भोजपुरको दुर्गम बस्तीमा केन्द्रीय विद्युत् पुगेपछि फेरियो स्थानीयको दैनिकी

भोजपुर । जिल्लाको टेम्केमैयुङ गाउँपालिका–६ का दुर्गम बस्तीमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार भएपछि स्थानीयको दैनिकी सहज बनेको छ । लामो समयदेखि विद्युत् सेवा उपभोग गर्ने सपना बोकेर बसेका स्थानीयको घरघरमा बिजुली पुगेपछि उत्साहित भएका छन् । विद्युत् विस्तारसँगै स्थानीय सूचना, सञ्चार तथा प्रविधिको पहुँचमा जोडिनुका साथै दैनिक जीवनयापनमासमेत परिवर्तन आएको छ । भौगोलिक रूपमा ठूलो क्षेत्रफलमा फैलिएको वडाका विभिन्न बस्तीमा विद्युत् विस्तार भएपछि स्थानीयले इन्टरनेट, टेलिभिजनलगायतका सुविधाको उपभोग गर्न पाएका छन् । यसअघि विद्युत् अभावका कारण ओझेलमा परेका बस्तीका नागरिक अहिले सूचना तथा सञ्चारको पहुँचमा जोडिन थालेका छन् । विद्युत् पुगेपछि बालबालिकाको अध्ययनदेखि घरायसी कामकाज र स्थानीयस्तरमा सञ्चालन हुने साना उद्योगसम्म सहज भएको स्थानीयवासी बलबहादुर राईले बताए । विगतमा विद्युत् अभावका कारण बालबालिकाको पढाइदेखि स्थानीय उत्पादनको कुटानीपिसानीसम्ममा समस्या हुने गरेको थियो । विद्युत् विस्तारलाई प्राथमिकतामा राखेर काम गरेपछि थोरै बजेटबाट पनि नतिजामुखी काम गर्न सफल भएको वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताए । भौगोलिक रूपमा ठूलो क्षेत्र भएकाले सबै बस्तीमा विद्युत् पु¥याउन विभिन्न चुनौती सामना गर्नुपरे पनि प्राथमिकताका आधारमा काम अघि बढाउँदा लक्ष्य हासिल गर्न सफल भएको उनको भनाइ छ । विद्युत् विस्तारसँगै स्थानीयले विद्युतीय मिलको सहायताले कुटानीपिसानी गर्न थालेका छन् । यसबाट परम्परागत रूपमा गर्नुपर्ने श्रम र समयको बचत भएको छ । त्यस्तै, फर्निचरलगायत घरेलु उद्योग सञ्चालन गर्न सहज भएपछि स्थानीय उत्पादन तथा आयआर्जनका गतिविधिमा टेवा पुगेको वडाले जनाएको छ । विद्युत् सेवा विस्तारले ग्रामीण क्षेत्रका नागरिकको जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै शिक्षा, सञ्चार र स्थानीय उद्यम विकासका लागि नयाँ सम्भावनासमेत सिर्जना गरेको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

२५ विपन्न परिवारलाई खाद्यान्न र नगद सहयोग
काठमाडाैं । नेपालीहरूको महान् चाड विजयादशमीको फूलपातीका दिन युवामान नेपाल प्रालिको सहकार्यमा २५ अति विपन्न, असहाय तथा अपाङ्गता भएका परिवारलाई खाद्यान्न सामग्री र नगद सहयोग वितरण गरिएको छ । सोही अवसरमा समाजसेवी अगम गुरुङ, प्रेम परियार तथा गायक डम्बर नेपालीलाई समाजमा पुर्याएको योगदानको कदर गर्दै सम्मानपत्रसहित सम्मान गरिएको छ । विभिन्न देश तथा विदेशमा रहेका समाजसेवी व्यक्तित्वहरूको आर्थिक सहयोग र युवामान ...

तामाकोशी किनारका फाँटमा पहेँलपुर धानबाली, दशैंसँगै भित्र्याउने चटारो
• रामेछापको तामाकोशी नदी किनारका फाँटमा धानबाली पाकेर किसानहरू बाली काट्ने तयारीमा जुटेका छन्। • नेपालमा धान उत्पादन अघिल्लो वर्षको तुलनामा घटेको छ, जसमा मौसमको प्रभाव महत्त्वपूर्ण छ। • धान खेती नेपालको कृषि प्रणालीको प्रमुख आधार हो र यसले खाद्य सुरक्षा र किसानको आम्दानीमा महत्वपूर्ण योगदान पुर्याउँछ। ...
_TzvFIzfyMb.jpg)
भाकल पूरा गर्न बुढासुब्बामा भक्तजनको लर्को
सुनसरी। धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को लागेको छ। बुढासुब्बा मन्दिरमा महानवमीका दिन कुखुराको भाले बलि चढाएर दुर्गा भवानीको विशेष पूजाआराधना गरिने भएकाले बिहानैदेखि भक्तजनको भिड लागेको हो। मन्दिरका... ...

फ्रान्सको आन्दोलनले त्रसित ट्रम्प, भने- अमेरिका यस्तो स्थितिबाट बच्नुपर्छ
फ्रान्समा जारी युवा आन्दोलनबाट अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प पनि त्रसित देखिएका छन्। अमेरिका हुन लागेको मध्यावधि निर्वाचनका सन्दर्भमा क्यान्सासको विचिटामा आयोजित चुनावी सभामा उनले फ्रान्समा भइरहेको अशान्ति उल्लेख गरेका हुन्। उनले आगामी मध्यावधि चुनावको महत्त्वमा जोड दिँदै समर्थकहरूलाई भने, ‘अमेरिकाले यस्तो स्थितिबाट बच्नुपर्... ...


