Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

बूढानीलकण्ठमा पाँचदिने धार्मिक मेला

Share:WhatsAppFacebookX (Twitter)Telegram
बूढानीलकण्ठमा पाँचदिने धार्मिक मेला
Photo / Coverage: नेपालन्युज

काठमाडौं । काठमाडौंको उत्तरी भेगस्थित ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वको बूढानीलकण्ठ मन्दिरमा हरिबोधिनी एकादशीदेखि लागेको पाँचदिने धार्मिक मेलामा लाखौँ भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष हरिबोधिनी एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म पाँचदिन बूढानीलकण्ठ नारायणस्थान मन्दिरमा धार्मिक मेला लाग्ने सनातनी परम्परा रहिआएको छ । यी दिनहरूमा नारायणस्थानमा पुगी पूजा, आराधना एवं दर्शन गरेमा पुण्य प्राप्त हुने र निधनपश्चात् वैकुण्ठमा बास हुने धार्मिक विश्वास रहिआएको बूढानीलकण्ठ नारायणस्थान मठका महन्त स्वामी निगमानन्दले जानकारी दिए । “मन्दिरमा १२ फुट चौडाइ र २४ फुट लम्बाइको अलौकिक शिलामा मूर्ति छ । यो मूर्ति धर्म, संस्कृति, पुरातत्व र इतिहासको अध्ययन, अनुसन्धान गर्न चाहनेका लागि पनि दिव्य स्थलका रूपमा लिन सकिन्छ”, उनले भने । शिलामा स्वयं प्रकट भएको भगवान्को यो रूप विश्वमै अद्वितीय मानिने भएकाले हरिबोधिनी एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला लाग्ने गरेको स्वामी निगमानन्दले बताए । मन्दिरमा नेपाली र भारतीय धार्मिक पर्यटकको आगमन बढी हुने गरेको छ । पशुपतिनाथको दर्शनमा आउने भारतीय धार्मिक पर्यटक बूढानीलकण्ठ मन्दिरमा पनि पुग्ने गरेका उहाँले विश्वास व्यक्त गरे । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म पाँचदिन बूढानीलकण्ठ मन्दिरमा लाखौँ भक्तजन पूजा, आराधना एवं दर्शनका लागि पुग्ने गरेका छन् । यो मन्दिरमा हरि र हर अर्थात् विष्णु र शिव दुवै जना रहेकाले पनि यस्तो मूर्ति विश्वमा अन्यत्र कतै नभएको श्री बूढानीलकण्ठ नारायणस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर थापाले राससलाई जानकारी दिए। यो मन्दिर शैव र वैष्णवका लागि मात्र नभई बौद्ध र किराँत मार्गीका लागि पनि उत्तिकै पवित्र स्थलका रूपमा मानिन्छ । यसैले यो ठाउँ धार्मिक सहिष्ण्ॉताको अनुपम नमूना बनेको स्थानीयवासी रामबहादुर केसीले बताए । यी पाँचदिन उपत्यकाका चार नारायण भगवान्को दर्शन गर्न नसक्नेले बूढानीलकण्ठको मात्र दर्शन गरे पनि चारै नारायणको दर्शन गरे बराबरको फल प्राप्त हुने धार्मिक विश्वास रहिआएको स्वामी निगमानन्दले बताए । यसो गरेमा पुण्य प्राप्त हुने विश्वास गरिन्छ । एकै दिन चार नारायणको दर्शन गर्न नसक्नेले बूढानीलकण्ठ वा नारायणहिटी दरबार क्षेत्रमा रहेको नारायण मन्दिरमा पूजा, आराधना वा दर्शन गर्नाले पनि मनोकामना पूरा हुने धार्मिक विश्वास छ । “द्वापर युगमा मृत्यशथ्यामा रहेका बेला यही पाँच दिनको समयमा भीष्मले युधिष्ठिरलाई उपदेश दिएकाले कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्मको पाँच दिनलाई भीष्म पञ्चक पनि भनिन्छ । यो सयममा साधना गर्दा सजिलै ब्रह्मज्ञान प्राप्त हुने विश्वास पनि रहेको छ”, उनले भने। यसै अवसरमा श्री बूढानीलकण्ठ नारायणस्थान व्यवस्थापन समितिले मङ्सिर २ गतेदेखि ८ गतेसम्म श्रीमद्भागवत ज्ञान महायज्ञ सुरु गरेको छ । यज्ञ शेष यहाँ सञ्चालित बूढानीलकण्ठ गुरुकुलको सञ्चालनका लागि खर्च गरिने पनि अध्यक्ष थापाले जानकारी दिए । विसं २०५७ देखि बूढानीलकण्ठ मन्दिर परिसरमा गुरुकुल सञ्चालनमा ल्याइएको हो । गुरुकुलमा हाल ५० जना वैदिक ज्ञानको अध्ययन गर्ने बटुक रहेको समितिले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक
Latest NewsJust now

यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले स्वर्गीय नरेश श्रेष्ठको स्मृतिमा आयोजना गर्ने यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ । क्यानले सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगिता यही... ...

रातोपाटी
भोटेकोशी बाढी प्रभावित विद्यार्थीको १६ शीर्षकका शुल्क मिनाहा गर्ने त्रिविको निर्णय
Latest NewsJust now

भोटेकोशी बाढी प्रभावित विद्यार्थीको १६ शीर्षकका शुल्क मिनाहा गर्ने त्रिविको निर्णय

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको १६ शीर्षकका शुल्क मिनाहा गर्ने निर्णय गरेको छ। बाढीका कारण विस्थापित तथा प्रभावित भएका वार्षिक र सेमेस्टर प्रणालीमा अध्ययनरत विद्यार्थीका साथै आगामी शैक्षिक सत्रमा नयाँ भर्ना हुन चाहने विद्यार्थीले यो सुविधा पाउने भएका छन्। त्रिविका प्रवक्ता नविन्द्र भण्डारीका अनुसार सम्बन्धित स्थानीय तहको सिफारिसका आधारमा शुल्क मिनाहा गरिनेछ। धरौटी र परीक्षा शुल्कबाहेकका शुल्क मिनाहा ...

केन्द्रबिन्दु
यी हुन् प्रधानमन्त्रीसँग भारत भ्रमणमा जाने मन्त्रीदेखि कर्मचारी
Latest NewsJust now

यी हुन् प्रधानमन्त्रीसँग भारत भ्रमणमा जाने मन्त्रीदेखि कर्मचारी

प्रधानमन्त्री वालेन्द्र शाहलाई कार्यवाहक प्रधानमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र रास्वपा प्रवक्ता तथा सांसद जगदीश खरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए । ...

कान्तिपुर
कोप-३१: ‘हिमाल तथा जलवायु परिवर्तन कार्यक्रम’ स्थापना गर्ने सहमति
Latest NewsJust now

कोप-३१: ‘हिमाल तथा जलवायु परिवर्तन कार्यक्रम’ स्थापना गर्ने सहमति

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन महासन्धि (युएनएफसिसिसी) अन्तर्गत टर्कीएको अन्ताल्यामा जारी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा हिमाल तथा जलवायु परिवर्तनसम्बन्धी दुईवर्षे कार्यक्रम स्थापना गर्ने सहमति भएको छ । यो सहमति औपचारिक रूपमा पारित भएमा पहिलोपटक हिमाल, हिमाली पारिस्थितिक प्रणाली र हिमनदीमा निर्भर समुदायले संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तनसम्बन्धी वार्ता प्रक्रियामा छुट्टै औपचारिक स्थान पाउनेछन् । सम्मेलनमा सहभागी पक्ष राष्ट्रहरूबीच हिमालसम्बन्धी विषयमा ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play