Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बांगलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपिएल खेल्ने

बांगलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपिएल खेल्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
बांगलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं।बांगलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्। उनलाई टोलीमा भित्र्याएकोबारे पोखराले आज सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो। “एनपिएलको तेस्रो संस्करणका लागि बांगलादेशका अन्तर्राष्ट्रिय अलराउन्डर मोहम्मद सैफउद्दिनलाई आधिकारिक रूपमा अनुबन्ध गरेको घोषणा गर्न पाउँदा खुसी लागेको छ”, पोखराले भनेको छ। सैफउद्दिन बलिङ र तल्लो क्रममा ब्याटिङ गर्न सक्ने अलराउन्डर हुन्। उनले सन् २०१७ मा बांगलादेशको राष्ट्रिय टोलीबाट एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए। सैफउद्दिनले बांगलादेशका लागि ३० एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ३६२ रन बनाउनुका साथै ४२ विकेट लिएका छन्। त्यस्तै, उनले ५१ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। सन् २०१६ को आइसिसी यु–१९ विश्वकपमा बांगलादेशका लागि प्रभावशाली प्रदर्शन गरेका सैफउद्दिनले प्रतियोगितामा १३ विकेट लिएका थिए। उनले सन् २०१९ को एकदिवसीय विश्वकपमा पनि बांगलादेशको प्रतिनिधित्व गरेका थिए। सैफउद्दिनले विभिन्न पाँच वटा टोलीबाट बांगलादेश प्रिमियर लिग (बिपिएल) खेलिसकेका छन्। एनपिएल उनका लागि पहिलो विदेशी लिग हो। पोखराले सैफउद्दिनसहित बांगलादेशकै शाकिबअल हसन र मेहदी हसनलाई पनि अनुबन्ध गरिसकेको छ। एनपिएलको तेस्रो संस्करण यही कात्तिक ९ गतेदेखि काठमाडौंमा आयोजना हुँदैछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

पोखराले भित्र्यायो तेस्रो बंगलादेशी क्रिकेटर मोहम्मद सैफुद्दिन
ताजा खबरJust now

पोखराले भित्र्यायो तेस्रो बंगलादेशी क्रिकेटर मोहम्मद सैफुद्दिन

नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले बंगलादेशी अलराउन्डर मोहम्मद सैफुद्दिनलाई अनुबन्ध गरेको छ। पोखराले तेस्रो एनपीएलका लागि अनुबन्ध गरेको सैफुद्दिन तेस्रा बंगलादेशी खेलाडी हुन् भने समग्रमा पाँचौँ विदेशी खेलाडी हुन्। पोखराले यसअघि नै बंगलादेशका चर्चित अलराउन्डर शाकिब अल हशन र महेदी हसनलाई अनुबन्ध गरिसकेको छ। यस्तै श्र... ...

नेपालखबर
भारत हिँडेका रविले भने- ‘व्यक्तिगत भ्रमणमा छु, खिचडी नपकाउनुहोला’
ताजा खबरJust now

भारत हिँडेका रविले भने- ‘व्यक्तिगत भ्रमणमा छु, खिचडी नपकाउनुहोला’

रास्वपा सभापति रवि लामिछानेले भारत भ्रमण व्यक्तिगत भएकाले राजनीतिसँग नजोड्न आग्रह गरेका छन् । आफू कारागार हुँदा नै कैंची धाम जाने भाकल गरेकाले सोही पूरा गर्न जान लागेको उनले बताए । ...

कान्तिपुर
हिमपातले बेपत्ता चौरीसहित ३०७ पशुको उद्धार
ताजा खबरJust now

हिमपातले बेपत्ता चौरीसहित ३०७ पशुको उद्धार

राजन रावतहुम्ला, कात्तिक ६ गते । नाम्खा गाउँपालिका –६ को हिमालपारीको गाउँ लिमीको उच्च पाटनमा चरनका लागि छाडिएका बेला हिमपात हुँदा बेपत्ता भएका चौरी गाईसहित तीन सयभन्दा बढी पशुको उद... ...

गोरखापत्र
यस वर्ष दसैँमा उपत्यकामा सवारी दुर्घटना घट्यो
ताजा खबरJust now

यस वर्ष दसैँमा उपत्यकामा सवारी दुर्घटना घट्यो

काठमाडौं । दसैँका समयमा काठमाडौं उपत्यकामा सवारी दुर्घटनामा उल्लेख्य कमी आएको छ । गत वर्षको दसैँमा १५५ वटा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु भएकामा यस वर्ष दुर्घटनाको सङ्ख्या घटेर १०५ पुगेको छ भने दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष सवारी दुर्घटना ५० वटाले घटेको छ । त्यसैगरी, ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play