Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/बागमतीका मुख्यमन्त्री किरण थापा सिन्धुलीका विभिन्न कार्यक्रममा व्यस्त, निर्माणाधीन योजना समयमा नै पुरा हुनुपर्नेमा जोड

बागमतीका मुख्यमन्त्री किरण थापा सिन्धुलीका विभिन्न कार्यक्रममा व्यस्त, निर्माणाधीन योजना समयमा नै पुरा हुनुपर्नेमा जोड

Share:WhatsAppFacebookX (Twitter)Telegram
बागमतीका मुख्यमन्त्री किरण थापा सिन्धुलीका विभिन्न कार्यक्रममा व्यस्त, निर्माणाधीन योजना समयमा नै पुरा हुनुपर्नेमा जोड

सिन्धुली, असोज ३१। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर सिन्धुली जिल्लाका विभिन्न कार्यक्रमहरूमा सहभागी हुनुभएको छ। उहाँले कमलामाई नगरपालिकास्थित रक्तमाला मन्दिरमा आयोजित विजयादशमी विशेष कार्यक्रम, सिन्धुलीस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको शुभकामना आदानप्रदान कार्यक्रम तथा मरिण गाउँपालिका–७, कपिलाकोटस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गतको प्राकृतिक स्रोत व्यवस्थापन कलेजको स्थलगत निरीक्षण गर्नुभएको हो। कमलामाई नगरपालिकामा रक्तमाला मन्दिर संरक्षण समितिद्वारा आयोजित विजयादशमी विशेष कार्यक्रममा सहभागी हुँदै मुख्यमन्त्री मगरले धार्मिक आस्था, मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा यस्ता कार्यक्रमहरूको महत्त्वपूर्ण भूमिका रहने बताउनुभएको छ। उहाँले यस्ता कार्यक्रमले सामाजिक सद्भाव, एकता र आपसी भाइचारा अभिवृद्धि गर्न सहयोग पुग्ने उल्लेख गर्दै कार्यक्रमको सफल आयोजनाका लागि आयोजक समितिलाई धन्यवाद व्यक्त गर्नुभएको छ। साथै, उहाँले सम्पूर्ण श्रद्धालु भक्तजन तथा आम नेपालीमा विजयादशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। मुख्यमन्त्री थापा मगरले आज बिहानै कमलामाई नगरपालिका–६ पानीट्याङ्कीस्थित सिद्धबाबा स्कुलको निरीक्षण गरी विद्यालयलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो। यसै गरी, मुख्यमन्त्री मगर सिन्धुलीस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा आयोजित बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा समेत सहभागी हुनुभएको छ। कार्यक्रममा उहाँले स्वास्थ्यकर्मी, कर्मचारी तथा सरोकारवालाहरूसँग भेटघाट तथा छलफल गर्नुभएको थियो। नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिको संरक्षण, प्रवर्द्धन र सेवा विस्तारमा बागमती प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री मगरले उल्लेख गर्नुभएको छ। उहाँले सिन्धुलीमा चिकित्सालय भवन बनाउन प्रदेश सरकारले बजेट छुट्याइ सकेको र वहुवर्षिय योजना अन्तर्गत सो भवनको निर्माण सम्पन्न हुने बताउनुभयो । यसैबिच, सिन्धुली जाने क्रममा मुख्यमन्त्री मगरले मरिण गाउँपालिका–७, कपिलाकोटस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) अन्तर्गत सञ्चालित प्राकृतिक स्रोत व्यवस्थापन कलेज (सीएनआरएम) को स्थलगत निरीक्षण गर्नुभएको छ। उहाँले कलेज परिवारसँग अन्तरक्रिया गर्दै कलेजको शैक्षिक गतिविधि, भौतिक पूर्वाधारको अवस्था र निर्माणाधीन भवनबारे जानकारी लिनुभएको हो। वि.सं. २०७४ सालमा स्थापना भएको उक्त कलेजले कृषि क्षेत्रको आधुनिकीकरण, वैज्ञानिक कृषि प्रणालीको विकास, प्राकृतिक स्रोतको दिगो व्यवस्थापन, अनुसन्धान तथा दक्ष प्राविधिक जनशक्ति उत्पादनमा योगदान पुर्‍याउँदै आएको छ। कलेजमा चारवर्षे, आठ सेमेस्टरको कृषि विज्ञान स्नातक (बीएस्सी एग्रिकल्चर) कार्यक्रम सञ्चालन हुँदै आएको छ। उक्त कार्यक्रममा बाली विज्ञान, बागवानी, माटो विज्ञान, कृषि अर्थशास्त्र, बाली संरक्षण, कीट विज्ञान, आनुवंशिक तथा बाली प्रजनन, पशु विज्ञान, मत्स्यपालन, कृषि प्रविधि र प्राकृतिक स्रोतको दिगो व्यवस्थापनलगायतका विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक शिक्षा प्रदान गरिँदै आएको छ। हाल कलेजमा २०० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको जनाइएको छ । कलेजको निरीक्षणका क्रममा करिब आठ करोड रुपैयाँ लागतमा १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको नयाँ भवनको काम थप एक वर्ष म्याद थपिँदासमेत पूरा हुन नसकेको प्रति उहाँले चासो व्यक्त गर्नुभयो। करिब तीन वर्षअघि सुरु भएको निर्माण प्रक्रिया अझै सम्पन्न हुन नसकेको विषयलाई मुख्यमन्त्री मगरले चासोका साथ लिनुभएको छ। उच्च शिक्षाका लागि आवश्यक भौतिक पूर्वाधार, सुविधा सम्पन्न कक्षाकोठा, प्रयोगशाला तथा प्रयोगात्मक अध्ययनको वातावरण निर्माणमा भएको ढिलाइले विद्यार्थीहरूको शैक्षिक भविष्यमा असर पर्न नहुनेमा उहाँले जोड दिनुभएको छ। अधुरो भवन निर्माण कार्यलाई अगाडि बढाउन तथा यथाशीघ्र सम्पन्न गराउन सम्बन्धित निकायसँग आवश्यक समन्वय र पहल गर्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभएको छ। कृषि क्षेत्रलाई आत्मनिर्भर, व्यावसायिक, आधुनिक तथा प्रविधिमैत्री बनाउन दक्ष जनशक्ति उत्पादन आवश्यक रहेको उल्लेख गर्दै मुख्यमन्त्री मगरले गुणस्तरीय प्राविधिक शिक्षा र कृषि क्षेत्रको दीर्घकालीन विकासका लागि बागमती प्रदेश सरकारले आवश्यक सहकार्य र समन्वय गर्ने बताउनुभएको छ। धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, स्वास्थ्य सेवाको विस्तार र कृषि शिक्षाको पूर्वाधार विकाससँग सम्बन्धित कार्यक्रम तथा निरीक्षणमार्फत मुख्यमन्त्री मगरले सिन्धुली जिल्लाका विभिन्न क्षेत्रका गतिविधिबारे जानकारी लिनुभएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

एनपीएलमा अधिकतम आठ विदेशी खेलाडी राख्न पाइने, आईसीसीले राख्यो ५ मुख्य शर्त
राजनीतिJust now

एनपीएलमा अधिकतम आठ विदेशी खेलाडी राख्न पाइने, आईसीसीले राख्यो ५ मुख्य शर्त

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा एक टोलीले अधिकतम आठ विदेशी खेलाडी राख्न पाउने व्यवस्था गरिएको बताएका छन् । यसअघि अघिल्ला दुई संस्करणमा टोलीमा अधिकतम छ विदेशी खेलाडी राख्न पाउने व्यवस्था रहेकामा यसपटक संख्या बढाइएको उनले जानकारी दिए ।  शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै खड्काले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट एनपीएलका लागि स्वीकृति प्राप्त गर्ने ...

फरकधार
कांग्रेसमा गगनले पाए सर्वाधिक मत, कोको परे टप टेनमा ?
राजनीतिJust now

कांग्रेसमा गगनले पाए सर्वाधिक मत, कोको परे टप टेनमा ?

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिमा निर्वाचित गगनकुमार थापाले सर्वाधिक मत प्राप्त गरेका छन् । सभापति पदमा उनले ६ हजार ५८४ मत पाउँदा उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत मात्रै प्राप्त गरेका छन् । उपलब्ध मतपरिणामअनुसार थापाले कुल मतको ९४.६ प्रतिशत प्राप्त गरेका हुन् । खड्गीको मत ५.४ प्रतिशत छ । सभापति पदमा थापाले पाएको मत महाधिवेशनमा निर्वाचित उम्मेदवारमध्ये सबैभन्दा बढी हो ...

फरकधार
दसैँ बिदामा अस्पतालको सेवा नरोक्न मन्त्रालयको आग्रह, आकस्मिक उपचार नियमित राख्न निर्देशन
राजनीतिJust now

दसैँ बिदामा अस्पतालको सेवा नरोक्न मन्त्रालयको आग्रह, आकस्मिक उपचार नियमित राख्न निर्देशन

दसैँ बिदाका कारण बिरामीले उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सङ्घ र प्रदेशअन्तर्गतका सबै अस्पताललाई स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न आग्रह गरेको छ । मन्त्रालयले अस्पतालमा पर्याप्त स्वास्थ्यकर्मी तथा जनशक्ति परिचालन गरी दसैँ बिदाको अवधिमा पनि अत्यावश्यक स्वास्थ्य सेवा उपलब्ध हुने व्यवस्था मिलाउन अनुरोध गरेको हो । मन्त्रालयका अनुसार आकस्मिक सेवा, आकस्मिक शल्यक्रिया, प्रसूति सेवा र सघन ...

फरकधार
हिमेश पन्त पनि साइबर ब्यूरो जाँदै, दुवैका एकअर्काविरुद्ध उजुरी
राजनीतिJust now

हिमेश पन्त पनि साइबर ब्यूरो जाँदै, दुवैका एकअर्काविरुद्ध उजुरी

समाचारको विषयलाई लिएर सुरु भएको विवाद प्रहरीको साइबर ब्युरोसम्म पुगेपछि जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले साइबर ब्यूरो लागेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तलाई पनि ब्युरोले बोलाएको छ । श्रेष्ठ र पन्तले एकअर्काविरुद्ध उजुरी दिएका छन् । पन्तले श्रेष्ठविरुद्ध हिजो साइबर ब्युरोमा निवेदन दिएका थिए । त्यसपछि दुवै पक्षलाई सँगै राखेर छलफल गराउने तयारी गरिएको ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play