भारतमा चक्रवात अर्नबको वितण्डा, आन्ध्र प्रदेशमा तीन जनाको मृत्यु

काठमाडौं । भारतको पूर्वी तटीय क्षेत्रमा चक्रवात अर्नबले ठूलो क्षति पुर्याएको छ। चक्रवातका कारण आन्ध्र प्रदेशमा तीन जनाको मृत्यु भएको छ भने ३१ घरमा क्षति पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यसको प्रभाव ओडिशा र झारखण्डमा समेत परेको छ। बुधबार बिहान चक्रवात अर्नब आन्ध्र प्रदेशको काकीनाडा र पुडुचेरीको यानम क्षेत्रबीचको तटीय भूभागमा प्रवेश गरेको थियो। चक्रवातका कारण तटीय क्षेत्रमा जनजीवन प्रभावित हुनुका साथै सयौँ रूख तथा विद्युत्का पोल ढलेका छन्। राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ) का महानिरीक्षक नरेन्द्र सिंह बुन्देलाका अनुसार आन्ध्र प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ। आन्ध्र प्रदेशको उत्तरी भाग र ओडिशाको दक्षिणी क्षेत्र बढी प्रभावित भएका छन्। दुवै राज्यमा उद्धार तथा विपद् व्यवस्थापन टोलीलाई तयारी अवस्थामा राखिएको छ। भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार चक्रवात जमिनमा प्रवेश गर्ने क्रममा हावाको अधिकतम गति प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरसम्म पुगेको थियो। बुधबार बिहान ८ः३० बजेसम्ममा यसको तीव्रता घटेर गम्भीर चक्रवाती आँधीमा सीमित भएको थियो। आगामी समयमा यो थप कमजोर हुँदै जाने अनुमान गरिएको छ। चक्रवातको सम्भावित प्रभावलाई ध्यानमा राख्दै ओडिशा सरकारले ३० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेको छ। राज्यको दक्षिणी क्षेत्रमा उच्च सतर्कता अपनाउँदै जोखिमयुक्त बस्तीका बासिन्दालाई राहत शिविरमा स्थानान्तरण गरिएको छ। गंजम, गजपति, रायगडा, कोरापुट, मलकानगिरी र नबरंगपुर जिल्लामा विशेष निगरानी बढाइएको छ। तल्लो भूभाग तथा पहिरोको जोखिम भएका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन्। आईएमडीले मलकानगिरी, कोरापुट, नबरंगपुर, रायगडा, गजपति र कालाहांडी जिल्लामा भारीदेखि अति भारी वर्षाको चेतावनी दिँदै रेड अलर्ट जारी गरेको छ। ती क्षेत्रमा प्रतिघण्टा ६० देखि ८० किलोमिटरसम्मको हावा चल्न सक्ने अनुमान गरिएको छ। लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा पहिरोको जोखिमसमेत बढेको छ। चक्रवातको प्रभाव झारखण्डमा समेत देखिएको छ। राजधानी राँचीसहित विभिन्न जिल्लामा बुधबार बिहानदेखि वर्षा भइरहेको छ। मौसम विभागले राँची, खुन्टी, सिमडेगा, गुम्ला, लोहरदगा, बोकारो, सरायकेला–खरसावाँ तथा पूर्वी र पश्चिम सिंहभूम जिल्लामा भारी वर्षाको चेतावनी दिएको छ। वर्षा र चिसो हावाका कारण झारखण्डको तापक्रम तीनदेखि चार डिग्री सेल्सियससम्म घट्न सक्ने अनुमान गरिएको छ। सावधानीका रूपमा राँची र लोहरदगा जिल्लामा अक्टोबर २८ र २९ का लागि कक्षा १२ सम्मका विद्यालयको पठनपाठन स्थगित गरिएको छ। चक्रवातका कारण विशाखापट्टनम, विजयवाडा र राजमुन्द्री विमानस्थलबाट हुने हवाई उडानसमेत प्रभावित भएका छन्। विभिन्न एयरलाइन्सले केही उडान रद्द गरेका छन् भने केही उडान ढिला भएका छन्। भारतको नागरिक उड्डयन मन्त्रालयले यात्रुलाई विमानस्थल जानुअघि आफ्नो उडानको अवस्था जाँच गर्न आग्रह गरेको छ। उडान रद्द वा ढिलाइ भएमा पुनः बुकिङ तथा टिकट रकम फिर्तासम्बन्धी जानकारी उपलब्ध गराउन एयरलाइन्सलाई निर्देशन दिइएको छ। चक्रवात कमजोर हुँदै गए पनि आन्ध्र प्रदेश, ओडिशा र झारखण्डका प्रभावित क्षेत्रमा भारी वर्षा तथा तीव्र हावाको जोखिम कायमै रहेकाले उद्धार टोली र सम्बन्धित निकायलाई सतर्क अवस्थामा राखिएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

विराटनगरका ६९ वर्षीय व्यापारीको हत्या आरोपमा तीन जना पक्राउ
विराटनगर । विराटनगरमा लामो समयदेखि व्यापार गर्दै आएका ६९ वर्षीय लालजी प्रसाद गुप्ताको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मुख्य अभियुक्त विराटनगर महानगरपालिका–६ स्वागत चोकका ३६ वर्षीय अफरोज आलम र शव व्यवस्थापनमा सहयोग गरेको आरोप लागेका दुई जना नाबालक छन्। पक्राउ परेका आलम विराटनगर–६ महावीर चोकमा हार्डवेयर गोदाम सञ्चालन गर्दै आएका थिए। प्रहरीले घटनामा संलग्न भएको आरोपमा ...

अमेरिकन संस्था पिस कोर र मधेश कृषि विश्वविद्यालयबीच शैक्षिक सम्झौता
विश्वविद्यालयका उपकुलपति डा. वैधनाथ महतो र कोरका तर्फबाट नेपालका राष्ट्रिय निर्देशक डा. किम नजबुल्लाले सम्झौतापत्रमा बुधाबार हस्ताक्षर गरेका हुन् । ...

विज्ञापनमा विभेद रोक्ने फैसला अविलम्ब कार्यान्वयन गर्न निर्देशन
सर्वाेच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले सरकारी विज्ञापनमा विभेदविरुद्धको फैसला ‘अविलम्ब कार्यान्वयन गर्न’ सरकारलाई निर्देशन दिएको छ। सर्वाेच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले सो फैसला अविलम्ब कार्यान्वयन गरी कार्यान्वयनको जानकारी निर्देशनालयलाई गराउन पनि पत्रमा भनिएको छ। असार ३० को फैसला कार्यान्वयनको माग गर्दै दायर गरिएको निवेदनउपरको कार... ...
.jpg)
बाँकेमा कालानमक धानको संरक्षण गरिँदै
बाँके, कात्तिक ११ गते । सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालिएको छ । परम्परागत कालानमक धानको जात हराउँदै गएको भन्दै यहाँका किसानले जिल्लाका कतिपय स्थानम... ...


