Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

भीमफेदी इभी दुर्घटना अपडेट : ११ जना मृतकको पहिचान खुल्यो, ६ जना घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
भीमफेदी इभी दुर्घटना अपडेट : ११ जना मृतकको पहिचान खुल्यो, ६ जना घाइते
Photo / Coverage: टक्सार

काठमाडाैँ । मकवानपुरको भीमफेदी चिसापानीमा भएको इभी माइक्रोबस दुर्घटनामा ज्यान गुमाउनेमध्ये ११ जनाको पहिचान खुलेको छ । ज्यान गुमाउने चालकसहित ११ जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव काफ्लेका अनुसार दुर्घटनामा मृत्यु हुने सवारी चालक सर्लाही जिल्लाको कबिलासी गाउँपालिका–८ निवासी ३० वर्षीय रवि शंकर कुमार मण्डल रहेका छन् भने अन्य १० जना मृतक सबै सर्लाहीकै चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर टोलका बासिन्दा रहेको हुन् । दुर्घटनामा २६ वर्षीय बिकेश यादव, ३५ वर्षीया पुनम यादव र उनका तीन छोरीहरू क्रमशः १० वर्षीया अनु कुमारी यादव, ७ वर्षीया दिक्षा यादव र ५ वर्षीया दिपिका यादव रहेका छन् । यस्तै ३६ वर्षीय गुड्डु यादव र उनकी श्रीमती ३२ वर्षीया गायत्री देवी, २६ वर्षीय राम दुलार यादव, २५ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादवको पनि दुर्घटनामा ज्यान गएको प्रवक्ता काफ्लेले जानकारी दिए । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । विहान मधेश प्रदेश ०३-००१ ज ०८८० नम्बरको इभी माइक्रोबस दुर्घटना भएको थियो । दुर्घटनास्थलमा १० जनाको शब भेटिएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
परराष्ट्रमन्त्री खनालको अपिल : जलवायु कार्यको केन्द्रमा हिमाली मुद्दा राख्नुपर्छ
Latest NewsJust now

परराष्ट्रमन्त्री खनालको अपिल : जलवायु कार्यको केन्द्रमा हिमाली मुद्दा राख्नुपर्छ

टर्की – परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा बढ्दो जलवायु संकटको असर पर्वतीय क्षेत्रमा मात्र सीमित नरही विश्वव्यापी अर्थतन्त्र, पारिस्थितिकीय प्रणाली र मानव जीवनमा पर्ने भएकाले पर्वतीय लचिलोपनलाई विश्वव्यापी जलवायु कार्यको केन्द्रमा राख्नुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत बिहीबार आयोजित ‘पर्वतीय एजेन्डालाई अगाडि बढाउने: तापक्रमको सीमा नाघ्ने अवस्था, […] ...

काठमाण्डुपाटी
समर्थकसँग रमाए भारतीय पूर्वस्टार इरफान पठान [तस्बिरहरू]
Latest NewsJust now

समर्थकसँग रमाए भारतीय पूर्वस्टार इरफान पठान [तस्बिरहरू]

नेपाल प्रिमियर लिग (एनपिएल) को रोमाञ्चकता मैदानभित्र मात्र सीमित छैन, दर्शकदीर्घामा पनि उत्तिकै उत्साह देखिएको छ । यही उत्साहका बीच भारतीय क्रिकेटका पूर्वस्टार इरफान पठान बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान पुगेका छन् । यस संस्करणमा पोखरा एभेन्जर्सका ब्रान्ड एम्बेसडर रहेका पठान एनपीएलको खेल हेर्न मैदान पुगेका हुन् । उनी मैदान पुग्दा समर्थकहरूले उत्साहपूर्वक स्वागत गरेका थिए । पठानसँग तस्बिर खिचाउन र भेट्न ...

फरकधार
एनपीएलमा पोखरा पुछारमै, विराटनगरको प्लेअफ सम्भावना कायमै
Latest NewsJust now

एनपीएलमा पोखरा पुछारमै, विराटनगरको प्लेअफ सम्भावना कायमै

विराटनगरले पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको हो । १३३ रनको चुनौती विराटनगरले चार बल खेल्न बाँकी छँदै ६ विकेटको क्षतिमा पूरा गर्यो । ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play