भारतीय इतिहासकै ठूलो आईपीओ ल्याउँदै जियो
भारतीय डिजिटल तथा दूरसञ्चार कम्पनी जियोले सार्वजनिक सेयर निष्कासन प्रक्रिया अघि बढाएको छ । रिलायन्स इन्डस्ट्रिज लिमिटेडको सहायक कम्पनी जियोले बुधबारदेखि तीन खर्ब दुई अर्ब भारतीय रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नेछ । यो भारतीय इतिहासकै सबैभन्दा ठूलो सेयर निष्कास रहेको बताइएको छ। अहिले भारतीय सेयर बजारमा मन्दीको वातावरण छ । नेशनल स्टक एक्सचेन्जले यसअघि २.४ अर्ब डलरको आईपीओ निष्कासन गरेको थियो । त्यसको एक महिनाको अवधिमा जियोको मेगा आईपीओ आएको हो । केजरीवाल रिसर्च एन्ड इन्भेस्टमेन्ट सर्भिसेजका अरुण केजरीवालले सेयर बजार सुस्त रहेको बताए । । आकर्षक मूल्यांकन तथा विस्तारयोग्य प्रविधि व्यवसायप्रतिको आकर्षणका कारण संस्थागत र सर्वसाधारण लगानीकर्ताहरू आईपीओतर्फ आकर्षित भएको उनको भनाइ छ । सूचीकृत कम्पनीहरूको तुलनामा आईपीओको मूल्य-आम्दानी अनुपात व्यवस्थित गरिएकाले यो लगानीकर्ताका लागि आकर्षक बनेको उनले बताए। शुक्रबार बन्द हुने यस आईपीओका लागि जियो प्लेटफर्म्सले प्रतिशेयर १,०६५ देखि १,११९ भारतीय रुपैयाँसम्मको मूल्य तय गरेको छ। भारतको प्रमुख सेयर सूचकांक ‘निफ्टी ५०’ मा यस वर्ष १२ प्रतिशतभन्दा बढीको गिरावट आइरहेका बेला यो सेयर निष्कासन भएको हो। आईपीओ खुल्नु अगावै सोमबार संस्थागत लगानीकर्ताहरूले आफ्ना लागि सुरक्षित गरिएको कोटाभन्दा ३० गुणा बढी अर्थात् ३.२ अर्ब डलर बराबरको आवेदन दिएका छन् । भारतीय लगानीकर्ताहरूले रिलायन्स समूहका कम्पनीहरूलाई लामो समयदेखि सम्पत्ति सिर्जना गर्ने कम्पनीका रूपमा हेर्दै आएका छन्। संस्थापक धिरुभाई अम्बानीले सेयरधनीहरूलाई “रिलायन्स परिवार” को रूपमा सम्बोधन गर्ने परम्परा बसालेका थिए,जसले कम्पनीप्रति लगानीकर्ताको उच्च विश्वास कायम राखेको छ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो
विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय सर्वसाधरणले टीका, जमरा तथा प्रसाद ग्रहण गरेका छन् । विजयादशमीको अवसरमा भक्तपुरको तलेजुमा जिवित देवीको रूपमा पुजिँदै आएको एकान्त कुमारी लुनिभा बज्राचायले सबैभन्दा पहिला साइतको टीका लगाएकी थिइन् । त्यसपछि कुमारीको हातबाट तलेजुका मूल पुजारी, नाइके, जोशी, कर्माचार्य, गुरु तथा पुरोहितले साइतको टीका लगाएको यसअघिका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए । यसरी ...

भारतमा प्रदर्शनकारीमाथि भएको प्रहरी कारबाहीप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता
४ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसङ्घले भारतमा हालैका महिनाहरूमा भएका प्रदर्शनहरूमा प्रहरीको कडा कारबाहीलाई लिएर चिन्ता व्यक्त गरेको छ। संयुक्त राष्ट्रसङ्घीय मानवाधिकार उच्चायुक्तको कार्यालयले भारतीय अधिकारीहरूलाई शान्तिपूर्ण प्रदर्शनको अधिकारको सम्मान गर्न र रक्षा गर्न आग्रह गरेको छ। त्यसैगरी उसले मानवाधिकार उल्लङ्घनका घटनाहरूमा न्याय सुनिश्चित गर्न पनि भनेको छ। संयुक्त राष्ट्रसङ्घका विज्ञहरूले भारतीय अधिकारीहरूलाई यसअघि पनि… ...

एनपीएलका सबै खेललाई लिस्ट ए टी-२० मान्यता
४ कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का सबै खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यता पाएका छन् । क्यानले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । 'आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने… ...

काठमाडौं उपत्यकाका सडकमा बढ्न थाल्यो सवारी चाप
४ कात्तिक, काठमाडौं । मान्यजनबाट विजया दशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गर्न हिँड्ने सर्वसाधारणको चहलपहल बढेसँगै काठमाडौं उपत्यकाका सडकमा सवारी चाप बढ्न थालेको छ। बडादसैँको फूलपाती, अष्टमी र नवमीको तुलनामा आज टीकाको शुभसाइतपछि सडकमा सवारी साधनको सङ्ख्या बढेको छ। सार्वजनिक यातायातमा यात्रुको चाप बढेसँगै भीडभाड पनि देखिन थालेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय… ...


