Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

नेपालले इस्टोनियाको डिजिटल शासन प्रणालीबाट सिक्ने, सहकार्य विस्तारबारे छलफल

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालले इस्टोनियाको डिजिटल शासन प्रणालीबाट सिक्ने, सहकार्य विस्तारबारे छलफल
Photo / Coverage: पर्दाफास

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र इस्टोनिया गणतन्त्रकी न्याय तथा डिजिटल मामिलामन्त्री लिजा पाकोस्टाबीच डिजिटल रूपान्तरण तथा विद्युतीय शासनका क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटियु) को विश्व दूरसञ्चार नीति मञ्च २०२६ मा सहभागी हुने क्रममा कतारको दोहामा भएको भेटवार्तामा दुवै मन्त्रीबीच डिजिटल सार्वजनिक पूर्वाधार, विद्युतीय शासन प्रणाली, डिजिटल रुपान्तरण, साइबर सुरक्षा तथा संस्थागत क्षमता अभिवृद्धिलगायतका क्षेत्रमा सहकार्य गर्ने सम्भावनाबारे छलफल भएको हो । भेटवार्तामा सञ्चारमन्त्री डा. तिमिल्सिनाले डिजिटल सुशासनका क्षेत्रमा इस्टोनियाले हासिल गरेको उपलब्धिको प्रशंसा गर्दै नेपालले त्यसबाट महत्वपूर्ण अनुभव र सिकाइ प्राप्त गर्न सक्ने बताए । सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री, प्रभावकारी, पारदर्शी तथा नागरिककेन्द्रित बनाउन इस्टोनियाले विकास गरेको प्रणाली नेपालका लागि उपयोगी हुन सक्ने उनको भनाइ थियो । डिजिटल शासन प्रणालीको सफल अभ्यास गर्ने अग्रणी मुलुकमध्ये इस्टोनियाले डिजिटल पहिचान, सुरक्षित तथ्याङ्क आदानप्रदान, विद्युतीय हस्ताक्षर तथा अनलाइन सार्वजनिक सेवा प्रणाली विकास गरेको छ । सरकारी कामकाजलाई कागजरहित बनाउँदै नागरिकलाई सहज र छरितो सेवा उपलब्ध गराउने इस्टोनियाको अनुभवबाट नेपालले लाभ लिन सक्ने सञ्चारमन्त्री डा. तिमिल्सिनाले उल्लेख गरे । उनले नेपाल र इस्टोनियाबीच डिजिटल सार्वजनिक पूर्वाधार, सरकारी सेवा प्रणालीको अन्तरआबद्धता, डिजिटल पहिचान, साइबर सुरक्षा तथा संस्थागत क्षमता विकासका क्षेत्रमा सहकार्य गर्न सकिने सम्भावना औँल्याए । इस्टोनियाको प्राविधिक ज्ञान, अनुभव र सफल अभ्यासको आदानप्रदानबाट नेपालको सार्वजनिक सेवा प्रवाहलाई थप डिजिटल, एकीकृत तथा नागरिकमैत्री बनाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । भेटवार्तामा सञ्चारमन्त्री डा. तिमिल्सिनाले डिजिटल प्रविधिको तीव्र विकाससँगै विश्वमा डिजिटल विभाजनको चुनौती थप जटिल बन्दै गएको विषय उठाए । परम्परागत रूपमा डिजिटल पहुँचमा रहेको असमानतासँगै कृत्रिम बौद्धिकता, उन्नत डिजिटल पूर्वाधार तथा नयाँ प्रविधिको पहुँच र प्रयोग गर्ने क्षमताका आधारमा समेत देशहरूबीच नयाँ प्रकारको डिजिटल असमानता सिर्जना हुन सक्ने उनले बताए । विकसित मुलुकहरूले डिजिटल प्रविधिमा हासिल गरेको ज्ञान, अनुभव तथा स्रोतबाट विकासोन्मुख र अल्पविकसित मुलुकहरूले पनि लाभ लिन सक्नुपर्नेमा जोड दिँदै उनले इस्टोनियाजस्ता डिजिटल क्षेत्रमा अग्रणी मुलुकहरूले अन्तर्राष्ट्रिय दूरसञ्चार संघमार्फत डिजिटल विभाजन न्यूनीकरण गर्न अझ सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे । प्रविधिको विकासबाट सिर्जना हुने अवसर विश्वका सबै देश र नागरिकले समान रूपमा उपयोग गर्न पाउने वातावरण निर्माण गर्नु अन्तर्राष्ट्रिय सहकार्यको साझा दायित्व भएको सञ्चारमन्त्री डा. तिमिल्सिनाले बताए । सो अवसरमा इस्टोनियाकी मन्त्री पाकोस्टाले नेपालसँग डिजिटल रूपान्तरण तथा विद्युतीय शासनका क्षेत्रमा पारस्परिक सहकार्य र साझेदारी अघि बढाउन प्रतिबद्धता व्यक्त गरे । इस्टोनियाले डिजिटल शासन प्रणाली विकासका क्रममा हासिल गरेको अनुभव र ज्ञान नेपालसँग आदानप्रदान गर्न सकिने उल्लेख गर्दै उनले दुवै देशबीच आपसी हितका क्षेत्रमा सहकार्यका पर्याप्त सम्भावना रहेको बताए । नेपाल र इस्टोनियाबीच डिजिटल रूपान्तरणका क्षेत्रमा सहकार्य विस्तार हुन सके सार्वजनिक सेवा प्रवाहको प्रभावकारिता अभिवृद्धि, सरकारी प्रक्रियामा पारदर्शिता, प्रशासनिक लागत तथा समयको बचत र नागरिकको सेवामा पहुँच विस्तारमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
देउसी–भैलोमा अश्लील नृत्य गरेको आरोपमा थप तीन पक्राउ
OthersJust now

देउसी–भैलोमा अश्लील नृत्य गरेको आरोपमा थप तीन पक्राउ

देउसी–भैलो कार्यक्रमका क्रममा सार्वजनिक स्थानमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले थप तीन जनालाई नियन्त्रणमा लिएको छ । ...

अनलाइन खबर
ट्रम्पले बाइडेनलाई भनेका थिए- राजनीति नभएको भए हामी असल साथी हुन्थ्यौं
OthersJust now

ट्रम्पले बाइडेनलाई भनेका थिए- राजनीति नभएको भए हामी असल साथी हुन्थ्यौं

अमेरिकी राजनीतिमा एक–अर्काका कट्टर प्रतिद्वन्द्वी मानिने राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वराष्ट्रपति जो बाइडेनबीच बन्द कोठाभित्र हुने संवाद सार्वजनिक छविभन्दा बिल्कुलै फरक रहने गरेको तथ्य बाहिरिएको छ । ...

अनलाइन खबर
तीन जिल्लाबाट लागूऔषध सहित पाँच जना पक्राउ
OthersJust now

तीन जिल्लाबाट लागूऔषध सहित पाँच जना पक्राउ

२६ कात्तिक, काठमाडौं । देशका विभिन्न तीन जिल्लाबाट अवैध लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । मोरङ, सुनसरी र बाँकेबाट लागूऔषधसहित ५ जना पक्राउ परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । मोरङको पथरी शनिश्चरे नगरपालिका–४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७५ ट्याब्लेट र स्पास्पेन ७५ ट्याब्लेट सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको… ...

अनलाइन खबर
देउसी-भैलोमा अश्लील नृत्य : रूपन्देही प्रहरीको हिरासतमा पुगे पाँचजना युवती
OthersJust now

देउसी-भैलोमा अश्लील नृत्य : रूपन्देही प्रहरीको हिरासतमा पुगे पाँचजना युवती

भैरहवा- देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देहीमा थप तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। यसअघि पक्राउ परेका दुई जनासहित त्यही आरोपमा नियन्त्रणमा लिइए थियो । अब पक्राउ पर्नेको संख्या पाँच पुगेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले बिहीबार सिद्धार्थनगर नगरपालिका–७, कान्छीबजारबाट तीन जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूमाथि […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play