Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबीच हैदराबाद हाउसमा उच्चस्तरीय भेटवार्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबीच हैदराबाद हाउसमा उच्चस्तरीय भेटवार्ता
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, मंसिर ७ । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा उच्चस्तरीय भेटवार्ता सुरु भएको छ। प्रधानमन्त्री शाहको भारत भ्रमणको दोस्रो दिन सोमबार दुई देशबीचको आपसी सम्बन्ध, सहकार्य तथा द्विपक्षीय हितका विषयमा छलफल भइरहेको छ। भेटवार्तापछि दिउँसो १२ः२५ बजे हैदराबाद हाउसमै दुवै देशबीच विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान गर्ने तथा संयुक्त प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम तय भएको छ। यसअघि सोमबार बिहान प्रधानमन्त्री शाहलाई नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिएको थियो। त्यसलगत्तै उहाँले राजघाट पुगेर महात्मा गान्धीप्रति पुष्पहार अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो। भ्रमणको कार्यतालिकाअनुसार प्रधानमन्त्री शाहले दिउँसो ३ः१५ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग राष्ट्रपति भवनमा शिष्टाचार भेटवार्ता गर्नुहुनेछ। भारत भ्रमणका क्रममा तय भएका उच्चस्तरीय भेटवार्ता तथा अन्य कूटनीतिक कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री शाह अपराह्न ४ः५० बजे स्वदेश फर्कनका लागि भारतबाट प्रस्थान गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाह आइतबार भारत पुग्नुभएको थियो। भ्रमणको पहिलो दिन उहाँले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गर्नुभएको थियो। प्रधानमन्त्री शाहको यस राजकीय भ्रमणलाई नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी हित र सहकार्यका नयाँ सम्भावना पहिचान गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
​चिसो बढेसँगै मंगल बजारमा न्यानो कपडा किन्नेको चहलपहल [तस्बिरहरू]
PoliticsJust now

​चिसो बढेसँगै मंगल बजारमा न्यानो कपडा किन्नेको चहलपहल [तस्बिरहरू]

उपत्यकामा चिसो बढ्न थालेसँगै ललितपुरको व्यापारिक केन्द्र मंगल बजारमा जाडोका कपडा किन्ने सर्वसाधारणको चहलपहल बाक्लिएको छ । बिहानैदेखि साँझसम्मै मंगल बजार र आसपासका गल्लीहरूमा रहेका कपडा पसलहरूमा ग्राहकको भीडभाड देखिन थालेको हो ।  ...

फरकधार
दानबहादुर कार्कीको रिटमाथिको सुनुवाइ स्थगित, म्याद तामेली नहुँदा सर्वोच्चको प्रक्रिया अघि बढेन
PoliticsJust now

दानबहादुर कार्कीको रिटमाथिको सुनुवाइ स्थगित, म्याद तामेली नहुँदा सर्वोच्चको प्रक्रिया अघि बढेन

काठमाडौं, मंसिर ७ । प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गर्नुभएको रिटमाथि सर्वोच्च अदालतमा आजका लागि तोकिएको सुनुवाइ स्थगित भएको छ । मुद्दामा विपक्षी बनाइनुभएका नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीलाई म्याद तामेली हुन बाँकी रहेकाले सुनुवाइ स्थगित भएको हो । यसअघि सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक डा. केसीका नाममा म्याद जारी गरी बुझाउन पठाएको थियो । तर, उहाँको पद प्रहरी अतिरिक्त ...

जनताटाइम्स
नयाँदिल्लीमा बालेन-मोदी भेट [तस्बिरहरू]
PoliticsJust now

नयाँदिल्लीमा बालेन-मोदी भेट [तस्बिरहरू]

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि नयाँदिल्ली पुगेका प्रधानमन्त्री बालेन्द्र शाहलाई आज बिहान राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिएको छ। भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रपति भवन परिसरमा प्रधानमन्त्री शाहलाई स्वागत गरेका हुन्। सो अवसरमा भारतीय सेनाको एक टुकडीले प्रधानमन्त्री शाहको सम्मानमा ‘गार्ड अफ अनर’ अर्पण गरेको थियो। प्रधानमन्त्री शाहले सम्मान गारदको निरीक्षणसमेत गरेका छन्।   ...

फरकधार
लमजुङ पुगे प्रचण्ड, स्थानीय र पार्टी कार्यकर्ताद्वारा स्वागत
PoliticsJust now

लमजुङ पुगे प्रचण्ड, स्थानीय र पार्टी कार्यकर्ताद्वारा स्वागत

नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज लमजुङ पुगेका छन् । पार्टीका सल्लाहकार एवं सहकर्मी पूर्णबहादुर गुरुङको निधनपछि आयोजित श्रद्धाञ्जली सभामा सहभागी हुन प्रचण्ड क्व्होलासोथार गाउँपालिका–सानो काभ्रे पुगेका हुन् । चितवन र गोरखा हुँदै लमजुङ प्रवेश गरेका उनलाई राइनास नगरपालिका–१ मा स्थानीय बासिन्दा तथा पार्टीका नेता–कार्यकर्ताले स्वागत गरेका थिए । यसअघि उनलाई चितवनको भरतपुर, तनहुँको आँबुखैरेनी तथा गोरखाको बाह्रकिलो ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement