Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/२५ विपन्न परिवारलाई खाद्यान्न र नगद सहयोग

२५ विपन्न परिवारलाई खाद्यान्न र नगद सहयोग

Share:WhatsAppFacebookX (Twitter)Telegram
२५ विपन्न परिवारलाई खाद्यान्न र नगद सहयोग

काठमाडाैं । नेपालीहरूको महान् चाड विजयादशमीको फूलपातीका दिन युवामान नेपाल प्रालिको सहकार्यमा २५ अति विपन्न, असहाय तथा अपाङ्गता भएका परिवारलाई खाद्यान्न सामग्री र नगद सहयोग वितरण गरिएको छ । सोही अवसरमा समाजसेवी अगम गुरुङ, प्रेम परियार तथा गायक डम्बर नेपालीलाई समाजमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मानपत्रसहित सम्मान गरिएको छ । विभिन्न देश तथा विदेशमा रहेका समाजसेवी व्यक्तित्वहरूको आर्थिक सहयोग र युवामान नेपाल प्रालिको सहकार्यमा आयोजित कार्यक्रममा २५ परिवारलाई खाद्यान्न सामग्रीसँगै प्रतिपरिवार ५०० रुपैयाँका दरले नगद सहयोग प्रदान गरिएको हो । चाडपर्वको समयमा आर्थिक अभावका कारण समस्यामा परेका परिवारलाई राहत पुर्‍याउँदै दसैँको खुसी बाँड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा सानु लिम्बू, राम धमला, प्रेम परियार, गुराँस बल, फूल तामाङ, आयन राई, अर्जुन प्रधान, श्रेया बल र अन्सा बललगायतका समाजसेवी व्यक्तित्वहरूले आर्थिक सहयोग गरेका थिए । विभिन्न स्थान तथा विदेशमा रहेर पनि विपन्न र असहाय परिवारको सहयोगका लागि हातेमालो गर्ने सहयोगदाताहरूको योगदानले सामाजिक सेवामा सहकार्य र मानवीय भावनाको महत्त्वलाई उजागर गरेको छ । कार्यक्रममा युवामान नेपाल प्रालिका अध्यक्ष किशोर श्रेष्ठले समाजसेवी अगम गुरुङ, प्रेम परियार तथा गायक डम्बर नेपालीले समाजमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै विशेष धन्यवाद व्यक्त गरे । समाजका लागि निःस्वार्थ भावनाले काम गर्ने व्यक्तित्वहरूको योगदानको कदर र सम्मान गर्न आवश्यक रहेको उनले बताए । श्रेष्ठले चाडपर्वको खुसी सबै परिवारसम्म पुर्‍याउन सामाजिक सहयोग महत्त्वपूर्ण हुने उल्लेख गर्दै सहयोग अभियानमा साथ दिने सम्पूर्ण समाजसेवी तथा दाताहरूप्रति आभार व्यक्त गरे । सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै विपन्न तथा असहाय नागरिकलाई सहयोग गर्ने अभियानलाई निरन्तरता दिनुपर्नेमा समेत उनले जोड दिए । कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेल रहेका थिए भने विशिष्ट अतिथिका रूपमा समाजसेवी तथा युवा व्यवसायी सचिन शाक्यको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन घनश्याम भण्डारीले गरेका थिए । फूलपातीको अवसरमा आयोजित यस कार्यक्रमले आर्थिक रूपमा कमजोर परिवारलाई चाडपर्व मनाउन सहयोग पुर्‍याउनुका साथै समाजसेवामा सक्रिय व्यक्तित्वहरूको योगदानको कदर गरेको छ । खाद्यान्न तथा नगद सहयोग वितरण र सम्मानपत्र प्रदानमार्फत समाजमा सहयोग, सद्भाव र मानवीय सेवाको भावना अभिवृद्धि गर्ने प्रयास गरिएको छ । यस्ता सामाजिक अभियानले चाडपर्वको खुसी विपन्न परिवारसँग बाँड्नुका साथै समाजमा सकारात्मक परिवर्तनका लागि व्यक्ति, संस्था र सहयोगदाताबीच सहकार्यको वातावरण निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

चिटिक्क बन्यो रिडी–तम्घास २५ किलोमिटर सडक
ताजा खबरJust now

चिटिक्क बन्यो रिडी–तम्घास २५ किलोमिटर सडक

टोपलाल अर्यालरेसुङ्गा (गुल्मी), कात्तिक ३ गते। गुल्मीमा मदन भण्डारी राजमार्ग अन्तर्गत तीन खण्डमा काम भएको छ । जसमा पहिलो खण्ड रिडी–तम्घास अन्तर्गत २५ किलोमिटर सडक कालोपत्रे भएको छ... ...

गोरखापत्र
जब काइली जेनरले ५ करोड अमेरिकी डलरको ब्रा लगाएर डेब्यु गरिन्
ताजा खबरJust now

जब काइली जेनरले ५ करोड अमेरिकी डलरको ब्रा लगाएर डेब्यु गरिन्

रियालिटी टीभी स्टार काइली जेनरले भिक्टोरियाको सेक्रेट फेसन शोमा ५ करोड डलरको ब्रा लगाएर डेब्यु गरेपछि मिश्रित प्रतिक्रिया पाएकी छन्। मेकअप दुनियाँकी एक चर्चित हस्तीले आइतबार लिन्जरी ब्रान्डको वार्षिक कार्यक्रममा प्रसिद्ध फ्यान्टेसी ब्रा लगाएर सबैलाई चकित पारिन्। डिजाइनरका अनुसार त्यो १८ क्यारेट सुन र ४ हजार ४१० क्यारेट हिराले बनेको हो। फ्यान्टेसी ब्रा वर्षौंदेखि श... ...

नेपालखबर
हिरासतमा रहेकी सुकीलाई बेलायती राजाको उपहार
ताजा खबरJust now

हिरासतमा रहेकी सुकीलाई बेलायती राजाको उपहार

काठमाडाैँ। म्यान्मामा हिरासतमा रहनुभएकी नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीलाई बेलायतका राजा चाल्र्स तृतीयले पठाउनुभएको प्याकेज सोमबार प्राप्त भएको छ । म्यान्माका अधिकारीहरूले दुई महिनापछि उहाँको पहिलो तस्बिर सार्वजनिक... ...

रातोपाटी
वर्षमा एक दिन मात्र खुल्ने तलेजु भवानी मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
ताजा खबरJust now

वर्षमा एक दिन मात्र खुल्ने तलेजु भवानी मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा अवस्थित ऐतिहासिक तलेजु भवानी मन्दिरमा महानवमीका अवसरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। वर्षभरि बन्द रहने मन्दिर परम्पराअनुसार वर्षमा एक दिन मात्र सर्वसाधारणका लागि खुला गरिने भएकाले दर्शनार्थीको बाक्लो उपस्थिति देखिएको हो। बडादशैंको महानवमीका दिन बिहान ४ बजेदेखि मन्दिरको मूलढोका खुला गरिएपछि काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रबाट आएका श्रद्धालु दर्शनका लागि लामबद्ध भएका छन्। दर्शनार्थीको लाम न्युरोड, ...

लुम्बिनी सञ्चार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play