Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/मकवानपुरमा भाडाको ईभी दुर्घटना, एकै परिवारका ६ जनासहित ११ घाइते

मकवानपुरमा भाडाको ईभी दुर्घटना, एकै परिवारका ६ जनासहित ११ घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
मकवानपुरमा भाडाको ईभी दुर्घटना, एकै परिवारका ६ जनासहित ११ घाइते

हेटाैँडा, कात्तिक १ । मकवानपुरको भीमफेदी गाउँपालिका–१ बादरेभीरस्थित हेटौँडा–भैँसे सडकखण्डमा भाडाको विद्युतीय सवारी (ईभी) दुर्घटना हुँदा एकै परिवारका ६ जनासहित ११ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । आज दिउँसो १२ः३० बजे काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ज ०६७४ नम्बरको ईभी सडकको दाहिनेतर्फको भित्तामा ठोक्किएर बायाँतर्फको नालामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा रौतहटको दुर्गा भगवती गाउँपालिका–१ का ५० वर्षीय हरि साह गम्भीर घाइते भएका छन् । उहाँको मुखमा चोट लागेको र थप उपचारका लागि चितवनस्थित सीएमसी अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ । हरिसँगै उहाँका परिवारका सदस्यहरू २६ वर्षीया छोरी चन्दा कुमारी साह, २३ वर्षीया छोरी शिवा कुमारी साह, करिब पाँच वर्षीय नाति आर्यन साह, नातिनी शान्ति कुमारी साह र नाति शिवान्स साह पनि सवारीमा सवार थिए । उनीहरूलाई समेत उपचारका लागि चितवनस्थित सीएमसी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा रौतहट दुर्गा भगवती गाउँपालिका–१ का ३२ वर्षीय राजेश साहको बायाँ खुट्टामा चोट लागेको छ । भारतको बिहारस्थित मोतिहारी जिल्लाका करिब ३४ वर्षीय सर्फे आलमको नाक र बायाँ काँधमा चोट लागेको छ । त्यसैगरी, रौतहटको चन्द्रपुर नगरपालिका–११ पडरियाटोलकी करिब २४ वर्षीया सबिता कुमारी चौधरीको बायाँ कोखामा, यमुनामाई नगरपालिका–४ यादवटोलका करिब १९ वर्षीय राहुल ठाकुरको मुखमा तथा धमनीमाई नगरपालिका–४ का १६ वर्षीय विजय कुमार ठाकुरको टाउको र दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । गम्भीर घाइते हरि साहलाई रिफर गरिएपछि अन्य पाँच जनालाई पनि थप उपचारका लागि सीएमसी पठाइएको हो । अन्य घाइतेको अवस्था सामान्य रहेको जनाइएको छ । दुर्घटनापछि ईभी घटनास्थलमै रहेको र चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

क्यारेबियन स्टार रसेलले विराटनगर किंग्सबाट एनपिएल खेल्ने
राजनीतिJust now

क्यारेबियन स्टार रसेलले विराटनगर किंग्सबाट एनपिएल खेल्ने

वेष्ट इण्डिजका चर्चित  क्रिकेट खेलाडी आन्द्रे रसेलले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण विराटनगर किङ्सबाट खेल्ने भएका छन् ।  विराटनगरले आज रसेललाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो । ‘समर्थकले तपाईंको माग गर्नुभयो । हामीले पूरा गर्यौँ । विराटनगर किङ्समा स्वागत छ आन्द्रे रसेल,’ विराटनगरको टोलीले आफ्नो सामाजिक सञ्जालमा लेखेको छ । सन् १९८८ अप्रिल २९ मा जमैकामा जन्मिएका रसेलले वेष्ट ...

फरकधार
सिन्धुलीको सुनकोशी सुमाे दुर्घटना : मृतककाे पहिचान खुल्यो, बेपत्ताको खोजी जारी
राजनीतिJust now

सिन्धुलीको सुनकोशी सुमाे दुर्घटना : मृतककाे पहिचान खुल्यो, बेपत्ताको खोजी जारी

काठमाडौं, कात्तिक १ । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सुनकोशी नदीमा सुमो खस्दा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ । दुर्घटनामा बेपत्ता भएका तीन जनाको खोजी जारी छ भने घाइने चार जनाकाे काठमाडौं र सिन्धुलीमा उपचार भइरहेकाे छ । काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको सुमो गएराति करिब २ः३० बजे मध्यपहाडी लोकमार्गबाट झन्डै १५० मिटर तल सुनकोशी ...

जनताटाइम्स
शारदीय नवरात्र : आठौँ देवी महागौरीको विधिपूर्वक गरियो पूजाआराधना
राजनीतिJust now

शारदीय नवरात्र : आठौँ देवी महागौरीको विधिपूर्वक गरियो पूजाआराधना

शारदीय नवरात्रको आठौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । नवरात्रको दोस्रो दिन सोमबार ब्रह्मचारिणी, तेस्रो दिन ...

फरकधार
देश शोकमा रहेकाले कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
राजनीतिJust now

देश शोकमा रहेकाले कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

काठमाडौं, कात्तिक १ । नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान कार्यक्रम नगर्ने निर्णय गरेको छ । कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै देश शोकमा रहेकाले यस वर्ष चियापान कार्यक्रम आयोजना नगर्ने निर्णय गरिएको जानकारी दिनुभएकाे हाे । नेपाली कांग्रेसले विशेष परिस्थितिबाहेक हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम आयोजना गर्दै आएको थियो ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play