Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

संघीयतालाई बलियो बनाउन रास्वपा नीतिगत रूपमा अगाडि बढ्न चाहन्छ : लामिछाने

Share:WhatsAppFacebookX (Twitter)Telegram
संघीयतालाई बलियो बनाउन रास्वपा नीतिगत रूपमा अगाडि बढ्न चाहन्छ : लामिछाने
Photo / Coverage: नेपालन्युज

जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संघीयतालाई बलियो बनाउने पार्टीको नीतिगत चाहना रहेको बताएका छन्। संघीयतासम्बन्धी रास्वपाको धारणालाई गलत अर्थमा बुझ्ने गरिएको उल्लेख गर्दै उनले प्रदेश संरचनालाई थप बलियो बनाउन पार्टी सधैँ छलफलका लागि तयार रहेको बताए। साथै, पार्टीमाथि विभिन्न किसिमका आरोप लगाउने गरिएको उनको भनाइ थियो। रास्वपाका प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहको मेची–महाकाली पदयात्राको शुभारम्भ कार्यक्रममा बोल्दै लामिछानेले आफू कुनै पनि सरकार कमजोर नहोस् भन्ने पक्षमा रहेको बताए। प्रत्येक सरकारले बलियो र स्थिर रूपमा काम गर्नुपर्नेमा जोड दिँदै उनले सरकार कमजोर हुँदा जनताको विकास र जनजीविकासम्बन्धी सवाल प्रभावित हुने बताए। उनले भने, “केही दिनअघि मात्रै मधेस प्रदेश सरकार संकटमा परेको छ। कुनै पनि सरकार कमजोर बन्नु हुँदैन। सरकार कमजोर भयो र अस्थिरता आयो भने जनताको विकास र जनजीविकाका सवाल नै बाधित हुने अवस्था आउँछ।” यसका लागि नीतिगत सुधार आवश्यक रहेको उल्लेख गर्दै लामिछानेले सबै राजनीतिक दलसँग छलफल र सहकार्य गरेर अघि बढ्न रास्वपा तयार रहेको बताए। स्थानीय तहलाई प्रदान गरिएका अधिकार कार्यान्वयनमा कुनै कमजोरी भए त्यसलाई पनि सुधार गर्नुपर्ने उनको भनाइ थियो। स्थानीय तहलाई थप अधिकार सम्पन्न र बलियो बनाउनुपर्नेमा उनले जोड दिए। डा. सिंहको पदयात्राले पार्टीसँगै देशलाई पनि बलियो बनाउन योगदान पुर्‍याउने लामिछानेले विश्वास व्यक्त गरे। उक्त यात्राले राजनीति र पार्टीको सीमाभन्दा माथि उठेर सामाजिक सद्भाव कायम गर्न तथा राष्ट्रिय एकताको सन्देश प्रवाह गर्न सफल हुने उनको अपेक्षा थियो। कार्यक्रममा बोल्दै डा. सिंहले छठ पर्वका लागि आफू जनकपुरधाम आएको अवसरमा पदयात्राको औपचारिक शुभारम्भ गरिएको बताए। यद्यपि, पदयात्राको वास्तविक सुरुवात भने झापास्थित मेची नदीको पुलबाट गरिने उनले जानकारी दिए। उनका अनुसार यात्राको सुरुवात भोलिदेखि मेची नदीबाट हुनेछ। रास्वपालाई जनताले ठूलो विश्वासका साथ मत दिएको उल्लेख गर्दै सिंहले पार्टीलाई असफल हुने छुट नरहेको बताए। रास्वपा असफल भए देश नै असफल हुने अवस्था आउन सक्ने उनको भनाइ थियो। राष्ट्रियता बलियो बनाउन जनता बलियो हुनुपर्ने धारणा राख्दै सिंहले आफ्नो पदयात्रा राष्ट्रियता, राष्ट्रिय एकता र देशलाई बलियो बनाउने उद्देश्यले आयोजना गरिएको बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
Latest NewsJust now

चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो

चितवन । जिल्लामा यस वर्षको दसैँ–तिहार अवधिमा सडक दुर्घटना तथा मानवीय क्षतिमा कमी आएको छ भने ट्राफिक कारबाही र राजस्व सङ्कलनमा वृद्धि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक... ...

रातोपाटी
थाइल्यान्डमा चारतले भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु, १६ घाइते
Latest NewsJust now

थाइल्यान्डमा चारतले भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु, १६ घाइते

थाइल्यान्डको पाटोङमा सोमबार बिहान चारतले व्यावसायिक भवनमा भीषण आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । प्रहरीका अनुसार स्थानीय समयअनुसार बिहान करिब ३ः३० बजे रेस्टुरेन्ट... ...

रातोपाटी
तिहारयता सुनको भाउ निरन्तर ओरालो, आज अरू घट्यो
Latest NewsJust now

तिहारयता सुनको भाउ निरन्तर ओरालो, आज अरू घट्यो

तिहारयता सुनको भाउ ओरालो लागेको लाग्यै छ।  तिहार बिदापछि शुक्रबार एकैचोटि तोलामा १२ हजार ६ सय रुपैयाँ घटेको सुनको भाउ आइतबार थप घटेर २ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। आज त्यसबाट पनि अझ तल गएको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६९ हजार १ सय रुपैयाँ कायम गरिएको छ।   ...

नेपालखबर
रास्वपा सांसद अमरेश सिंहको पदयात्रा सुरु, सभापति लामिछानेले गरे बिदाई
Latest NewsJust now

रास्वपा सांसद अमरेश सिंहको पदयात्रा सुरु, सभापति लामिछानेले गरे बिदाई

मेची–महाकाली पदयात्रामा हिँडेका सांसद सिंहलाई रास्वपा सभापति रवि लामिछानेले जनकपुरको जानकी मन्दिर प्रांगणबाट बिदाई गरेका हुन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play