Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

भीमफेदी दुर्घटनाले केपी ओली स्तब्ध : घाइतेको निःशुल्क उपचार र मृतक परिवारलाई तत्काल राहत उपलब्ध गराउन माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
भीमफेदी दुर्घटनाले केपी ओली स्तब्ध : घाइतेको निःशुल्क उपचार र मृतक परिवारलाई तत्काल राहत उपलब्ध गराउन माग
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक २६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मकवानपुरको भीमफदी दुर्घटनामा परी १० जनाको ज्यान गएको समाचारले स्तब्ध बनेको बताउनु भएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले बिहीवार शोक बक्तब्य जारी गर्दै घटनामा परी घाइते भएका सवैको उपचारको ब्यवस्था गर्न सरकारको ध्यानाकर्षण पनि गराउनु भएका हो । काठमाडौंबाट सर्लाहीतर्फ गइरहेको इभी गाडी बिहीवार बिहान भीमफेदीमा दुर्घटना भई १० जनाको मृत्यू भएको थियो । ‘मकवानपुरको भीमफेदीमा भएको दुःखद सवारी दुर्घटनामा परी १० जना नागरिकले अमूल्य ज्यान गुमाउनुपरेको हृदयविदारक घटनाले मलाई अत्यन्तै मर्माहत र स्तब्ध बनाएको छ । महान् पर्व छठ मनाउन उत्साहका साथ घर फर्किरहेका नागरिकहरूले अकालमै ज्यान गुमाउनुपरेको यस पिडादायी क्षणमा दिवङ्गत हुनुभएकाहरूप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,’ शोक बक्तब्यमा ओलीले भन्नुभएको छ । यस्तै उहाँले यस अकल्पनीय विपत्तिबाट शोकसन्तप्त सम्पूर्ण परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै दुर्घटनामा परी घाइते हुनुभएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । ‘दुर्घटनामा घाइते भएका सम्पूर्ण नागरिकहरूको निःशुल्क र प्रभावकारी उपचारको प्रबन्ध मिलाउन तथा मृतकका परिवारलाई तत्काल उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन म सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछु,’ एमाले अध्यक्ष ओलीले भन्नुभएको छ । शोक बक्तब्यको पूर्णपाठ मकवानपुरको भीमफेदीमा भएको दुःखद सवारी दुर्घटनामा परी १० जना नागरिकले अमूल्य ज्यान गुमाउनुपरेको हृदयविदारक घटनाले मलाई अत्यन्तै मर्माहत र स्तब्ध बनाएको छ । महान् पर्व छठ मनाउन उत्साहका साथ घर फर्किरहेका नागरिकहरूले अकालमै ज्यान गुमाउनुपरेको यस पिडादायी क्षणमा दिवङ्गत हुनुभएकाहरूप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।यस अकल्पनीय विपत्तिबाट शोकसन्तप्त सम्पूर्ण परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै दुर्घटनामा परी घाइते हुनुभएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । दुर्घटनामा घाइते भएका सम्पूर्ण नागरिकहरूको निःशुल्क र प्रभावकारी उपचारको प्रबन्ध मिलाउन तथा मृतकका परिवारलाई तत्काल उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन म सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछु । केपी शर्मा ओलीअध्यक्ष, नेकपा एमाले

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इटालीको समुद्रमा एकैपटक देखिए दुई जलभुमरी, आकाश र समुद्र जोडिएको अद्भुत दृश्य
PoliticsJust now

इटालीको समुद्रमा एकैपटक देखिए दुई जलभुमरी, आकाश र समुद्र जोडिएको अद्भुत दृश्य

इटालीको समुद्री तटमा एकैपटक दुईवटा जलभुमरी (वाटरस्पाउट) बनेको दुर्लभ दृश्य देखिएको छ । एक साताअघि इटालीको चर्चित पर्यटकीय टापु काप्री नजिकै समुद्रको सतहबाट आकाशतर्फ फैलिएका दुईवटा घुमाउरा हावाका स्तम्भ देखिएका हुन् । काप्री टापुनजिकै रहेका प्रसिद्ध फारालियोनी चट्टानी संरचनाको आसपास यो प्राकृतिक घटना देखिएको हो । समुद्रमाथि एकैपटक दुईवटा जलभुमरी बनेपछि त्यहाँको दृश्य निकै आकर्षक र अनौठो देखिएको थियो । सार्वजनिक भएको ...

फरकधार
दिल्लीमा एक वर्षमा २०० दिन विषाक्त हावा, काठमाडौं पनि प्रदूषणको चपेटामा
PoliticsJust now

दिल्लीमा एक वर्षमा २०० दिन विषाक्त हावा, काठमाडौं पनि प्रदूषणको चपेटामा

हावा नदेखिने भएकाले यसको खतरा पनि सजिलै देखिँदैन । तर मानिसले प्रत्येक क्षण लिइरहेको साससँगै शरीरभित्र प्रवेश गर्ने सूक्ष्म प्रदूषक कणले स्वास्थ्यमा दीर्घकालीन क्षति पुर्‍याइरहेका छन् । दक्षिण एसियाका प्रमुख सहरहरूको वायु गुणस्तरसम्बन्धी तथ्यांकले स्वच्छ हावामा सास फेर्न पाउनु नै चुनौती बन्दै गएको देखाएको छ । भारतको राजधानी नयाँदिल्लीमा वर्षका करिब २०० दिन वायु गुणस्तर स्वास्थ्यका लागि हानिकारक स्तरमा पुग्ने गरेको ...

फरकधार
मधेस प्रदेशसभा बैठक कात्तिक २८ गते आह्वान
PoliticsJust now

मधेस प्रदेशसभा बैठक कात्तिक २८ गते आह्वान

जनकपुरधाम – मधेस प्रदेशसभा बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई प्रदेशसभाबाट विश्वासको मत लिने प्रयोजनका लागि यही कात्तिक २८ गते दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरिएको मधेस प्रदेशका सभामुख रामअशिष यादवले जानकारी दिए । प्रदेशसभाको बैठक सञ्चालनका लागि भोलि कात्तिक २७ गते दिउँसो प्रदेशसभा अन्तर्गतको […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play