बेंसीसहर–चामे सडक सञ्चालन

मनाङ।मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनीको सहयोगमा अविरल वर्षापछि अवरुद्ध बेंसीसहर–चामे सडक पुनः सञ्चालनमा आएको छ। हाइड्रोपावर कम्पनीले आवश्यक उपकरण, जनशक्ति, इन्धन तथा अन्य सामग्री परिचालन गरी ६ दिनमै सो सडक खुलाएको हो। दुर्गम हिमाली जिल्ला मनाङमा गत असोजमा चार दिनसम्म लगातार परेको भारी वर्षाका कारण सो सडक खण्डका विभिन्न स्थानमा पहिरो खस्नाका साथै बाढीले सडक कटान गरेको थियो। सडक खण्डको केही ठाउँमा आधार संरचना पनि क्षतिग्रस्त भएको अवस्थमामा मर्मत सम्भारपछि बेंसीसहरदेखि चामेसम्मको प्रभावित यातायात सेवा सञ्चालन गर्न सकिएको बुटवल पावर कम्पनीका संयोजक प्रतीकमानसिंह प्रधानले जानकारी दिए। उनका अनुसार विपद्पछि कम्पनीले तत्काल उपकरण र जनशक्ति परिचालन गरी क्षतिग्रस्त सडक खण्ड मर्मत तथा पुनःस्थापनाको काम थालेको हो। “अन्य जलविद्युत् आयोजना र स्थानीय सडकसम्बन्धी निकायसँग समन्वय गरी करिब ६० किलोमिटर बेंसीसहर–चामे सडक ६ दिनमै सञ्चालनमा ल्याउन सफल भएका छौं,” प्रधानले भने, “चामे नजिक रहेको एक खोलामा गेग्रानसहित आएको बाढी पहिरोले मुख्य नदीको बहाव अवरुद्ध गरी ताल बनाएको थियो। सरकारसँग सहकार्य गर्दै कम्पनीका तर्फबाट एक्स्काभेटरलगायतका उपकरण परिचालन गरी उद्धार तथा विपद् व्यवस्थापनमा आवश्यक डिजेल र अन्य सामग्री पनि उपलब्ध गराएर सडक सञ्चालनमा ल्याउन सकिएको हो।” सो सडक खण्डको मर्मत सम्भार तथा आपतकालीन पुनःस्थापनाका लागि यसअघि पनि विभिन्न उपकरण र जनशक्ति परिचालन गर्दै आएको कम्पनीले जनाएको छ। उक्त सडक सञ्चालन भएसँगै मनाङका १३ गाउँका करिब पाँच हजार ६०० नागरिक लाभान्वित भएका छन्।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन
• म्याग्दीको बेनी–दरवाङ सडक एक हप्तापछि सञ्चालनमा आएको छ, जुन पहिरोका कारण बन्द भएको थियो। • दसैँ पर्वको चहलपहललाई ध्यानमा राख्दै तत्काल सडक खुलाइएको भए पनि दिगो समाधानका लागि अझै काम गर्न बाँकी छ। • यो सडक म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई सदरमुकाम बेनीसँग जोड्ने महत्वपूर्ण मार्ग मानिन्छ। ...

जुम्ली किसानलाई वर्षेबाली भित्र्याउन भ्याइनभ्याइ !
जुम्ला । जुम्लाका किसानलाई यो याममा बर्खे बाली भित्र्याउन चटारो परेको छ । दसैँको रौनक सकिनै लाग्दा हिमाली जिल्ला जुम्लाका किसानहरुलाई भने पाकेको कोदो, धान, फापर, सिमी र मकै लगायतका बाली भित्र्याउन भ्याइनभ्याइ भएको तिला गाउँपालिका–८ का वडाध्यक्ष आसे बस्नेतले बताए । मौसम सफा भएकाल पाकेको बाली थन्क्याउन अहिले यहाँका किसान खेतबारीमा काममा व्यस्त रहेका छन् । दसैँभन्दा पनि किसानहरुलाई बाली भित्र्याउने ...

एनपीएलको तेस्रो संस्करणका लागि विदेशी खेलाडी र प्रशिक्षक काठमाडौंमा
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि सुरु हुँदैछ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट मान्यता प्राप्त यस प्रतियोगितामा सहभागी टोलीहरूले यसपटक आठ जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन्, जसमध्ये एक खेलाडी एसोसिएट राष्ट्रको हुनुपर्नेछ। यद्यपि, प्लेइङ-११ मा भने चारजना विदेशी खेलाडी मात्र मैदानमा उत्रन पाउनेछन्। प्रतियोगिता सुरु हुन तीन दिन बाँकी रहँदा विदेशी खेलाडी र प्रशिक्षकहरूको आगमन ...

नख्खु कारागारबाट फरार कैदीबन्दी पक्राउ
काठमाडाैँ । जेनजी आन्दोलनका क्रममा ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका एक कैदीलाई सिन्धुली प्रहरीले पक्राउ गरेको छ। चोरी मुद्दामा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको सजाय भई नख्खु कारागारमा... ...


