जुम्ली किसानलाई वर्षे बाली भित्र्याउन भ्याइनभ्याइ

जुम्ला। जुम्लाका किसानलाई यो याममा बर्खे बाली भित्र्याउन चटारो परेको छ । दसैँको रौनक सकिनै लाग्दा हिमाली जिल्ला जुम्लाका किसानहरूलाई भने पाकेको कोदो, धान, फापर, सिमी र मकै लगायतका बाली भित्र्याउन भ्याइनभ्याइ भएको तिला गाउँपालिका-८ का वडाध्यक्ष आसे बस्नेतले बताएका छन् । मौसम सफा भएकाले पाकेको बाली थन्क्याउन अहिले यहाँका किसान खेतबारीका काममा व्यस्त रहेका छन् । दसैँभन्दा पनि किसानहरूलाई बाली भित्र्याउने कार्य प्राथमिकतामा परेको वडाध्यक्ष बस्नेतको भनाइ छ । बडादसैँ ठूलो चाड भए पनि बाली पनि यति नै बेला पाकेको कारण चाड मनाउने र बाली थन्क्याउने काम सँगसँगै गर्नुपरेको तातोपानी गाउँपालिका-४ का किसान अप्सरा पाण्डेको भनाइ छ । यति बेला जिल्लाका अधिकांश किसान पाकिसकेको बाली घरमा भित्र्याउन बिहानदेखि बेलुकासम्म काममा खटिरहेको देखिन्छ । यति बेला फापर, कोदो, सिमी, भटमास, आलुलगायतका बाली थन्क्याउने कामको चटारोमा किसान रहेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताए ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पति–पत्नी र छोरीसहित ७ जनाको मृत्यु
काठमाडाैँ। भारतको बिहारस्थित सिवान जिल्लामा पटाका बनाउने क्रममा घरमा विस्फोट हुँदा पति–पत्नी र उनीहरूकी छोरीसहित सात जनाको मृत्यु भएको छ। शुक्रबार साँझ सिवान जिल्लाको आलमपुर गाउँमा रहेको घरमा विस्फोट भएको दैनिक... ...

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा
• काठमाडौँ उपत्यकामा मादक र लागू पदार्थ सेवन गरी सवारी चलाउने ९८२ जना चालकलाई कारबाही गरिएको छ। • १३ दिनको अवधिमा ९४७ जना मापसे र ३५ जना लापसे गरी सवारी चलाउने चालकलाई कारबाही गरिएको हो। • चाडपर्वको समयमा दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले ट्राफिक प्रहरीले निगरानी र कारबाहीलाई निरन्तरता दिइरहेको छ। ...

सरायको लयमा रमाउँदै अर्घाखाँची
दसैंको टीकापछि एकादशीदेखि कोजाग्रत पूर्णिमासम्म जिल्लाका शक्तिपीठमा सराय नाच्ने, हेर्ने र आफन्तसँग भेटघाट गर्नेको रौनक छाएको छ । ...

नेहा बोराले दायर गरेको रिट दिल्ली उच्च अदालतद्वारा खारेज
काठमाडाैँ। अल इन्डिया स्टुडेन्ट्स एसोसिएसनकी अध्यक्ष नेहा बोराले ‘शान्ति कायम राख्न’ भन्दै प्रहरीद्वारा जारी गरिएको सूचनाविरुद्ध दायर गरेको रिटलाई दिल्ली उच्च अदालतले खारेज गरिदिएको छ। शुक्रबार न्यायाधीश सुब्रमण्यम प्रसादको इजलासले तत्कालका... ...


