Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

बेलायतमा साइबर सुरक्षा क्षमता बढाउने प्रयासबीच बीटीले ल्यायो व्यवसायका लागि तालिम कार्यक्रम

Share:WhatsAppFacebookX (Twitter)Telegram
बेलायतमा साइबर सुरक्षा क्षमता बढाउने प्रयासबीच बीटीले ल्यायो व्यवसायका लागि तालिम कार्यक्रम
Photo / Coverage: टेक्नोलोजी खबर

बेलायतले आफ्नो साइबर सुरक्षा प्रतिरक्षा बलियो बनाउने प्रयासलाई तीव्रता दिइरहेका बेला दूरसञ्चार कम्पनी बीटीले व्यवसायलाई साइबर आक्रमणबाट जोगिन सहयोग गर्ने नयाँ कार्यक्रम सुरु गरेको छ। ‘साइबर प्रिपेयर्ड यूके’ नाम दिइएको यस कार्यक्रमको मुख्य उद्देश्य व्यवसायलाई प्रत्यक्ष रूपमा सहभागी गराएर साइबर आक्रमणसम्बन्धी अभ्यास गराउनु हो। यसअन्तर्गत व्यवसायहरूले वास्तविक आक्रमणको अनुभव गराउने अभ्यासमा भाग लिनेछन्। बीटीका अनुसार अभ्यासमा सामाजिक इन्जिनियरिङदेखि र्‍यान्समवेयर आक्रमणसम्मका विभिन्न परिदृश्य समावेश हुनेछन्। आक्रमण ग्राहक, वित्तीय अवस्था र व्यावसायिक सञ्चालनसम्म फैलिँदै जाँदा सहभागीहरूले दबाबबीच महत्त्वपूर्ण निर्णय लिनुपर्नेछ। यस कार्यक्रमबाट व्यवसायले साइबर आक्रमण हुँदा कस्तो असर पर्न सक्छ, आफ्नो प्रणालीका कुन क्षेत्रमा कमजोरी छन् र पत्ता लागेका जोखिमअनुसार व्यावहारिक कार्ययोजना कसरी बनाउने भन्ने बुझ्ने अपेक्षा गरिएको बीटीले जनाएको छ। यो कार्यक्रम सन् २०२७ देखि सुरु हुनेछ। पहिलो तालिम फेब्रुअरी ३ मा लन्डनमा हुनेछ। त्यसपछि फेब्रुअरी ११ मा न्युक्यासल र फेब्रुअरी २३ मा बर्मिङ्घममा कार्यक्रम आयोजना गरिनेछ। थप लचिलो समय चाहिने व्यवसायका लागि अनलाइन तालिमको विकल्प पनि उपलब्ध हुनेछ। बीटीले सन् २०२८ को अन्त्यसम्म एक लाख घण्टाको साइबर सुरक्षा तथा प्रतिरोध क्षमता अभिवृद्धिसम्बन्धी तालिम दिने लक्ष्य राखेको छ। टेलिकम्स डटकमका अनुसार साना व्यवसाय हाम्रो अर्थतन्त्र र स्थानीय बजारका आधारस्तम्भ हुन्। उनीहरूले बेलायतभर आर्थिक वृद्धि, नवप्रवर्तन र रोजगारी सिर्जना गरिरहेका छन्,” साना व्यवसाय तथा उद्यममन्त्री लर्ड लिओङले भने, “नयाँ प्रविधि अपनाउँदै गर्दा उनीहरूलाई अनलाइन जोखिमबाट जोगिने उपकरण पनि आवश्यक हुन्छ। साइबर प्रिपेयर्ड यूकेजस्ता कार्यक्रममार्फत उनीहरूलाई सम्भावित आक्रमणको सामना गर्न तयार पार्ने, आर्थिक क्षति हुनबाट जोगाउने र अनलाइन क्षेत्रमा नवप्रवर्तन तथा व्यवसाय विस्तार गर्न आत्मविश्वास बढाउने काम भइरहेकोमा म खुसी छु।” बीटीको यो नयाँ कार्यक्रमलाई एन्थ्रोपिक, बेलायत सरकारको राष्ट्रिय साइबर सुरक्षा केन्द्र (एनसीएससी), माइक्रोसफ्ट, सामसङ, गुगल, लेखा व्यवस्थापन सफ्टवेयर प्रदायक जिरो तथा साइबर सुरक्षा कम्पनीहरू क्राउडस्ट्राइक, ट्रस्टलेयर, इमर्सिभ र फोर्टिनेटले समर्थन गरेका छन्। साइबर सुरक्षा बलियो बनाउनुको महत्त्व देखाउन बीटीले बेलायत सरकारको एउटा अनुसन्धानलाई उद्धृत गरेको छ। उक्त अनुसन्धानअनुसार साइबर आक्रमणका कारण बेलायतका व्यवसायले वार्षिक करिब १४ अर्ब ७० करोड पाउन्डको क्षति बेहोर्ने गरेका छन्। यसैगरी, बीटीको आफ्नै तथ्यांकअनुसार एआईका कारण साइबर सुरक्षा प्रणालीका कमजोरी पत्ता लगाउन गरिने दुर्भावनापूर्ण स्क्यानमा एक वर्षको अवधिमा ५०० प्रतिशत वृद्धि भएको छ। “बेलायतका व्यवसायले हरेक दिन साइबर जोखिमको सामना गरिरहेका छन् र ती जोखिम झन् जटिल बन्दै गएका छन्। अन्य कुनै पनि नेटवर्क प्रदायकको तुलनामा बीटीले धेरै व्यवसायलाई सुरक्षा प्रदान गर्दै आएको छ। अब वास्तविक अवस्थाको अभ्यास र तालिम समेटिएको राष्ट्रिय कार्यक्रममार्फत बेलायतका प्रत्येक साना व्यवसायलाई साइबर आक्रमणको सामना गर्न तयार पार्न हामी थप सक्रिय भएका छौँ,” बीटी बिजनेसका प्रमुख कार्यकारी अधिकृत जोन जेम्सले भने। यो कार्यक्रम बेलायती संसद्को हाउस अफ लर्ड्सले हालै सार्वजनिक गरेको एउटा प्रतिवेदनपछि आएको हो। उक्त प्रतिवेदनमा विभिन्न प्रकारका जोखिमबाट, विशेषगरी एकैपटक धेरै पूर्वाधारलाई लक्षित गर्ने आक्रमणबाट, महत्त्वपूर्ण पूर्वाधारको सुरक्षा गर्न सरकारको क्षमता कमजोर रहेको भन्दै कडा आलोचना गरिएको थियो। दूरसञ्चार कम्पनीहरू पनि यो चुनौती सामना गर्न सक्रिय हुन थालेका छन्। प्रतिवेदन सार्वजनिक भएको केही समयपछि भोडाफोनले बेलायतको रेजिलियन्स एकेडेमी (यूकेआरए) सँग साझेदारी गर्दै राष्ट्रिय प्रतिरोध क्षमता उद्योग नेतृत्व मञ्च स्थापना गरेको थियो। यसले विभिन्न क्षेत्रमा रहेका साझा कमजोरी पहिचान तथा अध्ययन गर्न र तिनको सामना गर्न समन्वय गर्न सहज बनाउनेछ। केपीएमजी र स्कटिस पावर इनर्जी नेटवर्क्स यसमा सहभागी भइसकेका छन्। बीटीले पनि साना व्यवसायको साइबर सुरक्षा क्षमता बढाउन सहयोग गरिरहेको अवस्थामा बेलायतले दिनप्रतिदिन जटिल र बढ्दो संख्यामा भइरहेका साइबर आक्रमणको सामना गर्न सक्ने आशा बढेको छ। The post बेलायतमा साइबर सुरक्षा क्षमता बढाउने प्रयासबीच बीटीले ल्यायो व्यवसायका लागि तालिम कार्यक्रम appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
इलियड कम्पनीको ‘फ्री मोबाइल’ ले सुरु गर्‍यो नेटवर्कमा आधारित एआई कल अनुवाद सेवा
TechnologyJust now

इलियड कम्पनीको ‘फ्री मोबाइल’ ले सुरु गर्‍यो नेटवर्कमा आधारित एआई कल अनुवाद सेवा

इलियड कम्पनीको ‘फ्री मोबाइल’ ले नेटवर्कमा आधारित एआई कल अनुवाद सेवा सुरु गरेको छ। यस सेवाको नाम ‘ट्राडक्सन लाइभ’ राखिएको छ। फ्रान्सेली भाषामा ‘ट्राडक्सन’ को अर्थ अनुवाद हो। फ्री म्याक्स र फ्री प्रो म्याक्स योजनाका ग्राहकले कुनै अतिरिक्त शुल्क नतिरी यो सेवा प्रयोग गर्न पाउनेछन्। यसका सबै प्राविधिक प्रक्रिया नेटवर्कमै सञ्चालन हुने भएकाले प्रयोगकर्ताले वेबसाइट वा फ्री एपबाट यसलाई सक्रिय गर्न ...

टेक्नोलोजी खबर
एमएटीसीएच ऐन लागू भए त्यसलाई कार्यान्वयन नगर्न अमेरिकालाई आग्रह गर्ने नेदरल्यान्ड्सको तयारी
TechnologyJust now

एमएटीसीएच ऐन लागू भए त्यसलाई कार्यान्वयन नगर्न अमेरिकालाई आग्रह गर्ने नेदरल्यान्ड्सको तयारी

एमएटीसीएच ऐन कानुन बनेमा त्यसले डच प्रविधि कम्पनी एएसएमएल र अन्य युरोपेली कम्पनीलाई असर पार्ने गरी चीनतर्फको निर्यातमा प्रस्तावित प्रतिबन्ध लागू नगर्न नेदरल्यान्ड्सले अमेरिकालाई आग्रह गर्ने भएको छ। नेदरल्यान्ड्सका व्यापारमन्त्रीले बिहीबार यस्तो बताएका हुन्। “हामीलाई जे गर्न भनिन्छ, त्यही मात्र गर्ने छैनौँ। यदि यो ऐन पारित भयो भने अमेरिकी प्रशासनलाई हाम्रो सन्देश यसलाई कार्यान्वयन नगर्नु भन्ने हुनेछ,” व्यापारमन्त्री स्योर्ड स्योर्ड्स्माले संसद्मा ...

टेक्नोलोजी खबर
EWB Nepal sparks innovation and creativity in Jumla
TechnologyJust now

EWB Nepal sparks innovation and creativity in Jumla

Engineers Without Borders Nepal (EWB Nepal) successfully organized an iJatra (Innovation Jatra) in Jumla on Friday. The event held at Shree Karnali Secondary School aimed to provide students with a platform to showcase their creativity, innovation, practical skills, and entrepreneurial potential. As informed, the event featured 14 stalls showcasing innovative products and creations developed by students, with active participation from students with ...

टेक्नोलोजी खबर
मुद्दाहरूले मलेसियामा गुगलको लगानीलाई असर नगर्ने प्रधानमन्त्रीको भनाइ
Technology37m ago

मुद्दाहरूले मलेसियामा गुगलको लगानीलाई असर नगर्ने प्रधानमन्त्रीको भनाइ

मलेसियामा हानिकारक अनलाइन सामग्री नियन्त्रण गर्न असफल भएको आरोपमा गुगलविरुद्ध दायर गरिएको मुद्दाले उक्त अमेरिकी प्रविधि कम्पनीको मलेसियास्थित लगानीमा कुनै असर नपार्ने प्रधानमन्त्री अनवर इब्राहिमले शुक्रबार बताएका छन्। मलेसियाको सञ्चार तथा मल्टिमिडिया आयोग (एमसीएमसी) ले बुधबार गुगलविरुद्ध १४ करोड ६० लाख डलरको मुद्दा दायर गरेको जनाएको छ। यस मुद्दाले दक्षिणपूर्वी एसियाली राष्ट्र मलेसियामा डाटा सेन्टर र अन्य पूर्वाधार निर्माणका लागि अर्बौं डलर ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement