Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

सन्दीपको उत्कृष्ट प्रदर्शनमा पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

Share:WhatsAppFacebookX (Twitter)Telegram
सन्दीपको उत्कृष्ट प्रदर्शनमा पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित
Photo / Coverage: नेपालन्युज

काठमाडौं।तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको जित निकालेको छ। आज सम्पन्न खेलमा पोखराले दिएको १३३ रनको सामान्य लक्ष्य विराटनगरले १९ दशमलव दुई ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो। खेलमा बसिर अहमदले ३७, लोकेश बमले ३३ र इमरान शेखले १० रनको योगदान दिए। अविजित रहेका इसुरु उडानाले २५ र शेहान जयसूर्याले १७ रन बनाए। पोखराका लागि बलिङतर्फ कुशल भुर्तेल र रमेश मेन्डिसले दुई–दुई तथा विपिन खत्री र धनन्जय लक्षणले एक–एक विकेट लिए। त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पोखरा १७ दशमलव पाँच ओभरमा १३२ रनमा अलआउट भयो। ओपनिङ ब्याटर युवराज सम्राले उत्कृष्ट पारी खेले। उनले ४७ बलमा सात चौका र पाँच छक्कासहित ८४ रनको पारी खेलेका हुन्। यस्तै, धनन्जय लक्षणले २२ र सनि बिकेले १२ रन जोडे। बाँकी ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्। विराटनगर किङ्सका लागि बलिङतर्फ कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे। उनले चार ओभरमा २७ रन दिएर सर्वाधिक ६ विकेट लिए। त्यसमा सन्दीपको ह्याट्रिक समावेश छ। यस्तै, एन्जेलो म्याथ्युज, चरिथ असलङ्का र रुपेश सिंहले एक–एक विकेट लिए। यो जितपछि विराटनगरको प्लेअफ सम्भावना जीवितै रहेको छ। उसले ६ खेल खेल्दा तीनमा जित र तीन खेलमा हारको सामना गरेको छ। आजको हारपछि पोखरा प्लेअफ दौडबाट बाहिरिएको छ। उसले ६ खेलमध्ये पाँचमा पराजय र एक खेलमा मात्र जित निकालेको छ। आजै हुने अर्को खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स आमनेसामने हुने तालिका छ। खेल साँझ ५ः०० बजेदेखि सुरु हुनेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लागुऔषधसहित ५ जना पक्राउ
Latest NewsJust now

लागुऔषधसहित ५ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ५ जना पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार मोरङको पथरीशनिश्चरे नगरपालिका–४ बाट दुई, सुनसरीको बराहक्षेत्र नगरपालिका–७... ...

रातोपाटी
छठ पर्वका लागि जनकपुरधामका पोखरी तथा घाट सिँगारिँदै
Latest NewsJust now

छठ पर्वका लागि जनकपुरधामका पोखरी तथा घाट सिँगारिँदै

काठमाडौँ । छठ पर्व नजिकिएसँगै जनकपुरधामसहित तराईका विभिन्न क्षेत्रमा पोखरी, तालतलैया तथा नदी किनारका घाटहरू सिँगार्न थालिएको छ । छठ पर्वको मुख्य केन्द्र मानिने जनकपुरधामका विभिन्न पोखरीमा सरसफाइ, सजावट तथा व्यवस्थापनका काम तीव्र पारिएको हो । जनकपुरधामस्थित गंगासागर पोखरीमा पनि छठ पूजाको तयारी अन्तिम चरणमा पुगेको छ । गंगासागरको धार्मिक तथा पर्यटकीय महत्वलाई ध्यानमा राख्दै छठ पूजा तयारी समिति र स्थानीय युवाहरू ...

कर्पोरट खबर
सिम्ले-चतरा मोटरबोट बन्द, जीर्ण झोलुङ्गे पुलबाट आउजाउ
Latest NewsJust now

सिम्ले-चतरा मोटरबोट बन्द, जीर्ण झोलुङ्गे पुलबाट आउजाउ

सप्तकोशीमा तीन जनाको ज्यान जानेगरी मोटरबोट दुर्घटना भएपछि जल यातायात बन्द हुँदा सहिदभूमिका बासिन्दा २०२६ सालमा बनेको जीर्ण पुलमा निर्भर छन्। ...

कान्तिपुर
सिँचाइ योजना निर्माण गर्न स्थानीय जुटे श्रमदानमा
Latest NewsJust now

सिँचाइ योजना निर्माण गर्न स्थानीय जुटे श्रमदानमा

राजन रावतहुम्ला, कात्तिक २६ गते । जनश्रमदानबाट काम विरलै हुने हुम्ला जिल्लामा यतिबेला भने चङ्खेली गाउँपालिका अध्यक्षसहित वडा २ का बासिन्दाहरु मिलेर रातापया सिँचाइ निर्माण गर्न जनश्... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play