Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

जुवातास खेलिरहेको अवस्थामा ४४ जना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
जुवातास खेलिरहेको अवस्थामा ४४ जना पक्राउ
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । प्रहरीले काठमाडौं र तनहुँबाट जुवातास खेलिरहेको अवस्थामा ४४ जनालाई नियन्त्रणमा लिएको छ । कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीस्थित कुशुम छ्याम्बा हाउस र होम स्टेमा जुवा (कौडा) खेलिरहेको अवस्थामा होम स्टेका सञ्चालक ३४ वर्षीय कुमार लामासमेत ३७ जनालाई आज प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीलाई रु पाँच लाख ७८ हजार ५५५ र १६ थान कौडासहित पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । यस्तै तनहुँको भिमाद नगरपालिका–६ रत्नचोकस्थित काठमाडौं मःम होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक ६६ वर्षीय लोकबहादुर श्रेष्ठसहित सात जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई रु एक लाख ५० हजार ५४० र चार बुक ताससहित पक्राउ गरेको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
उद्योगमन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडुबीच शिष्टाचार भेट
Latest NewsJust now

उद्योगमन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडुबीच शिष्टाचार भेट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतको आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुबीच आज भारतको विशाखापटनममा शिष्टाचार भेट भएको छ । विशाखापटनममा जारी सिआइआईको ३१औँ साझेदारी सम्मेलन, २०२६ मा सहभागी भएका मन्त्री साहले सम्मेलनलाई सम्बोधन गरेपछि मुख्यमन्त्री नायडुसँग भेट गरेका हुन् । भेटका क्रममा मन्त्री साहले नेपाल र आन्ध्र प्रदेशबीच द्विपक्षीय व्यापार अभिवृद्धि, लगानी प्रवर्द्धन तथा धार्मिक एवं ...

केन्द्रबिन्दु
भीमफेदी दुर्घटनाका मृतकका परिवारको उचित व्यवस्था सरकारले गर्नुपर्छ  – गुरुङ
Latest NewsJust now

भीमफेदी दुर्घटनाका मृतकका परिवारको उचित व्यवस्था सरकारले गर्नुपर्छ  – गुरुङ

गुरुङले मकवानपुरको भीमफेदीमा भएको विद्युतीय सवारीसाधन (ईभी) दुर्घटनामा १४ जनाको निधन भएको घटनाप्रति गहिरो दुःख व्यक्त ...

हाम्राकुरा
देउवा कांग्रेसको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ गते, पोखरा सभागृह बुक
Latest NewsJust now

देउवा कांग्रेसको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ गते, पोखरा सभागृह बुक

पोखरा ।आधिकारिकताको टुङ्गो लाग्न बाँकी छँदै नेपाली कांग्रेसमा दुवै पक्षले अधिवेशनलाई धमाधम अघि बढाइरहेका छन्। विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका गगनकुमार थापा नेतृत्वको कांग्रेसले वडा, प्रदेश निर्वाचन क्षेत्र र सङ्घीय निर्वाचन... ...

रातोपाटी
मन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडुबिच शिष्टाचार भेट
Latest NewsJust now

मन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडुबिच शिष्टाचार भेट

काठमाण्डु – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतको आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुबिच बिहीबार भारतको विशाखापटनममा शिष्टाचार भेट भएको छ । विशाखापटनममा जारी सीआईआईको ३१औँ साझेदारी सम्मेलन २०२६ मा सहभागी भएका मन्त्री साहले सम्मेलनलाई सम्बोधन गरेपछि मुख्यमन्त्री नायडुसँग भेट गरेका हुन् । भेटका क्रममा मन्त्री साहले नेपाल र आन्ध्र प्रदेशबिच द्विपक्षीय व्यापार […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play