काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका नौ स्थानमा रक्तदान कार्यक्रम आयोजना गरी ७१३ युनिट रगत संकलन गरेको छ । बैंकले विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमसमेत सम्पन्न गरेको जनाएको छ । बैंकले मंसिर ७ गते काठमाडौंको बालुवाटारस्थित केन्द्रीय कार्यालयसहित सुनसरीको इटहरी, धनुषाको जनकपुर, चितवनको नारायणगढ, स्याङ्जाको वालिङ, कास्कीको पोखरा, म्याग्दीको बेनी, रुपन्देहीको बुटवल र बाँकेको कोहलपुरमा रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो । संकलित रगतले रगतको अभावमा उपचारमा कठिनाइ भोगिरहेका बिरामीलाई सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले प्रत्येक वर्ष वार्षिकोत्सवका अवसरमा रक्तदानलगायत सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ । वार्षिकोत्सवकै अवसरमा बैंकले आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने नौ शाखा कार्यालयलाई पुरस्कृत गरेको छ । आयोजित कार्यक्रममा सम्बन्धित शाखा प्रमुखलाई नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको बैंकले जनाएको छ । त्यस्तै, ‘स्वस्थ जीवनशैलीका लागि खेलकुद’ भन्ने नारासहित बैंकले मंसिर ५ गते ‘गरिमा रोड रेस २०८३’ को तेस्रो संस्करण आयोजना गरेको थियो । काठमाडौंमा सम्पन्न प्रतियोगितामा एक हजार चार सयभन्दा बढी धावक सहभागी भएका थिए । शारीरिक सक्रियता र खेलकुदप्रतिको आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बैंकले जनाएको छ ।
गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवमा ९ स्थानबाट ७१३ युनिट रगत संकलन

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु





![उग्रतारा मेलामा श्रद्धालुको घुइँचो [तस्बिरहरू]](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/1795525928125-24112026024400-watermarked.jpg)
