भर्याङ चढेर कैदी भागेपछि …

कास्की।कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरमा कास्की कारागारमा जन्मकैदको सजाय व्यतित गरिरहेका कैदी भागेको घटनाले कारागारको सुरक्षा व्यवस्थामाथि प्रश्न उब्जिएको छ। गत असोज ३१ गते राति २ः०० बजेतिर पोखरा महानगरपालिका–१८ खपौदीका ३७ वर्षीय कैदी सन्तोष जलारी बिजुली मर्मतका लागि कारागारमा लगिएको भर्याङ चढेर भागेका थिए। कारागारबाट फरार जलारीलाई प्रहरीले कात्तिक ३ गते पोखराकै एक होटलबाट पक्राउ गरेको थियो। जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले कैदी जलारी योजनाबद्ध रुपमा भागेको बताए। “बिजुली मर्मतका लागि राखिएको भर्याङ चढेर भागेको पाइएको छ, एक महिनादेखि कारागारबाट भाग्ने योजना बनाएको अनुसन्धानका क्रममा जलारीले बताएका छन्”, उनले भने। जलारीले कारागारभित्र पसल समेत चलाएर बस्ने गरेको प्रहरी उपरीक्षक कार्कीले बताए। कारागारको सुरक्षार्थ खटिएको प्रहरी र कैदीका नाइकेको प्रयाप्त ध्यान नपुग्दा जलारी भाग्न सफल भएको उनको भनाइ छ। “भोलि पनि बिजुली मर्मत गर्नुपर्छ भनेर उनले भर्याङ आफ्नै पसल भएको ठाउँमा राखेको र मध्यरातमा भागेको पाइएको छ”, प्रहरी उपरीक्षक कार्कीले भने, “उनले नाइके र अरु कैदीलाई पनि झुक्काएर भागेको देखिन्छ।” कारागारबाट यसरी कैदी भागेका घटना बिरलै हुने गरेको भन्दै उनले कारागारको सुरक्षा संवेदनशीलतामा विशेष रुपले ध्यान यस घटनाले सम्बद्ध पक्षलाई झकझक्याएको बताए। कारागारका जेलर घनश्याम गौतमले भोलिपल्ट बिहान मात्र कैदी गणनाका क्रममा जलारी भागेको थाहा भएको बताए। कैदी भागेको घटनापछि कारागारको सुरक्षा व्यवस्थालाई लिएर प्रश्न र चासो व्यक्त हुनु स्वभाविक भएको उनको भनाइ छ। भागेका कैदी जलारी प्रहरीको सक्रियतामा दुई दिनमै नियन्त्रणमा आएको जेलर गौतमले बताए। गण्डकी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले जलारीलाई पक्राउ गरेको थियो। उनीमाथि कारागार ऐनसम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताए। “ज्यान र डाँका मुद्दामा २५ वर्ष कैद सजाय पहिलेकै छ, पछिल्लो मुद्दामा थप पाँच वर्ष जेल सजाय हुन सक्छ”, उनले भने।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

मेची करिडोरको बेलासे-गोलाखर्क सडकको ठेक्का सम्झौता रद्द
इलाम । मेची करिडोरअन्तर्गत केचना–कञ्चनजङ्घा सडकको बेलासे–गोलाखर्क भञ्ज्याङ खण्डको ९.५ किलोमिटर सडक स्तरोन्नति गर्ने ठेक्का सम्झौता रद्द गरिएको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार २७ करोड २२ लाख लागतको उक्त आयोजना २०८० पुस २९ गतेभित्र सम्पन्न गर्नुपर्ने थियो। तर, पटकपटक म्याद थप गर्दा पनि आयोजनाको भौतिक प्रगति ४७ प्रतिशतमा सीमित भएपछि ठेक्का सम्झौता रद्द गरिएको […] ...
_oZTenBq27k.jpg)
फाइल घुमाउने प्रवृत्तिको अन्त्य : छ महिनाभित्र सबै सरकारी निकायमा डिजिटल प्रणाली लागू हुने
काठमाडौँ । सरकारी कार्यालयमा फाइल घुमाउने प्रवृत्ति अन्त्य गरी निर्णय प्रक्रिया छिटो, पारदर्शी र जवाफदेही बनाउन सरकारले ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण र डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३’ कार्यान्वयनमा ल्याएको छ। नियमावलीले निर्णय... ...

कृषि अनुदान दिलाउने प्रलोभनमा ५ करोड ८० लाख ठगी गर्ने दुई जना सीआईबीको फन्दामा
काठमाडौं । सिंहदरबारस्थित विभिन्न मन्त्रालयका कर्मचारीहरूसँग आफ्नो राम्रो चिनजान रहेको भन्दै कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने प्रलोभन देखाएर ५ करोड ८० लाख रुपैयाँ ठगी गर्ने दुई जनालाई नेपाल प्रहरीको... ...
![बढ्यो काठमाडौँमा चिसो, चक्रवात ‘अर्नब’को प्रभावले आकाश धुम्म [फोटोफिचर]](https://hamrakura.com/uploads/news/images/cold-kathmandu-83-7-12%20(1).jpg)
बढ्यो काठमाडौँमा चिसो, चक्रवात ‘अर्नब’को प्रभावले आकाश धुम्म [फोटोफिचर]
छिमेकी मुलुक भारतमा सक्रिय चक्रवात ‘अर्नब’ को प्रभावका कारण नेपालको मौसममा बदली भई वर्षा र हिमपातको सम्भावना बढेको छ । ...


