरेको बताए। उनले भने, ‘तपाईंहरूलाई हाम्रो यो यात्राको सहयात्रीका रूपमा देखेको छु। हामी राजनीतिमा स्थापित हुने बेलामा तपाईंहरू पनि सञ्चारकर्ममा स्थापित हुँदै हुनुहुन्थ्यो। कताकता यो यात्रामा मसँगै कलाकारहरू पनि हुनुहुन्थ्यो। यात्रा सहज छैन, तर सँगै गरेको यो यात्रामा हामी सबै सँगै साक्षी छौँ।’ लामिछानेले देउसी–भैलो कार्यक्रममार्फत संसारभरि तिहार तथा छठ पर्व मनाइरहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना पनि व्यक्त गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सामुदायिक विद्यालय : अर्बौंको लगानी, बालुवामा पानी
OthersJust now

सामुदायिक विद्यालय : अर्बौंको लगानी, बालुवामा पानी

अर्बौं रुपैयाँ लगानी र लाखौँ विद्यार्थी तथा हजारौँ शिक्षक हुँदाहुँदै पनि सामुदायिक विद्यालयमा अपेक्षित सिकाइ उपलब्धि हासिल हुन नसक्नुको मुख्य कारण कमजोर व्यवस्थापन, शिक्षक नियुक्तिमा राजनीतिक हस्तक्षेप र जवाफदेहिताको अभाव हो। ...

अनलाइन खबर
अहिले पनि झण्डै ९५ प्रतिशत फिल्महरू एउटै शैलीमा बनेका छन्
OthersJust now

अहिले पनि झण्डै ९५ प्रतिशत फिल्महरू एउटै शैलीमा बनेका छन्

सबैभन्दा पहिला मैले कास्ट गरेको परीक्षा लिम्बु हो । हाम्रो फिल्मको मेन लिड नै उहाँ हुनुहन्छ । अझ भनौं फिल्मको हिरो । ...

अनलाइन खबर
३ महिनामा ५९० गैरआवासीय नेपाली नागरिकता जारी
OthersJust now

३ महिनामा ५९० गैरआवासीय नेपाली नागरिकता जारी

२४ कात्तिक, काठमाडौं । गत साउन, भदौ र असोज महिनामा ५९० वटा गैरआवासीय नेपाली नागरिकता जारी भएको छ । यो देशभरका जिल्ला प्रशासन कार्यालयबाट जारी भएका गैरआवासीय नेपाली नागरिकताको एकीकृत तथ्यांक हो । गृह मन्त्रालयले तीन महिनामा गरेको प्रगति विवरण सार्वजनिक गरेको छ । यसमै गैरआवासीय नेपाली नागरिकता लिनेको संख्या समावेश छ । गैरआवासीय नेपाली… ...

अनलाइन खबर
एक अनासक्त क्रान्तिकारी
OthersJust now

एक अनासक्त क्रान्तिकारी

प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले नोनालाई मन्त्री बन्न कर गर्दै मन्त्रालय रोज्न अनुरोध गर्दा पनि उनको जवाफ थियो, 'म मन्त्री बन्दिन, पार्टीको काममै रमाएकी छु ।' ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play