बाढीपहिरोबाट जलजलाका ३१६ घरमा क्षति, ३५ परिवार विस्थापित

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा ३०० भन्दाबढी घरपरिवार प्रभावित भएका छन् । गत असोज ८ देखि ११ गतेसम्मको झरिपछि कालीगण्डकी नदीमा आएको बाढी र पहिरोका कारण ३१६ घरमा क्षति पुगेको गाउँपालिकाले जनाएको छ । जलजलाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप काफ्लेले १२६ घर पूर्ण र ५० घरमा आंशिक क्षति पुगेको जानकारी दिए । “थप १४० घर जोखिममा रहेका विवरण सङ्कलन भएको छ”, उनले भने , “बाढीपहिरोले निजी आवाससँगै कोदो, धानलगायत खाद्यबाली र सुन्तलाखेती भएको खेतीयोग्य जमिन, सडक, खानेपानी, सिँचाइ, बस्ती संरक्षणका लागि निर्माण भएका पूर्वाधारमा अकल्पनीय क्षति भएको छ ।” सबैभन्दा बढी कालीगण्डकीको जलजला गाउँपालिका–८ फर्सेमा ७५ घर बगाएको र २७ घर जोखिममा छन् । बाढी प्रभावित मध्य अन्यत्र घर नभएका र आफैँ व्यवस्थापन गर्न नसकेकालाई अस्थायी शिविर बनाएर राखिएको छ । फर्सेसँगै वडा नं ७ का ताङवाङ र खानीगाउँ पनि प्रभावित भएका छन् । वडा नं ४ को लामाखेतमा पनि कालीगण्डकीको बाढी पसेर क्षति पुगेको छ । पहिरोका कारण ताङवाङ र खानीगाउँका ३५ परिवार विस्थापित भएको गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए । “पहिरोले बस्ती घेरिएको छ । पाखो चिराचिरा परेको छ भने घरका पर्खालसमेत सुरक्षित छैनन्”, उनले भने, “त्यसैले खानीगाउँ र ताङवाङका बासिन्दा सुरक्षित ठाउँमा आएर अस्थायी टहरा बनाएर बसेका छन् ।” प्रभावित क्षेत्रमा आधारभूत राहत सामग्रीको व्यवस्था र अल्पकालीन तथा दीर्घकालीन पुनःस्थापनाको कार्ययोजना अघि बढाएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । “तत्कालका लागि जस्तापाता, भाँडाकुँडा, लत्ताकपडा र खाद्यान्न उपलब्ध गराएर अस्थायी टहरा बनाई बसोबासको व्यवस्था मिलाउने योजना छ”, उनले भने, “दीर्घकालीन रूपमा सरकारको नीतिअनुसार निजी आवास र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण गर्नेछौँ ।” उनका अनुसार निजी आवाससँगै क्षतिग्रस्त सडक, खानेपानी, सिँचाइ र विद्यालय भवन पुनर्निर्माण तथा जोखिममा रहेका बस्तीको संरक्षण गर्नुपर्नेछ । बाढीपहिरो नियन्त्रणका लागि आवश्यक आर्थिक स्रोत जुटाउन सङ्घीय तथा प्रदेश सरकार र दातृ निकायसँग समन्वय भइरहेको उनले बताए ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

फ्रान्समा हिंसा र लुटपाटपछि सरकार संकटमा, म्याक्रोंमाथि चर्को दबाब
काठमाडाैँ । सप्ताहन्तमा देशभर फैलिएको हिंसा, तोडफोड र लुटपाटपछि फ्रान्स सरकारमाथि दबाब बढेको छ । महँगी र खस्कँदो सार्वजनिक सेवाविरुद्ध शनिबार भएको प्रदर्शन हिंसात्मक बनेपछि प्रधानमन्त्री सेबस्टियन लेकोर्नुले सोमबार आकस्मिक... ...

निर्णायक खेलमा नेपालले गुमायो पहिलो विकेट, आशिफ ७ रन बनाएर आउट
काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग टु अन्तर्गत आफ्नो अन्तिम तथा निर्णायक खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । घरेलु टोली ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको नेपालका ओपनर आसिफ शेख १३ बलमा ७ रन बनाएर आउट भएका हुन् ।यो समाचार तयार पार्दासम्म ६ ओभरको खेल सकिँदा नेपालले १ विकेट गुमाएर २० रन जोडेको छ । यो खेल जित्न सके नेपालले प्रतियोगिता ...

भाडाको जग्गामा तरकारी खेती गरेर छन्त्याल दम्पतीको वार्षिक ९ लाख आम्दानी
बागलुङ। बागलुङ बजारमा भाडाको जग्गामा सागसब्जी खेतीबाट यहाँका एक दम्पतीले वार्षिक रु ९ लाख आम्दानी गर्दै आएको छ। काठेखोला गाउँपालिका–३ धम्जाबाट बजार झरेका कला र गणेश छन्त्यालले बागलुङ नगरपालिका–१ रामरेखामा पाँच रोपनी जग्गा भाडामा लिएर छ वर्षदेखि मौसमी तथा बेमौसमी सागसब्जी खेती गर्दै आएका छन्। उनीहरूले जग्गाको वार्षिक रु ६० हजार भाडा तिर्दै आएका छन्। भारतीय सेनाबाट अवकाश लिएपछि गणेशले श्रीमती कलासँग ...

दसैँमा यात्रुका लागि सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, ३ दिन सञ्चालन हुने
काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपालले दसैँको अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारण यात्रुहरूको सहज आवतजावतका लागि २ वटा बस निःशुल्क रूपमा सञ्चालन गरेको छ। दसैँको समयमा उपत्यकामा सार्वजनिक यातायातका साधनहरू अत्यन्तै न्यून रूपमा चल्ने भएकाले सर्वसाधारण नागरिकहरूलाई आवतजावतमा सुविधा पुर्याउने उद्देश्यका साथ सशस्त्र प्रहरी बल, नेपालद्वारा यो निःशुल्क बस सेवा सञ्चालन गरिएको हो। सशस्त्र प्रहरी नायब महानिरीक्षक एवं प्रवक्ता नेत्र बहादुर कार्कीका अनुसार उपत्यकाभित्र ...


