एनपीएलको तेस्रो संस्करणका लागि विदेशी खेलाडी र प्रशिक्षक काठमाडौंमा

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि सुरु हुँदैछ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट मान्यता प्राप्त यस प्रतियोगितामा सहभागी टोलीहरूले यसपटक आठ जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन्, जसमध्ये एक खेलाडी एसोसिएट राष्ट्रको हुनुपर्नेछ। यद्यपि, प्लेइङ-११ मा भने चारजना विदेशी खेलाडी मात्र मैदानमा उत्रन पाउनेछन्। प्रतियोगिता सुरु हुन तीन दिन बाँकी रहँदा विदेशी खेलाडी र प्रशिक्षकहरूको आगमन सुरु भएको छ। जनकपुर बोल्ट्सका कप्तान हरमित सिंह र न्युजिल्यान्डका स्कट कुगेलेइन काठमाडौं आइपुगेका छन्। सुदूरपश्चिम रोयल्सका प्रमुख प्रशिक्षक तथा पाकिस्तानका पूर्वकप्तान मिसबाह-उल-हक पनि आफ्नो जिम्मेवारी सम्हाल्न नेपाल आइसकेका छन्। त्यस्तै, कर्णाली याक्समा अनुबन्धित बंगलादेशी खेलाडीहरू अरिफुल इस्लाम र अकबर अली पनि काठमाडौं आइपुगेका छन्। विभिन्न टोलीले विश्व क्रिकेटका चर्चित हस्तीहरूलाई भित्र्याएका छन्। काठमान्डु गोर्खाजले डेभिड वार्नर र विल बोसिस्टो, जनकपुर बोल्ट्सले मोइन अली र जेम्स निसम, तथा विराटनगर किङ्सले आन्द्रे रसेल, एन्जेलो म्याथ्यूज र चरिथ असालंकालाई अनुबन्ध गरेका छन्। त्यसैगरी, चितवन राइनोजबाट सिकन्दर राजा र रवि बोपरा, कर्णाली याक्सबाट मार्क वाट र साहिबजादा फरहान, लुम्बिनी लायन्सबाट निरोशन डिक्वेल्ला र डार्शी शर्ट, तथा पोखरा एभेन्जर्सबाट सकिल अल हसन र मेहदी हसन खेल्नेछन्। प्रशिक्षणका लागि पनि टोलीहरूले विदेशी विशेषज्ञहरूलाई जिम्मेवारी दिएका छन्। पोखरा एभेन्जर्सले श्रीलंकाका अजन्था मेन्डिसलाई र विराटनगर किङ्सले धम्मिका प्रसादलाई प्रमुख प्रशिक्षकका रूपमा निरन्तरता दिएका छन्। विराटनगर किङ्स र पोखरा एभेन्जर्सका बाँकी विदेशी खेलाडीहरू शनिबार र आइतबारसम्म नेपाल आइपुग्ने कार्यक्रम छ। प्रतियोगिताको उद्घाटन खेल कात्तिक ९ गते कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साविक विजेता लुम्बिनी लायन्स र उप-विजेता सुदूरपश्चिम रोयल्सबीच हुनेछ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि
आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण आगामी माघ पहिलो साता सुरु हुनेभएको छ। प्रतियोगिता माघ ५ देखि १६ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने आयोजक सहारा क्लब पोखराले जानकारी दिएको छ। ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गरौँ’ भन्ने नारासहित सञ्चालन हुँदै आएको यस प्रतियोगिताले नेपाली फुटबलको... ...

बंगलादेशका ब्याटिङ अलराउन्डर शामीम हुसेन लुम्बिनी लायन्समा
काठमाडाैँ । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को आगामी सिजनका लागि बंगलादेशका प्रतिभाशाली ब्याटिङ अलराउन्डर शामीम हुसेनलाई टोलीमा अनुबन्ध गरेको छ। बायाँहाते आक्रामक ब्याटिङ र आवश्यक पर्दा अफ स्पिन... ...

जुम्ली किसानलाई वर्षे बाली भित्र्याउन भ्याइनभ्याइ
जुम्ला। जुम्लाका किसानलाई यो याममा बर्खे बाली भित्र्याउन चटारो परेको छ । दसैँको रौनक सकिनै लाग्दा हिमाली जिल्ला जुम्लाका किसानहरूलाई भने पाकेको कोदो, धान, फापर, सिमी र मकै लगायतका बाली भित्र्याउन भ्याइनभ्याइ भएको तिला गाउँपालिका-८ का वडाध्यक्ष आसे बस्नेतले बताएका छन् । मौसम सफा भएकाले पाकेको बाली थन्क्याउन अहिले यहाँका किसान खेतबारीका काममा व्यस्त रहेका छन् । दसैँभन्दा पनि किसानहरूलाई बाली भित्र्याउने ...

साइबर ठगीका १९ प्रवृत्ति : कसरी जोगिने ठगिनबाट ?
काठमाडौँ । निजामती सेवाबाट अवकाश पाएका एक जना पूर्व कर्मचारीलाई अपरिचित नम्बरबाट यस्तो फोन आयो, ‘म बैङ्कबाट बोलेको तपाईँको केवाईसी अपडेट गर्नुपर्ने रहेछ ।’ सेवा अवधिभरको कमाई जम्मा गरेर राखेको... ...


