भारतले प्रक्षेपण गर्यो नयाँ नेभिगेसन उपग्रह, स्वदेशी प्रणाली थप बलियो बनाउने लक्ष्य

नयाँदिल्ली । भारतले आफ्नो स्वतन्त्र नेभिगेसन प्रणाली ‘नेभिगेसन विथ इन्डियन कन्स्टेलेसन’ (नाभिक) लाई सुदृढ पार्ने उद्देश्यले शुक्रबार राति नयाँ पुस्ताको नेभिगेसन उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अनुसार ‘एनभीएस–०३’ नामक उपग्रहलाई जीएसएलभी–एफ१८ रकेटमार्फत आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट स्थानीय समयअनुसार शुक्रबार राति ११ः५१ बजे प्रक्षेपण गरिएको हो । इसरोले सामाजिक सञ्जाल एक्समा लेखेको छ, “जीएसएलभी–एफ१८ ले एनभीएस–०३ लाई सफलतापूर्वक निर्धारित कक्षमा स्थापित गरेको छ ।” भारतका विज्ञान तथा प्रविधिमन्त्री जितेन्द्र सिंहले यस सफलताका लागि इसरोका वैज्ञानिकहरूलाई बधाई दिँदै यसले अन्तरिक्ष प्रविधिमा भारतको बढ्दो क्षमता र स्वदेशी नेभिगेसन प्रणालीलाई सुदृढ पार्ने प्रतिबद्धता झल्काएको बताएका छन् । इसरोका अनुसार जीएसएलभी–एफ१८ भारतको भूस्थिर उपग्रह प्रक्षेपण यान (जीएसएलभी) को २०औँ उडान हो । नयाँ पुस्ताको नेभिगेसन उपग्रह शृङ्खलाअन्तर्गतको तेस्रो उपग्रह एनभीएस–०३ ले भारतीय क्षेत्रीय नेभिगेसन उपग्रह प्रणाली (आईआरएनएसएस) अन्तर्गत प्रदान गरिने नेभिगेसन सेवाको निरन्तरता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनशिप सुरु
नेपालगन्ज स्वीमिङ क्लबको आयोजनामा नबिल बैंक तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनशिप नेपालगन्जमा सुरु भएको छ। नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त विष्टले शनिबार प्रतियोगिताको उद्घाटन गरेका छन्। मेयर विष्टले खेलकुदको विकासका लागि उपमहानगरपालिका प्रतिबद्ध रहेको बताए। दुई दिने प्रतियोगिताको पहिलो दिन शनिबार दिउंसो ३ बजेसम्म १७ वटा इभेन्ट स... ...

जनताको चासोका विषय छाडेर आफ्नै अस्तित्व रक्षाको चिन्तामा नेपालको राजनीति
• नेपालमा प्रजातन्त्रका लागि भएका आन्दोलन र विद्रोहहरूले विभिन्न दल र नेताहरूलाई सत्तामा ल्याए तर अहिलेका नेताहरू जनचासोभन्दा आफ्नो अस्तित्वको रक्षा गर्नमा केन्द्रित छन्। • जनताले जीवनमा परिवर्तन, रोजगारी सिर्जना, र गुणस्तरीय शिक्षा जस्ता आवश्यकताहरूको पूर्तिका लागि नेताहरूलाई गम्भीरता अपनाउन आग्रह गरेका छन्। • सबै दलका नेताहरूको ध्यान आफ्ना शक्ति र साखमा मात्र रहेकोले जनताका समस्याहरूको समाधान गर्न कठिनाइ भइरहेको ...

जनताको स्वास्थ्यमाथि व्यवसायीले खेलबाड गर्नुहुँदैन : मनिता जोशी
कान्तिपुरसँगको अन्तर्वार्तामा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकी सहसचिव मतिना जोशीले खेतबारी र गोठदेखि प्रशोधन, भण्डारण, ढुवानी हुँदै उपभोक्ताको भान्सासम्मै खाद्य स्वच्छता कायम हुनुपर्ने र यसका लागि किसान, व्यवसायी, नियमनकारी निकाय र उपभोक्ता सबै उत्तिकै जिम्मेवार बन्नुपर्ने बताएकी छन् । ...

रशिलाले जितिन् ‘कोलोन ट्रेल रन’
ट्रेल रनर रशिला तामाङले ‘कोलोन ट्रेल रन’ महिलातर्फको उपाधि जितेकी छन्। भुटानमा भएको प्रतियोगितामा उनले निर्धारित ४२ किलोमिटर दौड सात घण्टा ११ मिनेट २६ सेकेन्डमा पूरा गरिन्। उपाधि जितेकोमा उनले खुशी व्यक्त गरिन्। यो विधामा बेल्जियमकी भान्या नप्स सात घण्टा १८ मिनेट १७ सेकेन्ड समयसहित दोस्रो भइन्। भुटानकी सांगे छोदेन तेस्रो स्थानमा रहिन्।&n... ...


