Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

श्रम संस्कृति पार्टीद्वारा ‘श्रम ब्रिगेड’ गठन, संयोजकमा रजत किराती

Share:WhatsAppFacebookX (Twitter)Telegram
श्रम संस्कृति पार्टीद्वारा ‘श्रम ब्रिगेड’ गठन, संयोजकमा रजत किराती
Photo / Coverage: पर्दाफास

श्रम संस्कृति पार्टीले आफ्नो पहिलो स्थापना दिवसको अवसरमा ‘श्रम ब्रिगेड’ गठन गरेको छ । पार्टीको षडानन्द नगर कार्यसमितिले घोषणा गरेको श्रम ब्रिगेडको संयोजकमा रजत किराती रहेका छन् ।

के हो त श्रम ब्रिगेडको अवधारणा ?

श्रम ब्रिगेड दक्ष श्रमदाताहरूको छरितो र प्राविधिक टिम हो। यस टिमसँग आवश्यक प्राविधिक ज्ञान, सीप र उपकरणहरू हुनेछन् । सार्वजनिक तथा भौतिक पूर्वाधारमा समस्या उत्पन्न हुँदा लामो प्रशासनिक प्रक्रियामा अल्झिनुभन्दा तत्काल परिचालन भएर मर्मत तथा व्यवस्थापनमा सहयोग पु¥याउनु यसको मुख्य अवधारणा हो ।

श्रम ब्रिगेडको संरचना र कार्यक्षेत्र

क्लस्टर निर्माण ः दुईदेखि तीनवटा वडाका श्रमदाताहरूलाई समेटेर नगरभित्र ५–६ वटा क्लस्टर निर्माण गरिनेछ।

संयोजकको व्यवस्था स् प्रत्येक क्लस्टरका संयोजक नगर श्रम ब्रिगेडका पदेन सदस्य रहनेछन्।

तत्काल परिचालन ः सार्वजनिक तथा भौतिक पूर्वाधारमा समस्या देखिएमा आवश्यक जनशक्ति र उपकरणसहित तत्काल परिचालन हुने व्यवस्था गरिनेछ।

मुख्य कार्यक्षेत्र ः श्रमदान, विपद् व्यवस्थापन तथा सार्वजनिक सेवा प्रवाहमा सहजीकरण गर्ने ।

श्रम संस्कृति पार्टीले स्थानीय तहको निर्वाचनमा विजय हासिल गरेको अवस्थामा श्रम ब्रिगेडलाई नगरपालिकाको ‘फ्ल्यागसिप’ कार्यक्रमका रूपमा सञ्चालन गर्ने अवधारणा अघि सारेको छ।

श्रमलाई सम्मान, सीपलाई उपयोग र सामूहिक प्रयासमार्फत सार्वजनिक सेवा तथा विकास निर्माणलाई प्रभावकारी बनाउने उद्देश्यसहित श्रम ब्रिगेडको अवधारणा अघि सारिएको षडानन्द नगर कार्यसमितिले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सोलुखुम्बुमा दुई हेलिकप्टर ठोक्किँदा भारतीय पर्यटकको मृत्यु, एक घाइते
OthersJust now

सोलुखुम्बुमा दुई हेलिकप्टर ठोक्किँदा भारतीय पर्यटकको मृत्यु, एक घाइते

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा अवतरणका क्रममा दुई हेलिकप्टर ठोक्किँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार मंगलबार बिहान ८ बजेर ११ मिनेटमा फिस्टेल एयर र डाइनास्टिक एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा आपसमा ठोक्किएका हुन् । दुर्घटनामा भारतीय नागरिक वसन्त कुमार बालारामारामाडुको मृत्यु भएको तामाङले ...

पर्दाफास
मेची कोरिडोरमा पर्ने सुखानी पुलको ठेक्का तोडियो
OthersJust now

मेची कोरिडोरमा पर्ने सुखानी पुलको ठेक्का तोडियो

१७ कात्तिक, वीरगञ्ज । पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको सडक डिभिजन कार्यालय इलामले सुखानी पक्की पुलको ठेक्का तोडेको छ । कार्यालयले आज सार्वजनिक सूचना प्रकाशित गरी मेची कोरिडोर (मदन भण्डारी राजमार्ग) मा पर्ने सुखानी पुलको ठेक्का तोडिएको जानकारी दिएको हो । सडक डिभिजन कार्यालयका अनुसार सो पुल निर्माणका लागि करिव १४ वर्ष ४ महिना अघि स्काई–अजम्बर–शिवराम… ...

अनलाइन खबर
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य
OthersJust now

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४५ रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो (लाम्चो) ५५ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५५ रुपैयाँ, आलु रातो (मुडे) ५५ रुपैयाँ, भारतीय रातो आलु ३० ...

पर्दाफास
नेपाललाई चाहिएको जोडिएको राष्ट्रिय स्वास्थ्य प्रणाली
OthersJust now

नेपाललाई चाहिएको जोडिएको राष्ट्रिय स्वास्थ्य प्रणाली

हामी स्वास्थ्य अभिलेखलाई कागजबाट कम्प्युटरमा त सार्दै छौँ, तर के हामी स्वास्थ्य संस्थाहरूलाई पनि आपसमा जोड्दै छौँ ? अबको बहस कुन सफ्टवेयर राम्रो भन्ने होइन, विभिन्न प्रणालीलाई कसरी सुरक्षित रूपमा जोड्ने भन्नेमा केन्द्रित हुनुपर्छ। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play