काठमाडौं, मंसिर ७ । प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गर्नुभएको रिटमाथि सर्वोच्च अदालतमा आजका लागि तोकिएको सुनुवाइ स्थगित भएको छ । मुद्दामा विपक्षी बनाइनुभएका नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीलाई म्याद तामेली हुन बाँकी रहेकाले सुनुवाइ स्थगित भएको हो । यसअघि सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक डा. केसीका नाममा म्याद जारी गरी बुझाउन पठाएको थियो । तर, उहाँको पद प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रहेको भन्दै प्रहरी प्रधान कार्यालयले म्याद बुझ्न अस्वीकार गरेको थियो । त्यसपछि रिट निवेदक कार्कीले नै सर्वोच्च अदालतमा अर्को निवेदन पेस गर्नुभएको थियो । सोही निवेदनका आधारमा डा. केसी प्रहरी महानिरीक्षक पदमा नियुक्त भइसक्नुभएको उल्लेख गर्दै सर्वोच्च अदालतले निवेदन तथा आदेशमा आवश्यक संशोधन गरेको थियो । तर, संशोधनपछि पनि विपक्षीका नाममा म्याद तामेलीको प्रक्रिया पूरा नभएकाले आजका लागि निर्धारित सुनुवाइ अघि बढ्न नसकेको हो ।
दानबहादुर कार्कीको रिटमाथिको सुनुवाइ स्थगित, म्याद तामेली नहुँदा सर्वोच्चको प्रक्रिया अघि बढेन

Read Complete Original Article
Published originally on जनताटाइम्स


![चिसो बढेसँगै मंगल बजारमा न्यानो कपडा किन्नेको चहलपहल [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-18_f4cf4ae7_1hge2cHfV0.jpg)
![नयाँदिल्लीमा बालेन-मोदी भेट [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/balen_modi_13_sJgFlg0S4m.jpg)


