Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

मंसिरमा पनि घट्यो बैंकहरुको मुद्दती निक्षेपको ब्याजदर, कुन बैंकले कति दिँदैछन् ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
मंसिरमा पनि घट्यो बैंकहरुको मुद्दती निक्षेपको ब्याजदर, कुन बैंकले कति दिँदैछन् ?
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ वटाले ब्याजदर घटाएका छन् भने १४ बैंकले कात्तिककै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर कात्तिकको ४.०१३ प्रतिशतबाट घटेर मंसिरमा ३.९०६ प्रतिशत कायम भएको छ । यसअनुसार औसत ब्याजदर ०.१०७ प्रतिशत विन्दुले घटेको हो ।

मंसिरमा सबैभन्दा धेरै ब्याजदर घटाउनेमा माछापुच्छ्रे बैंक रहेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४.५ प्रतिशतबाट घटाएर ३.५ प्रतिशतमा झारेको छ । यो १ प्रतिशत विन्दुको कमी हो ।

त्यस्तै, कृषि विकास बैंकले ४.१५ प्रतिशतबाट घटाएर ३.६५ प्रतिशत कायम गरेको छ । एनएमबी बैंकले ४.५ प्रतिशतबाट ४.२५ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ४ प्रतिशतबाट ३.७५ प्रतिशत र कुमारी बैंकले ३.७ प्रतिशतबाट ३.६१ प्रतिशतमा झारेका छन् । स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि ३.७ प्रतिशतबाट घटाएर ३.६५ प्रतिशत कायम गरेको छ ।

मंसिरमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ४.५ प्रतिशत ब्याजदर सानिमा बैंकले दिने भएको छ । त्यसपछि नेपाल बैंकले ४.१५ प्रतिशत ब्याजदर दिनेछ । एनएमबी र प्रभु बैंकले ४.२५ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

त्यस्तै, नेपाल बैंक, हिमालयन बैंक, एनआईसी एसिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबीआई बैंक, प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकले पनि ४ प्रतिशत वा सोभन्दा बढी ब्याजदर दिने भएका छन् । १४ बैंकले भने कात्तिककै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बन्दीपुरमा पर्यटकको घुइँचो, होटलमा कोठा पाउनै मुस्किल
Economy & BusinessJust now

बन्दीपुरमा पर्यटकको घुइँचो, होटलमा कोठा पाउनै मुस्किल

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा यतिबेला स्वदेशी तथा विदेशी पर्यटकको चाप बढेको छ । चाडपर्वको बिदा र पर्यटकीय यामका कारण बन्दीपुरमा पर्यटकको आगमन बढेको हो । ...

अर्थडबली
दसैँ–तिहारमा सडक दुर्घटना घटे, ट्राफिक कारबाही र राजस्व झन्डै दोब्बर
Economy & BusinessJust now

दसैँ–तिहारमा सडक दुर्घटना घटे, ट्राफिक कारबाही र राजस्व झन्डै दोब्बर

जिल्लामा यस वर्षको दसैँ–तिहार अवधिमा सडक दुर्घटना तथा मानवीय क्षतिमा कमी आएको छ भने ट्राफिक कारबाही र राजस्व सङ्कलनमा वृद्धि भएको छ । जिल्ला ट्राफिक प्रहरी ...

अर्थडबली
सभामुख अर्यालद्वारा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण
Economy & BusinessJust now

सभामुख अर्यालद्वारा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं- सभामुख डोलप्रसाद (डिपी) अर्याल वीरगञ्जस्थित सहिद स्मारकमा मधेस आन्दोलनका क्रममा आफ्नो जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले सहिदहरूको त्याग, बलिदान र योगदानको स्मरण गर्दै सहिदहरूले देखेका ...

आजको अर्थ
प्रयोगकर्ताको अनुमति बिना फोटो र भिडिओ प्रयोग गरेको आरोपमा मेटालाई ८८ करोड ७० लाख डलर जरिवाना
Economy & BusinessJust now

प्रयोगकर्ताको अनुमति बिना फोटो र भिडिओ प्रयोग गरेको आरोपमा मेटालाई ८८ करोड ७० लाख डलर जरिवाना

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी मेटालाई इटालीले प्रयोगकर्ताको गोपनीयता उल्लंघन गरेको आरोपमा ८८ करोड ७० लाख अमेरिकी डलर जरिवाना गरेको छ। फेसबुकले प्रयोगकर्ताको मोबाइल फोनमा रहेका फोटो तथा भिडिओ उनीहरूको स्पष्ट अनुमति र पर्याप्त जानकारीबिना प्रयोग गरेको भन्दै इटालीको तथ्यांक संरक्षण निकायले मेटामाथि कारबाही गरेको हो। अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी) … ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play