भोटेकोशी बाढीका कारण विभिन्न क्षेत्रमा भएको नोक्सानीको मूल्याङ्कन जारी

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले भोटेकोशी बाढीका कारण विभिन्न क्षेत्रमा भएको नोक्सानीको मूaल्याङ्कन भइरहेको जनाएको छ । सिंहदरबारमा बुधबार बसेको राष्ट्रियसभा अन्तर्गतको भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति बैठकमा मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले भोटेकोशी बाढीका कारण भएको नोक्सानीको ४–५ वटा शीर्षकमा वर्गीकरण गरेर मूल्याङ्कन भइरहेको जानकारी दिएका हुन् । बाढीका कारण बालीनालीको नोक्सानीको मूल्याङ्कन राष्ट्रिय योजना आयोगकै प्रतिवेदनमा समेटिने उनले बताए । त्यस्तै, उनले पशुपन्छीको क्षेत्रमा भएका नोक्सानीका बारे किसान सूचीकरणको तथ्यांकका आधार र व्यावसायिक फार्महरूको नोक्सानीको विवरणका आधारमा मूल्याङ्कन भइरहेको उल्लेख गरे । जग्गाको नोक्सानीका क्षेत्रमा हजारौँ वर्षदेखि खेती गरिँदै आएको र उत्पादकत्वको आधारमा जग्गाको क्षति मूल्याङ्कन गर्ने पद्धति अपनाएको उनको भनाइ छ । उहाले सवै क्षेत्रका अन्तिम तथ्यांक समितिमा छिटै उपलव्ध गराइने धारणा राखे । कालीगण्डकी बाढीपछिको नोक्सानीको मूल्याङ्कनको काममा भने केहि ढिलाई भएको सचिव मिश्रले बताए । समिति सभापति कृष्णप्रसाद पौडेलले बाढी प्रभावित विभिन्न स्थानीय तहका ४९ वटा वडाको फरक–फरक क्षतिका वास्तविक तथ्यांक प्रमाणीकरण गरेर उपलब्ध गराउन आग्रह गरे । सबै तथ्याङ्क आएपछि मात्रै समितिले स्थगलत निरिक्षण गर्ने उनको भनाइ छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

विराटनगरका ६९ वर्षीय व्यापारीको हत्या आरोपमा तीन जना पक्राउ
विराटनगर । विराटनगरमा लामो समयदेखि व्यापार गर्दै आएका ६९ वर्षीय लालजी प्रसाद गुप्ताको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मुख्य अभियुक्त विराटनगर महानगरपालिका–६ स्वागत चोकका ३६ वर्षीय अफरोज आलम र शव व्यवस्थापनमा सहयोग गरेको आरोप लागेका दुई जना नाबालक छन्। पक्राउ परेका आलम विराटनगर–६ महावीर चोकमा हार्डवेयर गोदाम सञ्चालन गर्दै आएका थिए। प्रहरीले घटनामा संलग्न भएको आरोपमा ...

अमेरिकन संस्था पिस कोर र मधेश कृषि विश्वविद्यालयबीच शैक्षिक सम्झौता
विश्वविद्यालयका उपकुलपति डा. वैधनाथ महतो र कोरका तर्फबाट नेपालका राष्ट्रिय निर्देशक डा. किम नजबुल्लाले सम्झौतापत्रमा बुधाबार हस्ताक्षर गरेका हुन् । ...

विज्ञापनमा विभेद रोक्ने फैसला अविलम्ब कार्यान्वयन गर्न निर्देशन
सर्वाेच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले सरकारी विज्ञापनमा विभेदविरुद्धको फैसला ‘अविलम्ब कार्यान्वयन गर्न’ सरकारलाई निर्देशन दिएको छ। सर्वाेच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले सो फैसला अविलम्ब कार्यान्वयन गरी कार्यान्वयनको जानकारी निर्देशनालयलाई गराउन पनि पत्रमा भनिएको छ। असार ३० को फैसला कार्यान्वयनको माग गर्दै दायर गरिएको निवेदनउपरको कार... ...
.jpg)
बाँकेमा कालानमक धानको संरक्षण गरिँदै
बाँके, कात्तिक ११ गते । सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालिएको छ । परम्परागत कालानमक धानको जात हराउँदै गएको भन्दै यहाँका किसानले जिल्लाका कतिपय स्थानम... ...


