Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बाँकेमा दुई कार ठोक्किँदा एक जनाको मृत्यु, ६ घाइते

बाँकेमा दुई कार ठोक्किँदा एक जनाको मृत्यु, ६ घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
बाँकेमा दुई कार ठोक्किँदा एक जनाको मृत्यु, ६ घाइते

काठमाडौं। बाँकेको राप्तीसोनारी गाउँपालिका–१ सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा दुई कार एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। दुर्घटनामा परी कैलालीको धनगढी उपमहानगरपालिका–५ घर भई हाल काठमाडौं बस्दै आएका ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो। उपचारका क्रममा बिहान १०:०८ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ७ गते बिहान करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र. ०१–०३० च ८४९६ नम्बरको कार सौरीमा आपसमा ठोक्किएका थिए। दुर्घटनामा शाही सवार कारमा रहेका ४० वर्षीया कुसुम शाही र १६ वर्षीय सुभम शाही सामान्य घाइते भएका छन्। उक्त कारका चालक डोटीको साविक मुदेगाउँ गाविस–७ घर भएका ४५ वर्षीय नरेन्द्रबहादुर शाही घाइते भएका छन्। उनको नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रालिमा उपचार भइरहेको छ। त्यस्तै, अर्को कारमा सवार दाङको घोराही उपमहानगरपालिका–७ का ५५ वर्षीय ओमभक्त योगी, ५५ वर्षीया प्रीति योगी र २३ वर्षीया सुप्रिया गिरी घाइते भएका छन्। उनीहरूको नेपालगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ। दोस्रो कारका चालक घोराही उपमहानगरपालिका–७ सौरियारका करिब ४० वर्षीय सम्राट नाथ योगीलाई भने चोटपटक लागेको छैन। उनलाई इलाका प्रहरी कार्यालय कुसुम, बाँकेले नियन्त्रणमा लिएको छ। दुर्घटनापछि अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्ग बिहान १०:१५ बजे पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो
ताजा खबरJust now

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

बेनी–जोमसोम सडकमार्ग खुलेपछि बिहीबार र शुक्रबार मात्रै ७ हजार ८४६ स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्। ...

कान्तिपुर
दशैं सकिएसँगै कोदो टिप्न व्यस्त किसान
ताजा खबरJust now

दशैं सकिएसँगै कोदो टिप्न व्यस्त किसान

गोरखा । वडा दसैँ सकिएसँगै गोरखाको सिरानचोक गाउँपालिका-८ धारापानीका किसान यतिबेला कोदो टिप्न व्यस्त देखिएका छन् । असारको अन्तिमतिर रोपिएको कोदो पाकेर भित्र्याउने समय भएपछि गाउँघरका किसानलाई बाली भित्र्याउने चटारो परेको हो । गाउँघरमा कोदो टिप्ने, सुकाउने र भण्डारण गर्ने काम भइरहेको छ । कोदो भित्र्याएपछि खेतबारीमा तोरी छर्ने तयारीसमेत किसानले गरिरहेका छन् । वर्षायाममा रोपिने कोदो पहाडी भेगका किसानको प्रमुख ...

हिमालय टाइम्स
मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो
ताजा खबरJust now

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङ। दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ । दसैँ अघि सुनसान जस्तै बनेको मुस्ताङमा यही बिहीबारदेखि भने पर्यटकको आगमन सङ्ख्या वृद्धि हुन थालेको हो । रसुवाको भोटेकोशीमा आएको... ...

रातोपाटी
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ६ घाइते
ताजा खबरJust now

दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ६ घाइते

बाँकेको राप्तीसोनारी गाउँपालिका–१ सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। आज (कात्तिक ७ गते) करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बाप्र ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बाप्र ०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका हुन्। ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play