बाँकेमा महँगो कालानमक धानको खेती बढ्दै

बाँके। सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालिएको छ। परम्परागत कालानमक धानको जात हराउँदै गएको भन्दै यहाँका किसानले जिल्लाका कतिपय स्थानमा यसको व्यावसायिक खेती गर्न थालेका छन्। जिल्लाको जानकी गाउँपालिका–३ स्थित दीपाकुमारी काँदु गुप्ताले सुरुमा दुई कट्ठामा लगाएको कालानमक जातको धान अहिले १० कट्ठा जमिनमा लगाएकी छन्। उनले सो धान महँगो मूल्यमा बिक्री हुने भएकाले यस धानप्रतिको आर्कषण बढ्दै गएको जानकारी दिँदै अधिकांश किसानले सो धान लगाउन थालेको बताइन्। “अर्को कुनै हाइब्रिड जातको धान प्रतिक्विन्टल तीन हजारदेखि तीन हजार २०० रुपैंयाँ मूल्यमा बिक्री हुन्छ तर कालानमक जातको धान १२ हजार रुपैंयाँ क्विन्टलमा बिक्री हुन्छ”, किसान गुप्ताले भनिन्। किसानलाई धान स्याहार गर्न पनि सहज जातको धान कालानमक भएको जानकारी दिँदै किसानले अन्य धानको तुलनामा यसबाट बढी प्रतिफल पाएको उनले बताइन्। सो धानको चामलबाट बनाइएको भात मुलायम र सुगन्धित हुने जानकारी दिँदै किसान गुप्ताले यस वर्ष २० किलो कालनमक जातको धानबाट करिब १५ क्विन्टल धान उत्पादन गर्ने लक्ष्य भएको बताइन्। उनले भनिन्, “अन्य हाइब्रिड जातका धानभन्दा यसको उत्पादन केही घट्छ तर यो महँगो मूल्यमा बिक्री हुन्छ ।” कालानमक धानको बजार स्थानीय बजार नै रहेको र यसको माग पनि बढ्दै गएको उल्लेख गर्दै किसान गुप्ताले कालानमक धानको व्यावसायिक खेती गर्न थालिएको जानकारी दिइन्। उनले परीक्षणका लागि सुरुमा एक किलो कालानमक धानखेतीबाट सो धानको उत्पादन सुरु गरिएको जानकारी दिँदै चार बर्षअघिदेखि यसको उत्पादन गरिरहेको बताइन्। बाँकेको जानकी गाउँपालिका–५, गुर्वा गाउँका किसान रमेशकुमार बर्माले पनि व्यावसायिक रुपमा कालानमक धानको खेती गरेका छन्। उनका अनुसार तीन बिघा जमिनमा सो धानको खेती भएको छ। खादा मिठो हुने भएकाले यो धान हाइब्रिड धानको तुलनामा महँगो पर्ने किसान बर्माको भनाइ छ। यस धानको लागि पर्याप्त सिँचाइ र पानी उपलब्ध हुनुपर्छ। यो धान असारमा रोपेपछि कात्तिकको अन्तिम साता मात्रै काट्न तयार हुन्छ। मसिनो र बास्नादार मानिने यो धान कालो भएकाले यसलाई कालानमक भनिएको किसानको भनाइ छ। यो धान करिब १४० दिनमा तयार हुने बताइएको छ। कृषि ज्ञान केन्द्र, नेपालगन्जका प्रमुख डा. विनोद घिमिरेले रैथाने बाली संरक्षण तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत यसको संरक्षणमा जोड दिइएको उल्लेख गर्दै किसानले मूल्य पाउने भएकाले पनि यसको खेती भइरहेको बताए। उनले केही सीमित किसानले कालानमक धानको खेती गरेकाले बीउमा सहयोग गरिएको जानकारी दिँदै बजार क्षेत्रमा यसको माग बढ्दै गएको बताए। बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिपालिकामा सबैभन्दा बढी कालानमक धानको खेती हुँदै आएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

एनपीएल तेस्रो संस्करण : सुदूरपश्चिमका ३० खेलाडी मैदानमा
महेन्द्रनगर। काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा सुदूरपश्चिम प्रदेशका ३० जना खेलाडीहरूको उपस्थिति छ । गृह प्रदेशको टिम सुदूरपश्चिम रोयल्समा नेपालका चर्चित क्रिकेटर दीपेन्द्रसिंह ऐरीसहित दश जना खेलाडी सुदूरपश्चिमकै छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)का केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दको गृह प्रदेशका खेलाडीहरू अहिले तेस्रो संस्करणका आठ वटै टिममा अनुबन्धित भएर क्रिकेटको भिडन्तमा छन् । सुदूरपश्चिमका नौ जिल्लामा सबैभन्दा बढी ...

म्याद सकिएको १२ दिनपछि थपियो कम्पनी खारेज गर्ने समय
काठमाडौँ । सरकारले लामो समयसम्म अद्यावधिक नभएका कम्पनीहरूको खारेज गर्न दिएको सुविधाको समय बढाएको छ । यसअघि २०८३ असोज मसान्तसम्म रहेको यो म्यादलाई बढाएर २०८३ पुस मसान्तसम्म कायम गरिएको हो। २०८३... ...

न्यायाधीशमाथि प्रश्न उठ्दा उन्मुक्ति होइन, आत्मपरीक्षण र छानबिन जरुरी
काठमाडाैँ। नेपालको सर्वोच्च अदालतका प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा तथा न्यायाधीश हरिप्रसाद फुयाल सम्बन्धमा कात्तिक १२ गते सार्वजनिक भएका समाचारले न्यायपालिकाको निष्पक्षता, न्यायिक आचरण, इजलास गठनको पारदर्शिता तथा न्यायप्रशासनप्रतिको सार्वजनिक... ...

बजारको मागमा आधारित पाठ्यक्रम आवश्यक छः शिक्षा तथा खेलकुदमन्त्री पोखरेल
• शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बजारको मागमा आधारित पाठ्यक्रमको आवश्यकता र विश्वविद्यालयको सञ्चालनमा भूगोलको आवश्यकतामा जोड दिएका छन्। • मुख्यमन्त्री किरण थापा मगरले विश्वविद्यालयबाट उत्पादित जनशक्ति समाजमा योगदान गर्न सक्ने हुनुपर्ने र शैक्षिक संस्थाहरूलाई समाजको आवश्यकतासँग जोडिनुपर्ने बताएका छन्। • बागमती विश्वविद्यालयका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले शिक्षा प्रणालीमा गुणस्तर निर्धारण गर्ने स्वायत्त निकायको निर्माणको आवश्यकता औंल्याएका छन्। ...


