Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

अफगानी शरणार्थी फिर्ता पठाउने योजनामा जिम्मेवार बन्न अमेरिकालाई तालिवानको आग्रह

Share:WhatsAppFacebookX (Twitter)Telegram
अफगानी शरणार्थी फिर्ता पठाउने योजनामा जिम्मेवार बन्न अमेरिकालाई तालिवानको आग्रह
Photo / Coverage: केन्द्रबिन्दु

वासिङ्टन । तालिवान सरकारले अफगान आप्रवासीहरूलाई फिर्ता पठाउँदा (डिपपोर्ट गर्दा) जिम्मेवार रूपमा प्रस्तुत हुन अमेरिकालाई आग्रह गरेको छ। अफगान परराष्ट्र मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै यस विषयमा वाशिङ्टनसँग रचनात्मक रूपमा सहकार्य गर्न काबुल तयार रहेको बताएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले केही अफगान आप्रवासीहरूलाई उनीहरुकै देश फिर्ता पठाउने योजना बनाएको छ। एक अमेरिकी अधिकारी र शरणार्थीका पक्षमा काम गरिरहेका अधिकारवादी समूहहरूको गठबन्धनले गत शुक्रबार यसको खुलासा गरेका थिए। अफगान तालिवान परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विद्यमान वास्तविकताहरू बुझ्दै र दुवै पक्षका जायज चासोहरूलाई ध्यानमा राख्दै, अफगान पक्ष यस सम्बन्धमा आपसी समझदारीका आधारमा रचनात्मक रूपमा संलग्न हुन तयार छ।’ न्युयोर्क टाइम्सले गत शुक्रबार प्रकाशित गरेको समाचार अनुसार, १ सय ५० भन्दा बढी अफगान आप्रवासीहरूलाई अमेरिकाले फिर्ता पठाउने तयारी गरेको छ । सोही रिपोर्टमा सोमबार नै पहिलो उडान हुन सक्ने पनि उल्लेख गरिएको थियो। तालिवान सरकारसँग कूटनीतिक सम्बन्ध नभएका कारण वाशिङ्टनले अफगानिस्तानमा प्रत्यक्ष रूपमा डिपोर्ट उडान सञ्चालन गर्न सक्दैन । त्यसैले यी आप्रवासीहरूलाई पाकिस्तानको बाटो भएर फिर्ता पठाउने तयारी गरिएको छ । तालिवानले गरेको विज्ञप्तिमा भनिएको छ, ‘तेस्रो देशहरूले सीमित अस्थायी सहुलियत वा अन्य स्वार्थका लागि अर्को देशका नागरिकहरूलाई बार्गेनिङको वस्तुको रूपमा प्रयोग गर्नु हुँदैन।’ रोयटर्स

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
छठअघि सिर्सिया नदी सफाइ अभियान
Latest NewsJust now

छठअघि सिर्सिया नदी सफाइ अभियान

काठमाडौँ । छठ पर्वलाई लक्षित गरी वीरगञ्जस्थित सिर्सिया नदीको सरसफाइ तथा प्रदूषण नियन्त्रण अभियान तीव्र पारिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सक्रियतामा सिर्सिया नदीको सरसफाइ, औद्योगिक प्रदूषण नियन्त्रण र... ...

रातोपाटी
सोलुको फेरुचेमा हेलिकप्टर दुर्घटना : एक विदेशीको मृत्यु, एक जना घाइते
Latest NewsJust now

सोलुको फेरुचेमा हेलिकप्टर दुर्घटना : एक विदेशीको मृत्यु, एक जना घाइते

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ८:११ मिनेटमा डाइनास्टिक एयर र फिस्टल एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटनामा परेका हुन् । ...

कान्तिपुर
लुकिछिपी बस्दै आएका पाँच बंगलादेशी सशस्त्रको नियन्त्रणमा, अध्यागमनमा बुझाइयो
Latest NewsJust now

लुकिछिपी बस्दै आएका पाँच बंगलादेशी सशस्त्रको नियन्त्रणमा, अध्यागमनमा बुझाइयो

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी गैरकानुनी रूपमा बसोबास गर्दै आएका पाँच विदेशी नागरिकलाई सशस्त्र प्रहरी बल, नेपालले नियन्त्रणमा लिएको छ। एपीएफ इन्टेलिजेन्स ब्यूरो र सशस्त्र प्रहरी बल, नेपाल नम्बर १८ गणको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि अध्यागमन विभागमा बुझाएको हो। नियन्त्रणमा पर्नेहरूमा बंगलादेशी नागरिक मोहम्मद कुर्वान अलि, जाहिंगिर आलम, रोनित रोय चौधरी, अकम अब्ल्लाह तथा बंगलादेशी मूलका ब्राजिलियन ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play