बाढीपहिरोले तीन जिल्लाका सडक प्रभावित, गोरखामा राजमार्ग पूर्ण अवरुद्ध

काठमाडौँ । वर्षा तथा प्राकृतिक विपद्का कारण म्याग्दी, गोरखा र सुर्खेतका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। पहिरो र बाढीका कारण केही सडक पूर्ण रूपमा बन्द भएका छन् भने केहीमा एकतर्फी यातायात सञ्चालन भइरहेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको छ। असोज १ गते बिहान ५ः५० बजेदेखि उक्त सडक प्रभावित भएको हो। त्यस्तै, गोरखाको आरुघाट गाउँपालिका–२ र ३ तथा आरुघाट गाउँपालिका–१ को नयाँपुल क्षेत्रमा बाढीका कारण सडक अवरुद्ध भएको छ। फलामे पुलमा समस्या आएपछि आरुघाटबाट धादिङ जोड्ने सडक पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ। उक्त सडक आज बिहान ५ः३० बजेदेखि अवरुद्ध छ। यसैगरी, सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेमा पहिरो खस्दा कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा रहेको छ। कात्तिक १ गते बिहान ५ः४५ बजेदेखि उक्त सडक प्रभावित भएको हो। प्रहरीले अवरुद्ध सडक खुलाउन तथा यातायात सञ्चालन सहज बनाउन प्रयास भइरहेको जनाएको छ। सडकको अवस्थालाई ध्यानमा राख्दै यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरीद्वारा निःशुल्क बस सेवा सञ्चालन
काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपालले दसैँको अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारण यात्रुहरूको सहज आवतजावतका लागि २ वटा बस निःशुल्क रूपमा सञ्चालन गरेको छ। दसैँको समयमा उपत्यकामा सार्वजनिक यातायातका साधनहरू अत्यन्तै न्यून रूपमा... ...

नेपाल, भारत र भुटानका याकपालकलाई जोड्दै हिमालय याक कृषक सञ्जाल स्थापना हुँदै
काठमाडौँ । नेपाल, भुटान र भारतका याक तथा चौँरी कृषकले यही असोज ६ गते भुटानको ‘नवौँ रोयल हाइल्यान्ड महोत्सव’मा हिमालय याक पालकको सञ्जाल औपचारिक रूपमा सुरु गर्दैछन् । यो सञ्जाल हिमालयका याक कृषक समुदायमा मात्र केन्द्रित पहिलो क्षेत्रीय मञ्च हो । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का अनुसार यसको स्थापना कृषक, सरकार र विकास साझेदारबीच करिब एकदशकदेखि जारी सहकार्यको परिणाम ...

दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु हुनेको संख्या १९ पुग्यो
काठमाडाैं । भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकातामा आयोजित दुर्गा पूजा महोत्सवका क्रममा भएको भागदौडमा परी मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । शनिवार भएको उक्त दुःखद् घटनामा घाइते भएका २५ जनाको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ भने तीमध्ये एक जनाको अवस्था अत्यन्त गम्भीर रहेको अधिकारीहरूले जनाएका छन् । वार्षिक रूपमा मनाइने दुर्गा पूजाको अवसरमा हजारौँ श्रद्धालुहरूको उपस्थिति रहेको धार्मिक समारोहमा ...

एआई प्रविधिको निर्यात बढ्दा चीनको आर्थिक वृद्धि तीव्र, घरेलु अर्थतन्त्र भने कमजोर
काठमाडाैँ। पछिल्लो तीन महिना चीनको अर्थतन्त्रमा सुधार देखिएको छ । कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिसँग सम्बन्धित सामग्रीको विश्वव्यापी माग बढ्दा निर्यात बढेको छ । यसले चीनभित्रको कमजोर उपभोग र घरजग्गा क्षेत्रमा... ...


