बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

म्याग्दी। दसैँको टीकापछि म्याग्दीका प्रमुख पर्यटकीय स्थलमा पर्यटकको आगमन बढ्न थालेको छ। अनुकूल मौसम र बेनी–जोमसोम सडक मर्मतपछि सञ्चालनमा आएसँगै घोडेपानी, पुनहिल, गलेश्वर, रुप्से झरना तथा तातोपानी कुण्डमा पर्यटकको चहलपहल बढेको हो। कालीगण्डकीको बाढी र पहिरोका कारण अवरुद्ध सडक खुलेपछि मुस्ताङ जाने आन्तरिक पर्यटकको संख्या बढेको स्थानीय व्यवसायीले बताएका छन्। दसैँ–तिहारको बिदामा पदयात्रा र भ्रमणका लागि आउने पर्यटक बढ्ने उनीहरूको अपेक्षा छ। अन्नपूर्ण आधार शिविर जाने मौरिस हर्जोग पदमार्गमा पनि पर्यटकको आगमन सुरु भएको छ। भुरुङ्ग–तातोपानीका व्यवसायी काजी थापाका अनुसार बिहीबार मात्रै करिब एक सय ५० आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविरतर्फ गएका थिए। बाढीले क्षति पुर्याएको सिंगा तातोपानी कुण्ड मर्मतपछि सञ्चालनमा आएको छ। घोडेपानी–पुनहिल–घान्द्रुक पदमार्गसमेत सुरक्षित रहेको व्यवसायीले बताएका छन्। पर्यटकीय याम सुरु भएसँगै बेनी–जोमसोम सडकलाई सहज बनाउने काम भइरहेको बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ। क्षतिग्रस्त सडक र पदमार्गको पुनर्निर्माणलाई तीव्रता दिन सके म्याग्दी र मुस्ताङको पर्यटन व्यवसाय पुरानै लयमा फर्किने अपेक्षा गरिएको छ।
Read Complete Original Article
Published originally on अनलाइनपाना
Related News

हिंसात्मक फ्रान्सेली आन्दोलन : फेरि सडकमा उत्रिने कि नउत्रिने भन्नेमा प्रदर्शनकारीबिच अन्योल
काठमाडौँ । अक्टोबर १७ मा फ्रान्सभर भएका विरोध प्रदर्शनमा सहभागी मानिसहरू पसलमा भएको लुटपाट, सार्वजनिक भवनमा भएको तोडफोड र शान्तिपूर्ण जुलुसमा व्यापक रूपमा अश्रुग्यास प्रयोग गरिएको घटनाबाट अझै स्तब्ध छन् ।... ...

बांगलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपिएल खेल्ने
काठमाडौं।बांगलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्। उनलाई टोलीमा भित्र्याएकोबारे पोखराले आज सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो। “एनपिएलको तेस्रो संस्करणका लागि बांगलादेशका अन्तर्राष्ट्रिय अलराउन्डर मोहम्मद सैफउद्दिनलाई आधिकारिक रूपमा अनुबन्ध गरेको घोषणा गर्न पाउँदा खुसी लागेको छ”, पोखराले भनेको छ। सैफउद्दिन बलिङ र तल्लो क्रममा ब्याटिङ गर्न सक्ने अलराउन्डर हुन्। उनले सन् २०१७ मा ...

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न
बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज खेल प्रतियोगिता सम्पन्न भएको छ । नरहरिनाथ गाउँपालिका–९, लालुका सचेत युवाहरुको समूहले जिल्लामा नै पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज खेल प्रतियोगिता आयोजना गरेको हो । कालीकोट पुल–अप होल्ड च्यालेन्ज–२०८३ खेलाडी, खेलप्रेमी तथा स्थानीयवासीहरूको उत्साहजनक सहभागितामा भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ । प्रतियोगितामा […] ...

रवि लामिछाने धनगढीमा अवतरण, गड्डाचौकी नाका भएर भारत जाँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने धनगढी विमानस्थल अवतरण गरेका छन्। भारत भ्रमणका लागि निस्केका उनी पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै त्यसतर्फ लाग्नेछन्। लामिछाने पत्नी निकितासहित आज बिहान काठमाडौँबाट हवाईजहाजमा धनगढी उडेका थिए। धनगढीमा अवतरणपछि लामिछाने सडकमार्ग हुँदै कञ्चनपुरतर्फ आउँदैछन्। सडकमार्ग हुँदै उनी गड्डाचौकी नाका भएर भारत जानेछन्। भारतको उत्तराखण्ड, नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने ...


