Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

पृथ्वी राजमार्ग आज पनि २ घण्टाका लागि बन्द

Share:WhatsAppFacebookX (Twitter)Telegram
पृथ्वी राजमार्ग आज पनि २ घण्टाका लागि बन्द
Photo / Coverage: पर्दाफास

पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटारमा आज पनि दुई घण्टा सवारी आवागमन बन्द हुने भएको छ । बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको कामका लागि मंगलबार बिहान ९ बजेदेखि ११ बजेसम्म सबै प्रकारका सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरिने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । यसअघि सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सवारी आवागमन बन्द गरेर निर्माण कार्य गर्ने भनिए पनि काम सम्पन्न हुन नसकेपछि आजका लागि पुनः समय निर्धारण गरिएको हो । जिल्ला प्रशासन कार्यालयले उक्त अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न सवारी चालक तथा सडक प्रयोगकर्तालाई आग्रह गरेको छ । साथै, ट्राफिक नियम र सडक अनुशासन पालना गर्न पनि अनुरोध गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपामा समाहित हुने, आज पेरिसडाँडामा एकता घोषणा
OthersJust now

उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपामा समाहित हुने, आज पेरिसडाँडामा एकता घोषणा

१७ कात्तिक, काठमाडौं । उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित हुने भएको छ। दुवै पार्टीबीच मंगलबार दिउँसो १ बजे कोटेश्वरस्थित नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा एकता घोषणा गर्ने कार्यक्रम छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट विद्रोह गरी उमा भुजेलको नेतृत्वमा राष्ट्रिय भेला आयोजना गरिएको थियो । उक्त भेलाले… ...

अनलाइन खबर
पोखरा–मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा
OthersJust now

पोखरा–मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा

१७ कात्तिक, गण्डकी । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । उक्त सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ८६ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ । पूर्वी खण्ड (जामुने–मुग्लिन)को काम पूरा गरी निर्माण कम्पनीले सडक हस्तान्तरण गरिसकेको उक्त खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताए । 'सडक विस्तार तथा स्तरोन्नतिको काम सकिएर त्रुटि… ...

अनलाइन खबर
राज्य सञ्चालन कि बिचौलियाको स्वार्थ संरक्षण ?
OthersJust now

राज्य सञ्चालन कि बिचौलियाको स्वार्थ संरक्षण ?

पछिल्ला घटनाक्रमले एउटा गम्भीर प्रश्न जन्माएको छ- नेपालको राज्यसत्ता जननिर्वाचित प्रतिनिधिहरूले सञ्चालन गरिरहेका छन् कि पर्दापछाडि सक्रिय बिचौलिया, आर्थिक स्वार्थ समूह, तस्कर र माफियाको प्रभावमा चलिरहेको छ ? ...

अनलाइन खबर
चुम्लिङटारको सिद्धार्थ रिभरसाइडमा रेस्टुरेन्ट सेवासँगै आवास र मनोरञ्जनका सुविधा विस्तार
OthersJust now

चुम्लिङटारको सिद्धार्थ रिभरसाइडमा रेस्टुरेन्ट सेवासँगै आवास र मनोरञ्जनका सुविधा विस्तार

१७ कात्तिक, चितवन । पृथ्वी राजमार्ग हुँदै काठमाडौं, पोखरा र पश्चिम नेपालका विभिन्न शहरमा यात्रा गर्नेहरूका लागि चितवनको चुम्लिङटारस्थित सिद्धार्थ रिभरसाइड रिसोर्ट विश्रामस्थलका रूपमा परिचित हुँदै गएको छ । काठमाडौं र पोखराको बीचतिर पर्ने चितवनको चुम्लिङटार लामो दूरीको यात्राका क्रममा खाना खान र केही समय आराम गर्न रोकिने स्थानमध्ये एक हो । पृथ्वी राजमार्गमा सडक… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play