भक्तपुरमा मोहनी नखःको रौनक

भक्तपुर।भक्तपुरका नेवार समुदायले आज मोहनी नखः उल्लासमय रूपमा मनाएका छन्। विजयादशमीका दिन मान्यजनको हातबाट मोहनी सिःनं अर्थात् कालो टीका, रातो टीका र जमरा ग्रहण गरी उनीहरूले मोहनी नखः मनाएका हुन्। यहाँका नेवार समुदायले नवदुर्गा भवानीको पूजा गर्ने क्रममा महानवमीका दिन घरघरमा पालामा दियो बालेर त्यसलाई अर्को पालाले छोप्ने गर्छन्। यसरी जम्मा भएको कालो ध्वाँसोलाई मोहनी सिःनं अर्थात् कालो टीकाका रूपमा प्रयोग गरिन्छ। विजयादशमीका दिन बल र विजयको प्रतीकका रूपमा रातो अक्षता, जमरा र निधारको बीचमा मोहनी सिःनं अर्थात् कालो टीका लगाएर मोहनी नखः मनाउने परम्परा रहेको भक्तपुरका संस्कृतिकर्मी प्रकाश कायस्थले बताए। असत्यमाथि सत्यको विजयको उत्सवका रूपमा लिइने यस दिन त्रिपुरासुन्दरी भगवती प्रकट भई महिषासुर दैत्यलाई मोहनी लगाएर लठ्याई वध गरेको मान्यता रहेको उनले जानकारी दिए। मोहनी सिःनंलाई तान्त्रिक तथा मोहनी शक्तिको प्रतीकका रूपमा लिने परम्परा छ। आज बिहान टीकाको शुभसाइतमा घरघरमा कालो टीका लगाएपछि पूजासामग्री लिएर ब्रह्मायणी मन्दिरमा दर्शन गर्न जाने चलन छ। यही परम्पराअनुसार आज दिनभर र रातिसम्म भक्तपुरको ब्रह्मायणी मन्दिरमा भव्य मेला लागेको छ। ब्रह्मायणी मन्दिरमा हजारौं दर्शनार्थीले बाजागाजासहित शक्तिपीठका रूपमा पूजिने ब्रह्मायणी देवीको पूजा तथा दर्शन गर्ने गरेको कायस्थले बताए। नेवार समुदायले कालो टीकालाई धार्मिक, सांस्कृतिक र तान्त्रिक शक्तिको प्रतीकका रूपमा ग्रहण गर्ने गरेको उनले जानकारी दिए। आज मध्यराति तलेजुमा खड्ग जात्रा सम्पन्न भएपछि मात्रै मोहनी नखः समापन हुने उनले बताए। राति ब्रह्मायणीबाट नवदुर्गा देवगण तलेजु पुगेर नवदुर्गाकी दिदी तलेजुलाई ढोग गर्ने र मन्त्र सिद्ध गर्ने परम्परा रहेको उनले सुनाए। त्यसपछि नवदुर्गा र खड्ग जात्रा गर्दै तलेजुलाई बोकेर भव्य जात्रा निकालिन्छ। तलेजुको वाहन सेतो घोडालाई पछि लगाउँदै नगर परिक्रमा गरेपछि मोहनी नखः सम्पन्न हुने उनले बताए। मोहनी नखः कहिलेदेखि सुरु भयो भन्ने यकिन तथ्य छैन। दसैँका अवसरमा खड्ग जात्रा (पायाः) निकाल्ने चलन रहेकाले नेपालमा तन्त्रयानको प्रादुर्भाव भएदेखि नै यो परम्परा सुरु भएको मान्यता छ। मोहनी नखःको मुख्य विशेषता मोहनी सिःनं हो। यस अवसरमा नेवार समुदायमा निम्तो आएको ठाउँमा छोरीचेलीलाई बोलाएर भोज खुवाउने अर्थात् ‘नखत्या’ जाने चलन समेत छ। राजा हरिसिंहदेवले नेपाल संवत् ४४४ मा भारतबाट तलेजु भवानीलाई नेपाल ल्याएपछि मोहनी नखः मनाउन थालिएको भन्ने भनाइ पनि छ। बौद्ध धर्मावलम्बीले समेत मोहनी नखःलाई फरक महत्त्वका साथ मनाउने गरेका छन्।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

मुस्लिम अगुवाहरुले लगाउनुभयो दसैंको टीका र जमरा
सिराज खान नेपालगन्ज, कात्तिक ४ गते । धार्मिक सद्भावको सहरको रुपमा परिचित नेपालगन्जमा बडादसैंको अवसरमा मुस्लिम समुदायका अगुवाहरूले पनि हिन्दु समुदायका मान्यजनबाट टीका जमरा लगाएर दसै... ...

नवदुर्गासँग जोड्दै नेवार समुदायले उल्लासमय पर्वका रूपमा मनाए मोहनी नखः
भक्तपुर । भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् । विजयादशमीको दिन आज मान्यजनको हातबाट मोहनी सिः न अर्थात कालो टीका, राटो टीका, जमरा ग्रहण गरि मोहनी नःख मनाएका हुन् । यहाँका नेवार समुदायले नवदुर्गा भवानीको पुजा गर्ने क्रममा महानवमीको दिनमा घरघरमा पालामा दियो वालेर त्यसको माथिवाट अर्को पालाले छोपेर पालामा जम्मा भएको कालो ध्वाँसोलाई नै मोहनी सिःनं (कालो टीका) ...
नवदुर्गासँग जोड्दै नेवार समुदायले उल्लासमय पर्वका रूपमा मनाए मोहनी नखः
भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन्। विजयादशमीको दिन आज मान्यजनको हातबाट मोहनी सिः न अर्थात कालो टीका, राटो टीका, जमरा ग्रहण गरि मोहनी नःख मनाएका हुन्। यहाँका नेवार समुदायले नवदुर्गा भवानीको पुजा गर्ने क्रममा महानवमीको दिनमा घरघरमा पालामा दियो वालेर त्यसको माथिवाट अर्को पालाले छोपेर पालामा जम्मा भएको कालो ध्वाँसोलाई नै मोहनी सिःनं (कालो टीका)... ...

ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारी चीन जाँदै
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ग्लोबल गभर्नेन्स फोरम २०२६ मा सहभागी हुन बिहीबार चीन जाने भएकी छन् । नेकपा एमालेको वरिष्ठ नेतामा मनोनीत भएपछि उनको यो पहिलो विदेश भ्रमण हुनेछ । चीनको हेबेई प्रान्तस्थित सियोङआन नयाँ क्षेत्रमा अक्टोबर २३ देखि २५ सम्म आयोजना हुने फोरममा भण्डारी विशिष्ट अतिथिका रूपमा सहभागी हुने र सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनका सहयोगी राजकुमार ...


