Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

म अझै पनि कांग्रेस सभापति हुँ: शेरबहादुर देउवा

Share:WhatsAppFacebookX (Twitter)Telegram
म अझै पनि कांग्रेस सभापति हुँ: शेरबहादुर देउवा
Photo / Coverage: नेपालन्युज

सुर्खेत। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू नै पार्टीको वैधानिक सभापति रहेको दाबी गरेका छन्। आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशस्तरीय अधिवेशनको उद्घाटन गर्दै देउवाले आफूले राजीनामा नदिएको र विधानबमोजिम दुईतिहाइ बहुमतबाट पनि नहटाइएकाले आफू नै आधिकारिक सभापति रहेको जिकिर गरे। पार्टीको आधिकारिकतासम्बन्धी विवाद हाल अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै देउवाले न्यायालयले आफूहरूलाई न्याय दिने विश्वास व्यक्त गरे। उनले भने, ‘जस्तोसुकै अवस्थामा पनि सभापति मै हुँ। अब महाधिवेशनमा निष्पक्ष निर्वाचन हुन्छ। चुनावबाट जित्ने साथी सभापति बन्नुहुन्छ।’ राजतन्त्रकालदेखि नै न्यायपालिकाप्रति आफू विश्वस्त रहेको बताउँदै उनले संविधान र पार्टी विधानअनुसार आधिकारिकता पाउनेमा आफू ढुक्क रहेको बताए। पाँच पटक प्रधानमन्त्री भइसकेका देउवाले अबको नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने धारणा राखे। उनले पार्टी र जनताबाट आफूले धेरै अवसर पाइसकेको स्वीकार गर्दै अब आफू पुनः सभापति वा प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पारे। देउवाले भने, ‘यो पार्टी र देशका जनताले मलाई धेरै दिइसकेका छन्। अब मैले देश र जनतालाई दिन बाँकी छ। अब म फेरि न पार्टी सभापति हुन्छु, न प्रधानमन्त्री।’

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कमसल मदिरा नै मृत्युको प्रमुख कारक
Latest NewsJust now

कमसल मदिरा नै मृत्युको प्रमुख कारक

तिलाचन पाण्डेगुल्मी, मङ्सिर १३ गते । इस्मा गाउँपालिका वडा नम्वर दुईका ७१ वर्षीय लालबहादुर कुमार शुक्रबार दिउँसो तम्घासको एक होटलमा बास बस्नुभयो ।रेसुङगा नगरपालिका वडा नम्बर २ उदिनढ... ...

गोरखापत्र
पहाडका सडक बसाइँसराइको माध्यम बन्नुहुँदैनः मुख्यमन्त्री कार्की
Latest NewsJust now

पहाडका सडक बसाइँसराइको माध्यम बन्नुहुँदैनः मुख्यमन्त्री कार्की

पाँचथर, मङ्सिर १३ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहाडमा निर्माण भएका सडक बसाइँसराइको माध्यम बन्न नहुने बताउनुभएको छ ।कालोपत्र सडक बनेपछि पनि बसाइँ सर्नेक्रम... ...

गोरखापत्र
अमेरिकाको बैंकिङ क्षेत्रमा धक्का, युनाइटेड फिडेलिटी बन्द
Latest NewsJust now

अमेरिकाको बैंकिङ क्षेत्रमा धक्का, युनाइटेड फिडेलिटी बन्द

नियामक निकायले बैंकका निक्षेपकर्ताको रकम सुरक्षित रहेको जनाएको छ। अमेरिकी निक्षेप बीमा व्यवस्थाअनुसार प्रतिखातावालाको २ लाख ५० हजार डलरसम्मको निक्षेप बीमित हुन्छ। ...

कान्तिपुर
भिरबाट खसेका बेपत्ता बालकको खोजी कार्य जारी
Latest NewsJust now

भिरबाट खसेका बेपत्ता बालकको खोजी कार्य जारी

अमरराज नहर्कीतनहुँ, मङ्सिर १३ गते । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ डम्पिङस्थित पृथ्वी राजमार्गबाट भिरमा खसेर बेपत्ता भएका १५ वर्षीय बालक फेला पार्न सकिएको छैन । चितवनको भरतपुर महा... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement