Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

बागमतीबाट १० औँ राष्ट्रिय खेलकुदको लागि कमल र सुरज तथा ग्लोसी र नेलिसा छनोट

Share:WhatsAppFacebookX (Twitter)Telegram
बागमतीबाट १० औँ राष्ट्रिय खेलकुदको लागि कमल र सुरज तथा ग्लोसी र नेलिसा छनोट
Photo / Coverage: विश्वखबर

ललितपुर– १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा सञ्चालन भएको बुद्धिचाल खेलाडी छनोट प्रतिस्पर्धाको नतिजा सार्वजनिक भएको छ। सात चरणको प्रतिस्पर्धापछि पुरुष तथा महिला दुवैतर्फका खेलाडीले प्राप्त गरेको अंकका आधारमा अन्तिम वरीयता निर्धारण गरिएको हो। क्लासिकल विधामा पुरुषतर्फ ललितपुरका कमल श्रेष्ठले ७ चरण खेलमा ६ अंक जोड्दै पहिलो स्थान हासिल गरेका छन्। समान ६ अंक प्राप्त गरेर ललितपुरका सुरोज महर्जन टाइब्रेकरका आधारमा दोस्रो स्थानमा रहे। ५ अंक जोडेर दोलखाका राजीव कार्की तेस्रो स्थानमा रहन सफल भए। पुरुषतर्फ सत्याम शर्मा, मोहम्मद इमरान खान, बिमल भण्डारी र क्यान्डिडेट मास्टर (सीएम) नवीन तण्डुकारले समान ५ अंक प्राप्त गर्दै क्रमशः चौथो, पाँचौँ, छैटौँ र सातौँ स्थान हासिल गरेका छन्। त्यस्तै शैलेन्द्र न्यौपाने, प्रतीक सुवेदी र सुभाषकुमार गुरुङले समान ४.५ अंक प्राप्त गर्दै क्रमशः आठौँ, नवौँ र दसौँ स्थानमा रहे। यसैगरी महिला खेलाडीबीच भएको प्रतिस्पर्धामा रामेछापका ग्लोसी श्रेष्ठले उत्कृष्ट प्रदर्शन गर्दै ७ चरणमा ६.५ अंक प्राप्त गरी पहिलो स्थान हासिल गरेकी छन्। काठमाडौंका नेलिशा ओझा ५ अंकसहित दोस्रो स्थानमा रहँदा चितवनका लक्ष्मी कँडेल समान ५ अंकका साथ टाइब्रेकका आधारमा तेस्रो स्थानमा रहिन्। ओजस्वी श्रेष्ठले पनि ५ अंक प्राप्त गर्दै चौथो स्थान हासिल गरिन्।महिलातर्फ शुभेच्छा घिमिरे, यशस्वी महर्जन र मानश्विनी शर्मा समान ४ अंकसहित क्रमशः पाँचौँ, छैटौँ र सातौँ स्थानमा रहे। त्यस्तै श्रेयश्री तुलाधर, आयुप्शा सिटिखु र पारिधि खत्रीले समान ४ अंक प्राप्त गर्दै क्रमशः आठौँ, नवौँ र दसौँ स्थान हासिल गरेका छन्। यसैबीच छनोट प्रतियोगिताको पुरुष तथा महिला दुवै विधामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीहरूलाई बागमती प्रदेश खेलकुद विकास परिषद्ले बुद्धिचाल छनोटका लागि गठन गरेको प्राविधिक समितिका संयोजक राजु ताम्राकारले पदक तथा प्रमाणपत्र वितरण गरेका थिए। लगत्तै बुद्धिचालको अर्को र्‍यापिड विधातर्फको छनोट खेल सुरु भएको छ। बुधबार ब्लिट्ज विधाका खेलहरू सम्पन्न गर्दै खेलाडी छनोट कार्य पूरा हुनेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेपाल–श्रीलंका चेम्बरको अध्यक्षमा पन्त निर्वाचित
Latest NewsJust now

नेपाल–श्रीलंका चेम्बरको अध्यक्षमा पन्त निर्वाचित

• नेपाल–श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको २०औँ वार्षिक साधारणसभामा नरेन्द्र बल्लभ पन्त नयाँ अध्यक्षका रूपमा निर्वाचित भएका छन् र विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ। • साधारणसभामा नेपाल र श्रीलंकाबीच व्यापार, पर्यटन र आर्थिक सम्बन्ध सुदृढीकरणका लागि सहकार्य विस्तार गर्ने आवश्यकतामा जोड दिइएको छ। • नेपाल र श्रीलंकाबीच जलविद्युत्, कृषि, सूचना प्रविधि र पूर्वाधार क्षेत्रमा लगानी सहकार्यको सम्भावना र बौद्ध ...

नेपालबहस
मोदीलाई बालेनले दिएको शालिग्राम : मुस्ताङबाट कसरी पुग्यो हैदरावाद हाउस ?
Latest NewsJust now

मोदीलाई बालेनले दिएको शालिग्राम : मुस्ताङबाट कसरी पुग्यो हैदरावाद हाउस ?

जोमसोम – भारतको २ दिने राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुद्राक्ष, शालिग्राम र पशुपतिनाथको चन्दन उपहार दिए । उपहारमध्ये विशेष छ – शालिग्राम । भगवान् विष्णुको प्रतीक तथा स्वरूप मानिने शालिग्राम नेपालको कालिगण्डकी नदीमा मात्र पाइन्छ । मोदीलाई बालेनले दिएको शालिग्राम मुस्ताङ सदरमुकाम जोमसोमबाट लगिएको हो । गत भदौमा […] ...

काठमाण्डुपाटी
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: महिला बास्केटबलमा एपीएफ, सुदूरपश्चिम, आर्मी र बागमती विजयी
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: महिला बास्केटबलमा एपीएफ, सुदूरपश्चिम, आर्मी र बागमती विजयी

• दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलका पहिलो दिन चार खेल सम्पन्न भएका छन्। • एपीएफ, सुदूरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशले विजयी सुरुवात गरेका छन्। • फुल कोर्ट र थ्री अन थ्री विधामा दुई-दुई खेल भएका छन्। ...

नेपालबहस
गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवमा ९ स्थानबाट ७१३ युनिट रगत संकलन
Latest NewsJust now

गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवमा ९ स्थानबाट ७१३ युनिट रगत संकलन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका नौ स्थानमा रक्तदान कार्यक्रम आयोजना गरी ७१३ युनिट रगत संकलन गरेको छ । बैंकले विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमसमेत सम्पन्न गरेको जनाएको छ । बैंकले मंसिर ७ गते काठमाडौंको बालुवाटारस्थित केन्द्रीय कार्यालयसहित सुनसरीको इटहरी, धनुषाको जनकपुर, चितवनको नारायणगढ, स्याङ्जाको वालिङ, कास्कीको पोखरा, म्याग्दीको बेनी, रुपन्देहीको बुटवल र बाँकेको कोहलपुरमा रक्तदान कार्यक्रम ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement