Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

बागलुङमा एकैपटक १५ बेलिब्रिज निर्माण हुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
बागलुङमा एकैपटक १५ बेलिब्रिज निर्माण हुँदै
Photo / Coverage: नेपालन्युज

बागलुङ। बागलुङमा गण्डकी प्रदेश सरकारले एकैपटक १५ वटा बेलिब्रिज निर्माण गर्ने भएको छ । पक्की पुलको अभावमा वर्षायाममा सवारी आवागमनमा समस्या हुँदै आएका ग्रामीण सडकका साना तथा मझौला खोलामा बेलिब्रिज निर्माण गर्न लागिएको हो । चालु आर्थिक वर्षमा पूर्वाधार विकास कार्यालय बागलुङमार्फत बेलिब्रिज निर्माणको प्रक्रिया अघि बढाइएको छ । त्यसका लागि प्रत्येक पुलमा रु ४० लाखका दरले बजेट विनियोजन भइसकेको गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीत शेरचनले जानकारी दिए । उनका अनुसार अहिले पुल निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने काम भइरहेको छ । सर्वेक्षण, डिजाइन र लागत अनुमान तयार भएपछि ठेक्का प्रक्रियामा लगिनेछ । “चालु आवमा सबै पुलको काम एकसाथ सुरु गर्ने तयारी छ । लागतअनुसार क्रमशः दुईदेखि तीन वर्षभित्र सबै पुल निर्माण सम्पन्न गर्ने लक्ष्य छ”, मन्त्री शेरचनले भने, “प्रदेश सरकारले ४० मिटरसम्म लम्बाइ र रु चार करोड अधिकतमसम्म लागतका पुल निर्माण गर्ने नीतिअनुसार साना खोलामा बेलिब्रिज निर्माण गर्दा छिटो र सहज हुनेछ ।” पूर्वाधार विकास कार्यालय बागलुङका प्रमुख अनुप थापाका अनुसार प्रस्तावित बेलिब्रिज निर्माण भएपछि जिल्लाका अधिकांश ग्रामीण सडकलाई प्रदेशस्तरीय सडक हुँदै राष्ट्रिय राजमार्गसँग जोड्न सहज हुनेछ । अहिले पुल निर्माणस्थलको सर्वेक्षण भइरहेको र त्यसपछि डिजाइन तथा लागत अनुमानसहित ठेक्का प्रक्रिया अघि बढाइने उनले बताए । योजनाअन्तर्गत निसीखोला गाउँपालिकामा पाँच वटा बेलिब्रिज निर्माण गरिनेछ । गाउँपालिकाको सीप–छ्यारछ्यारे झिमाघाट, धर्तीचोक, घर्तीथोक–चैते जाने घाट, तालघाट र बुदारनाथमा पुल निर्माणका लागि सर्वेक्षण भइरहेको छ । यस्तै, ढोरपाटन नगरपालिकामा छेन्तुङ जोड्ने, चित्रेघाट, दावाल खोला र लाकुरीबोटमा बेलिब्रिज निर्माण गर्ने योजना छ । जैमिनी नगरपालिकाको थामथारा ठूलोखोला र काठेखोला गाउँपालिकाको काठेखोला–दोबिल्ला चनौटेघाट, लेखानी दोबिल्लाखोला तथा कादेशखोलामा पुल निर्माण गरिनेछ । गलकोट नगरपालिकाको मासबार, तमानखोला गाउँपालिकाको उपल्लो बोङ्गादोभानघाट र बडिगाड गाउँपालिकाको जोतीखोलामा पनि बेलिब्रिज निर्माण गर्ने योजना रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । पुल निर्माण भएपछि खोलामा पानीको बहाव बढ्दा सडक अवरुद्ध हुने समस्या कम हुनुका साथै ग्रामीण क्षेत्रका बासिन्दालाई वर्षैभरि यातायात सेवा उपयोग गर्न सहज हुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दुई महिनादेखि बन्द ई–जीपी प्रणाली : नयाँ भर्सन कहिले सञ्चालनमा आउँछ ?
Latest NewsJust now

दुई महिनादेखि बन्द ई–जीपी प्रणाली : नयाँ भर्सन कहिले सञ्चालनमा आउँछ ?

काठमाडौँ । सरकारी ठेक्कापट्टा र खरिद प्रक्रियालाई पारदर्शी बनाउन लागु गरिएको विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द भएको दुई महिना बितिसकेको छ । गत भदौ ११ गतेदेखि प्रणालीमा समस्या आएको भन्दै... ...

रातोपाटी
१४ वर्षे अन्तर्राष्ट्रिय करियर टुंग्याउँदै ग्लेन म्याक्सवेलले लिए सन्न्यास
Latest NewsJust now

१४ वर्षे अन्तर्राष्ट्रिय करियर टुंग्याउँदै ग्लेन म्याक्सवेलले लिए सन्न्यास

म्याक्सवेलले ‘द फाइनल वर्ड’ पोडकास्टमा बोल्दै भिक्टोरियाका लागि घरेलु क्रिकेटबाट पनि अलग्गिने बताएका छन् । ...

कान्तिपुर
कांग्रेस रूपान्तरणको अवसर
Latest NewsJust now

कांग्रेस रूपान्तरणको अवसर

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनले नेतृत्व परिवर्तनको सन्देश मात्र दिएको छैन, पार्टीको राजनीतिक संस्कार बदल्ने ऐतिहासिक जिम्मेवारी पनि नयाँ नेतृत्वलाई सुम्पिएको छ । लामो समयदेखि ग... ...

गोरखापत्र
देशका विभिन्न भागमा आंशिक बदली र हल्का वर्षाको सम्भावना
Latest NewsJust now

देशका विभिन्न भागमा आंशिक बदली र हल्का वर्षाको सम्भावना

काठमाडौँ । देशका हिमाली तथा पहाडी भूभागमा आज आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका अधिकांश भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ । दिउँसो देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने र ती क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play