Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

लुकिछिपी बस्दै आएका पाँच बंगलादेशी सशस्त्रको नियन्त्रणमा, अध्यागमनमा बुझाइयो

Share:WhatsAppFacebookX (Twitter)Telegram
लुकिछिपी बस्दै आएका पाँच बंगलादेशी सशस्त्रको नियन्त्रणमा, अध्यागमनमा बुझाइयो
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी गैरकानुनी रूपमा बसोबास गर्दै आएका पाँच विदेशी नागरिकलाई सशस्त्र प्रहरी बल, नेपालले नियन्त्रणमा लिएको छ। एपीएफ इन्टेलिजेन्स ब्यूरो र सशस्त्र प्रहरी बल, नेपाल नम्बर १८ गणको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि अध्यागमन विभागमा बुझाएको हो। नियन्त्रणमा पर्नेहरूमा बंगलादेशी नागरिक मोहम्मद कुर्वान अलि, जाहिंगिर आलम, रोनित रोय चौधरी, अकम अब्ल्लाह तथा बंगलादेशी मूलका ब्राजिलियन नागरिक रफत मिहा छन्। रोनित रोय चौधरी बस्दै आएको कोठामा खानतलासी गर्ने क्रममा नौ जना बंगलादेशी नागरिकका १४ थान राहदानी र ठूलो संख्यामा आर्थिक लेनदेन भएको विवरण उल्लेख गरिएका दुई थान डायरीसमेत फेला परेको छ। त्यसैगरी, नियन्त्रणमा परेका जाहिंगिर आलममाथि एक जना बंगलादेशी नागरिकलाई अपहरण गरी बन्धक बनाएको अभियोगमा जिल्ला अदालत काठमाडौँमा मुद्दा विचाराधीन रहेको खुलेको छ। उनी २०८० चैत १३ गतेदेखि मुद्दामा अदालतमा तारिख धाउँदै आएको बताइएको छ। नियन्त्रणमा लिइएका पाँचै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रियाका लागि अध्यागमन विभागमा बुझाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
युवतीको अश्लिल भिडिओ बनाएर सामाजिक सञ्जालमा शेयर गर्ने एक युवक काठमाडौंबाट पक्राउ
Latest NewsJust now

युवतीको अश्लिल भिडिओ बनाएर सामाजिक सञ्जालमा शेयर गर्ने एक युवक काठमाडौंबाट पक्राउ

काठमाडौं । महिलाको अश्लिल भिडिओ बनाएको आरोपमा प्रहरीले कालिकोटका एक युवकलाई काठमाडौंबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालिकोटको तिलागुफा नगरपालिका- ३ बस्ने ३७ वर्षीय खगेन्द्र प्रसाद न्यौपाने रहेका जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक बरम यादवले जानकारी दिए। न्यौपानेले एक युवतीको अश्लिल भिडिओ बनाएर विभिन्न व्यक्तिहरूलाई देखाउने र सामाजिक सञ्जालमा शेयर गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ। पीडित युवतीको जाहेरीको आधारमा ...

केन्द्रबिन्दु
सुन्दरीजलमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक जना घाइते
Latest NewsJust now

सुन्दरीजलमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक जना घाइते

काठमाडौँ, कात्तिक १७ गते । काठमाडौँको सुन्दरीजलमा गए राति दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका अनुसार सुन्दरीजलबाट नाम्... ...

गोरखापत्र
सीमा अपराध नियन्त्रणमा नेपाल–भारत सहकार्य गर्ने सहमति
Latest NewsJust now

सीमा अपराध नियन्त्रणमा नेपाल–भारत सहकार्य गर्ने सहमति

लुम्बिनीमा सम्पन्न डीआईजीस्तरीय बैठकले सूचना आदानप्रदान, अवैध ओसारपसार नियन्त्रण र संयुक्त निगरानी बढाउने निर्णय गरेको छ। ...

कान्तिपुर
भारतीय नौसेनाद्वारा समुद्री डाकुको कब्जामा रहेको जहाज मुक्त, २० जनाको उद्धार
Latest NewsJust now

भारतीय नौसेनाद्वारा समुद्री डाकुको कब्जामा रहेको जहाज मुक्त, २० जनाको उद्धार

काठमाडौं । भारतीय नौसेनाले सोमालियाको उत्तरपूर्वी तटनजिक सशस्त्र समुद्री डाकुहरूको कब्जामा रहेको माछा मार्ने जहाज ‘अजिनी’लाई मुक्त गराएको छ... ...

सिंहदरबार न्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play